कर्णाली हुम्लाका जगतबहादुर धामी कराते खेलमा अब्बल छन । हुम्ला सर्केगार्ड गाउ“पालिका–१ जैर गाउ“का ४५ बर्षिय धामी दुर्गमको सबै अवसर छोडेर युवा अबस्थामै कराते खेलमा लागेका छन ।शैक्षिकस्तरमा एमएडको पढाई सकेर पिएचडी अध्यायनरत उनी कराते खेलमा हौसिएका हुन । बि.सं २०५१ साल देखि सितोरिया कराते खेललाई प्रमुख पेशा बनाएर पाइला अघि बढाइरहेका छन ।माथिल्लो स्तरको अध्यायनमा प्राय न्यून देखिने दुर्गम हिमाली कर्णाली जिल्लाका युवाहरु उच्च शिक्षा अध्यायनले शिक्षक, सरकारी तथा गैसस जस्ता निकायमा अवसर पनि चाडै प्राप्त हुने गरेपनि धामीले यस प्रति कुन चासो नदिएर करा“ते खेलमै लम्किए । उनले सितोरिया करातेमा खेलम दक्षता प्राप्त गरि सकेपछि सन २००६ मा काठमाडौको राष्ट्रिय खेलकुद परिषद् सिन्दोकाइकान करा“ते संघ दर्ता गरेर फरक तरिका बाट खेललाई अघि बढाएका छन । उक्त सिन्दोकाइकान करातेमा सिमित आफू मात्र नभएर एक पाठशालाको रुपमा बिस्तार गरि युवालाई खेल क्षेत्रमा समाबेश गरि खेल जगतलाई बिशेष जोड दिएका छन । हाल उनको आफनै खेलकुद संघ छ । उनी सिन्दोकाइकन करा“ते संघका प्रमुख प्रशिक्षण पनि हुन ।
सोही खेल संगै बीचमा धामीलाई एक सरकारी बिद्यालयमा अध्यायपनको निम्ति आयो । सिन्दोकाइकान खेललाई साथीको जिम्मा लगाएर बिस २०६८ सालमा आफै जन्मथलो हुम्ला अदानचुली गाउ“पालिका स्थित सुर्यदय माध्यमिक बिद्यालय श्रीनगर गल्फाको प्रधानध्यापक बनेर करिव ४ बर्ष सम्म त्यसमै कार्यरत रहे । धामीकै पहल बाट श्रीनगर गल्फामा बहुमुखी क्याम्पस पनि स्थापना गरि केही सयम सम्म काममा टेवा पु¥याए ।स्कुलमा कार्यरत रहदा पनि उनले बिद्यालयको ब्याबस्थापन बिधार्थीलाई शिक्षण सिकाई शिक्षक शिक्षिका संग समन्वयकारी भूमिका निर्बाह गर्दै बिहान बेलुका करा“ते खेललाई नै सम्झिने गर्थे ।समेत प्रशिक्षण गराए । बिद्यालयको प्रधानध्यापक पदमा कार्यरत भएपनि धामीको भित्रै मन कराते खेलतिर थियो । कति बेला उक्त पेश छोडेर करा“तेमै जाउ“–जाउ“ जस्तो लागि रहदा आर्थिक परिस्थितिलाई ब्याबस्थापन गर्न र घरपरिवार समस्या समधान गर्न उनलाई केही समय सम्म शिक्षकमै अल्झाई रहयो ।
शिक्षक पेशामै रहदा आफनो सिन्दोकाइकन करा“ते ओझेलमा पर्ने सोचका साथ सात बर्ष शिक्षक पेसालाई छोडेर आफनै खेल गतिबिधिलाई अघि बढाउन फेरी धामीले स्कुल बाट बिधाई भएर काठमाडौं फर्किए । आफनो सिन्दोकाइनक करातेको शाखा नेपालभर ३७ स्थानमा बिस्तार गरे ।
बागमती लुम्बिनी, मदेश, कोशी लगायत प्रदेशमा पनि शाखा स्थापना गरि करा“ते खेललाई थप उचाईमा लैजान तिब्र रुपमा खटिए । हाल नेपालभरिका ५१ वटा बिद्यालयमा सिन्दोकाइन करा“तेको निरन्तर प्रशिक्षण गराइ रहेका छन । धामीले सिन्दोकाइकन करातेमा लागेको ३० बर्षको अवधिमै ४५ सय देखि ५ हजार कराते खेलाडी उत्पादन गरि सकेका छन । त्यसमा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुषको खेलमा सहभागस्ता रहेको छ ।
उक्त सहभागी खेलाडीहरुमा करिव दुई दर्जन जति उच्चस्तरका दक्ष प्रशिक्षक खेलाडी बनाउन सफल भएका छन । ४५ सय देखि ५ हजार खेलाडीलाई खेलमा सहभागी गराइ उत्पादन गर्न उनलाई त्यति सहज थिएन । आर्थिक समस्यालाई समधान गर्दै खेललाई थप उचाईमा लैजान धामी प्रयारत रहे सहभागी खेलाडी बाट न्यूनत्तम फिस लगेर खेलाडी उत्पादन गर्नु परेको धामीले भने यो बिषय मलाई त्यति सजिलो थिएन । पैसा कमाउनको निम्ति जागिर पेसा उत्तम हो धामीले भने घुमफिर र आफनो परिचय र दक्षता बृद्धि गर्न खेल क्षेत्र राम्रो छ
