आइतवार, कार्तिक ३, २०८२
आइतवार, कार्तिक ३, २०८२
  • होमपेज
  • समाचार
  • गुरुकुल शिक्षा पढन जिल्ला बाहिर

गुरुकुल शिक्षा पढन जिल्ला बाहिर

  • मङ्लबार, जेष्ठ २९, २०८१
गुरुकुल शिक्षा पढन जिल्ला बाहिर

मुगु –जिल्ला स्थित सोरु गाउँपालिका–६ जिमा गाउँका १८ बर्षिय मुनराज भट्ट गुरुकुल शिक्षा अध्यायनको लागि चितवन नारायणघाट गएका छन ।
जिल्ला गुरुकुल पाठशाला नहुँदा मुनराज बेद, रुद्री र पुराण अध्याय पढन घर छोडेर चितवन नारायणघाट जानु पर्ने अबस्था आएको हो । सोही गाउँका अर्का २२ बर्षिय पुन्नऋषि भट्ट पनि गुरुकुल अध्यायन गर्न काठमाडौ गएका छन ।जिमा गाउँ सिमित मुनराज र पुन्नऋषि उदहारण एक पात्र मात्र हुन । यस जिल्लाका चार वटै स्थानीयतहमा बसोबास गर्ने बाहुन जातिका छोरा गुरुकुल शिक्षा अध्यायनको लागि जन्मथलो छोडेर जिल्ला बाहिरनु पर्ने अबस्था छ ।हिन्दु धर्मको मुख्य कर्मकाण्डको लागि आबश्यक पर्ने बाहुन जातिकै लागि पढने मुगुमा गुरुकुल पाठशाला छैन । सोरु, खत्याड र छायाँनाथ रारा नगरपालिकामा बसोबास गर्ने बाहुन जातिका करिव डेढ सय जना केटीहरु गुरुकुल शिक्षा अध्यायन गर्न जिल्ला बाहिर गएको रेकर्ड छ ।
भट्ट, चौलागाई, जैसी उपाध्याय जातिले कक्षा १ देखि ५ सम्म आफनै गाउँको सामुदायिक बिद्यालयमा सरकारी शिक्षा पढाउने र कक्षा ५ बाट उत्र्रिण भई कक्षा ६ गएपछि सामुदायिक बिद्यालय त्यागेर गुरुकुल शिक्षाको लागि चितवन नारायणघाट नवलपरासी काठमाठौतिर लैजाने गरेका छन ।
गुरुकुल शिक्षा पढाउन हाम्रो छोराछोरी शहर लैजाने गरेको सोरु गाउँपालिका जिमा गाउँका ५२ बर्षिय धनप्रसाद भट्टले बताए । आफनो जेठो छोरो पनि गुरुकुल शिक्षा पढाउन नवलपरासी पठाएको उनले सुनाए ।जिल्ला गुरुकुल पाठशाला स्थापना नहुँदा हाम्रा छोरा जिल्ला बाहिर लैजानु परेको उनको गुनासो छ जिल्लाको चार वटा स्थानीयतहको प्रत्येक बस्ती–बस्तीमा च्याउ उम्रिए जस्तै सामुदायिक बिद्यालय छन तर बाहुन जातिलाई बेद, पुराण पढने एउटा गुरुकुल पाठशाला नभएको महाकाली माध्यमिक बिद्यालयका प्रधानध्यापक खडक रोकायाले जनाए । उनले भने ब्रहमा जातिको निम्ति जिल्लामा एक गुरुकुल पाठशाला आबश्यक छ ।
जिल्लाका कोही बाहुनले सरकारी जागिर खाने हिसावले सामुदायिक बिद्यालय देखि क्याम्पस सम्म छोराछोरी पढाउने गरेका छन भने अधिकास बाहुनले आफनै पेशा अगाल्न गुरुकुल रोज्ने गरेका छन । जिल्ला बाहिर गुरुकुल शिक्षा पढाउन एक जना ब्यक्तिलाई न्यूनतत्त १० लाख खर्च हुने बाहुनको भनाई छ ।
