सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तराईका हाँस पहाड उक्लिए

तराईका हाँस पहाड उक्लिए

  • शुक्रबार, जेष्ठ २५, २०८१
तराईका हाँस पहाड उक्लिए

मुगु—मुगु जिल्ला स्थित सोरु गाउँपालिका–७ सिप गाउँका कम्मर बिष्टले रैथाने कुखुरा पाल्न छोडेर हाँस पाल्न थालेका छन ।
ठूला हाँसको दुई हजार र साना हाँसको एक हजार मुल्यमा बिक्री हुन थालेपछि बिष्टले बढी पैसा कमाउने लोभले हाँस पाल्न सुरु गरेका हुन ।
रैथाने कुखुराको मुल्य पाइदैन बिष्टले भने हाँस एक हजार देखि दुई हजार सम्म बेच्न सकिने भएकोले रैथाने कुखुरा छोडेर हाँस पालन पाल्न थालेका हुँ ।
सिप गाउँमा सिमित कम्मर बिष्ट मात्र नभएर ४५ परिवार भन्दा बढीले घरघरै हाँस पालन सुरु गरेका छन । खोला छेउ देखि घर आँगन खेतबारी सम्म जताततै ठूला देखि साना हाँसका बथान देखिने गरेका छन ।एक बर्ष अघि नेपालगञ्ज देखि गाडीमा हाँसका जोडि ल्याएर घर पाल्न सुरु गरेको सिप गाउँकी गोबिन्दा बिष्टको भनाई छ । परम्परा देखि पाल्दै आएको रैथाने कुखुरा भन्दा हाँस पाल्न रहर लागेको उनको भनाई छ ।
एक घरका परिवारले हाँस पाल्न थालेपछि अर्को घरका परिवारले रैथाने कुखुरा बिस्थापित गरेर हाँस पाल्न थालेका छन । दुई बर्ष अघि सम्म सिप गाउँमा रैथाने कुखुरा धेरै देखिने गर्थे भने अचेल गाउँभरि हाँस मात्र देखिने गरेका छन ।सिप गाउँमा हाँस पालन आम्दानीको मुख्य श्रोत बनेको छ । हाँस किन्ने कर्मचारी ब्यापारी गाउँमै आउने गरेको रत्नसिह बिष्टले भने रैथाने कुखुरा भन्दा हाँसले गरिव स्थानीयको आयश्रोत बृद्धि भएको छ ।
हाँस बोकेर गमगढी जाने र बिक्री गरि फर्किदा नुन तेल चामल किनेर आउने गरेका छन । हाँस पालन सिप गाउँमा मात्र नभएर तारापानी, बुम्च, कच्चे, कालै, जिमा लगायत बस्तीका स्थानीयले पनि पाल्न थालेका छन ।हुम्ला जिल्लाको सर्केगार्ड र अदानचुली गाउँपालिकाको औल बस्ती तुम्च, गल्फागार्ड लगायत बस्तीका स्थानीयले पनि रैथाने कुखुरा छोडेर हाँस पाल्न थालेका छन ।
प्राय शहरका बस्तीमा देखिने हाँस अचेल पहाडका बस्तीमा पनि देखिन थालेका छन । सिप गाउँमा मात्र करिव दुई हजार देखि तीन हजार सम्म हाँसको संख्या रहेको सिप गाउँका खडक कार्कीले जानकारी दिए ।गाउँलेले काठको खोर बनाएर हाँस पाल्न थालेका छन । पोथी हाँसले पन्ध्र देखि सोह्र वटा अण्डा पार्ने गरेको छ । ओथारो बसेको करिव २८ दिन पछि चल्ला कोरल्ने गरेको स्थानीयको भनाई छ ।
गाउँमा पालेका हाँस रैथाने कुखुरा जस्तै आहारा खोज्न खोला छेउ खेतबारी जाने गरेका छन ।
आहारा दिनु नपर्ने भएकोले दुर्गम गाउँमा हाँस पालन लोकप्रिय बन्दै गएको छ । स्याल र चिल बाट हाँस जोगाउन कठिन हुने गोबिन्दाको भनाई छ । हाँस धेरै उडन नसक्ने र ढिलो हिडने भएकोले स्यालचिल बा जोगाउन गाह्रो उनले भनिन अहिले सम्म क्षेति भएको छैन ।हाँस संगै शहर बाट बोइलर कुखुरा प्रजाति ल्याएर पाल्न थालेपछि रैथाने कुखुरा प्रजाति नै नष्ट हुदै गएको छ ।
गैसस, पालिकास्तरका पशु शाखाले सुर्खेत नेपालगञ्ज देखि बोइलर कुखुराका चल्ला ल्याएर गाउँका समुह एकल ब्यक्तिलाई पाल्न दिन थालेपछि रैथाने कुखुरा लोप हुदै गएका छन यो बर्ष सोरु गाउँपालिकाले १२ सय बोइलर कुखुराका चल्ला स्थानीयलाई बितरण गरेको छ ।
तराइका हाँस बोइलर कुखुरहरु पहाडका गाउँतिर उत्पादन हुन थालेपछि रैथाने कुराको प्रजाति लोप हुदै गएको सोरु गाउँपालिका पशु शाखाका प्रमुख पूर्ण सेजुवालले बताए ।
दुई बर्ष अघि सम्म मुगुका गाउँबस्तीमा हाँस देखिदैन थिए उनले भने अहिले धेरै संख्यामा हाँस देखिन थालेका छन स्थानीयले नौलो प्रजाति पाल्न रहर गर्न थालेको सेजुवाल भन्छन ।
रैथाने कुखुरा पशु बस्तु देखि अन्नबाली संरक्षणमा चुनौती बन्दै गएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही भन्छन पालिकाले भने रैथाने प्रजाति संरक्षणमा बिशेष पहल र स्थानीयस्तरमा जनचेतना कार्यक्रम सुरु गरेको छौ ।

चर्चामा

सम्बन्धित समाचार