कुराकानी गर्दै उनले भने खेललाई प्रमुख पेशा बनाएर खटिएर लाग्दा खेलाडीको भबिष्या राम्रो छ । खेलाइी राम्रो छ तर उ संग पैसा छैन त्यो बेला खेलाडी ओझेलमा पर्ने उनको भनाई छ । सिन्दोकाइकन कराते खेलको राम्रो पक्षमा धामीले महिलाको आत्मरक्षा कोर्षलाई लिएका छन । नारीले आफनो सुरक्षाको निम्ति कराते खेल आबश्यक देखिएको हुदा त्यो खेलमा महिलालाई समाबेश गरि खेल खेलाउदा गौरव लागेको धामीले सुनाए ।कराते खेल क्षेत्रमा लागेको करिव तीन दशक भित्रै आफनो दक्ष खेल प्रस्तुत गर्न धेरै देशमा पाइला टेकि सकेका छन । श्रीलंका, पाकिस्तान, भूटान, जापान, फ्रान्स, मलेसिया, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसिया, भारत र चीन देशमा पुगेर धामीले आफनो खेल देखाउन सफल भएका छन ।
धामीले आफनो दक्ष खेल संगै बिभिन्न क्षेत्र बाट प्रशंसा सम्मान पनि उत्तिकै हात पार्न सफल भएका छन । त्यो प्रशंसा र समानले उनलाई थप उर्जा बढाएको छ । सन २००३ मा राष्टिय खेलकुद
परिषद राखेप बाट पहिलो सम्मान पाएका हुन । त्यसै गरि सन २००३ मा पाकितान र २००६ मा छिमेकी राष्ट्र भारत कराते तथा किकबोक्सिङ्ग बिद्या तर्फ बाट अन्तराष्ट्रियतहको गोल्डमेडल हात पार्न सफल भएका छन । सन २०२३ मा थाइल्याण्डमा भएको इन्टरनेशनल स्र्पोटस मिट २०२३ मा सहभागी भई इन्टरनेशनल स्र्पोट अवार्ड २०२३ प्राप्त गरे लगतै सन २०२३ मै इन्डोनेसियाका राजा बाट इन्टरनेशनल पिस अवार्ड २०२३ को बिभुषित हुन सफल भएको धामीले बताए उनको लागि यो प्रमुख सफलता थियो । मेडल र प्रशंसा पत्र त उनका कोठाभरि छन । सरकारी तथा गैसस निकाय बाट पनि दर्जनौ सम्मान प्राप्त गरि सकेका छन ।
खेल क्षेत्रलाई राजनीतिक ब्यक्ति र समुदाय बर्गले सकरात्मक ढंगले हेरिनु पर्ने धामीको सोच छ । अहिले उनी करातेमा ६ डनको रुपमा गनिन्छन कराते क्षेत्रमा अब्बल बन्दै गएका धामीलाई घर परिवार र साथीहरु बाट पनि उत्तिकै सहयोग सदभाव हौसला पाएका छन ।यस बाट उनलाई झन हौसला प्रदान भएको छ । भावि दिनमा स्र्पोटस एकेडमीको रुपमा खेललाई अघि बढाउने धामीको लक्ष्य छ । त्यो लक्ष्यलाई साकार पार्न खटिएका छन । मेरो भावि लक्ष्य कराते खेललाई एकेडमीको रुपमा बिस्तार गर्ने हो धामीले भने सपना देखि सकेपछि साकार गर्न झन बढी खटिनु पर्ने हुन्छ । त्यो लक्ष्य म पुरा गछू भन्ने आ“ट पनि छ उनले सुनाए ।
आफनो कराते खेललाई माथि उठाउन हुम्ला छोडेर काठमाडौं आएको धेरै समय भएको छ । बेल बखत धामी हुम्ला पुग्ने गरेपनि खेलका लागि काठमाडौ बढी बसाइमा छन । धामीले काठमाडौमा पनि निजी तथा सरकारी बोडिङ्ग स्कुल कलेज वडातहमा समन्वय सहकार्यको भूमिका निर्बाह गरि कराते प्रशिक्षण प्रतियोगीता जस्ता कार्यलाई निरन्तरता दिदै आएका छन ।
हिजो आज धामीलाई देश बाहिर बाट बढी अफर आउने गरेको छ । महिनैपिच्छे काराते खेल क्षेत्र बाट उनलाई देश बाहिर जानु पर्ने अबस्थाले गर्दा ब्यक्त देखिएका छन । उनी हिजोआज डिसेम्बर २०२४ फ्रान्समा हुने वल्र्ड च्यायम्पियनसीपमा सहभागी हुन खेलाडीको तयारीमा जुटेका छन ।