गरिव र न्यून आयश्रोत भएका बाहुनलाई जिल्ला बाहिर आफना छोरालाई गुरुकुल शिक्षा पढाउन नसक्ने मन प्रसाद भट्ट बताउछन जिल्ला बाहिर गएर गुरुकुल शिक्षा पढन नसक्दा कर्मकाण्ड देखि पुजाआज दान मृत्यूको काजकिरिया गर्ने दक्ष बाहुनको संख्या घटदै गएको छ ।बाहुन जातिको बढी जनघनत्व रहेको जिमा गाउँमा १० बर्ष अघि सम्म कर्मकाण्ड गर्ने बाहुनको संख्या घरघरै थियो भने अहिले पढाइको समस्याले गर्दा चार पाँच जना मात्र अग्रसर देखिएको पाइएको छ ।
बेद, पुराण,रुद्री, भागवत नपढेका बाहुनले कुनै पनि कर्मकाण्ड गर्न नसक्ने लाल प्रसाद भट्टले सुनाए । गुरुकुल शिक्षा पुरा गर्न कम्तिमा १० बर्ष लाग्ने गरेको छ ।
बेद ४० अध्याय, रुद्री १२ अध्याय, पुराण १८ अध्याय पुरा गर्न १० बर्ष लाग्ने बाहुनको भनाई छ । जिल्लामा सामुदायिक बिद्यालयमा सरकार देखि गैससको लगानीको उल्लेख देखिएको छ भने गुरुकुल शिक्षाको लागि लगानी देखिएको नदेखिएको बाहुनको गुनासो छ । स्थानीयतहले पनि गुरुकुल शिक्षाको लागि वास्ता नगरेको धन प्रसाद भट्टको दुखेसो छ ।
यस जिल्लामा छायाँनाथ रारा नगरपालिको चैन गाउँ, खत्याड गाउँपालिकाको सुकाढिक, रिघा, गम्था थारा, जामिर, जाम र सोरु गाउँपालिकाको धैनकोट, कालै, जिमा गाउँमा बाहुन तथा ब्रहमा जातिको बसोबास छ ।
छिमेकी जिल्ला हुम्लामा पनि गुरुकुल पाठशाला नहुँदा त्यहाँका बाहुन जातिका छोरा गुरुकुल शिक्षा अध्यायन गर्न काठमाडौ नपलपरासी, नारायणघाट जाने गरेका छन । हुम्लामा पनि सामुदायिक बिद्यालयको संख्या धेरै छ तर गुरुकुल पाठशाला एउटा पनि नहुँदा ब्रहमा जाति चिन्तित छन ।हुम्लाको खार्पुनाथ–१ र४, सर्केगार्ड–७, चंखेली–२ र ३ अदानचुली–५ र ६ वडाहरुमा बाहुन जातिको बसोबास रहेको छ त्यसै गरि ताजाकोट गाउँपालिकाको प्राय सबै वडामा बाहुन जातिको बसोबास भएपनि आफना छोराछोरीलाई गुरुकुल शिक्षा पढाउन जिल्ला बाहिर लैजानु पर्ने अबस्थाले कठिनाई भएको छ । मुगुमा सस्कृत माध्यमिक बिद्यालय र गुरुकुल पाठशाला नहुँदा बाहुन जातिका छोरालाई बेद, पुराण, पढन जिल्ला बाहिर जानु परेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख सुर्य खत्री बताए ।उनका अनुसार द्धन्दकाल अगाडी सामुदायिक बिद्यालयमा सस्कृत बिषय पढाइ हुन्थ्यो द्धन्दकाल सुरु भएपछि स्कुलमा सस्कृत बिषय हटेको हो । ब्रहमण जाति धर्म सस्कृत जर्गेना गर्न जिल्लामा एक गुरुकुल पाठशाला स्थापना गर्नु आबश्यक देखिएको खत्रीको भनाई छ । गुरुकुल तथा सस्कृत बिद्यालयको अभावले गर्दा ब्रहमण जातिको धर्म सस्कृत ओझेलमा पर्दै आएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार