शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • तिब्बत सिमाका बासिन्दालाई सधै नुनको पीर

तिब्बत सिमाका बासिन्दालाई सधै नुनको पीर

  • मङ्लबार, जेष्ठ २९, २०८१
तिब्बत सिमाका बासिन्दालाई सधै नुनको पीर

मुगु—डोल्फू फुन्जोङ तामाङ ५ जना परिवारलाई उहीले देखि अहिले सम्म नुनको दुःख भोग्नु परेको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–२ निवासी उनी अन्न भन्दा चर्को नुन जोगाएर खानु पर्ने अबस्थाले गर्दा सधै चिन्तित देखिने गरेका छन । भान्सा नुन सकिन थालेपछि पिठियूमा नुन बोक्ने झोला र खल्तीमा दान बोकेर दुई दिनको बाटो पार गरि गमगढी पुग्नु पर्ने अबस्थाले गर्दा गाराटसीका परिवार ५ जना परिवारलाई कहिल्यै नुनको दुःख हटन सकेको छैन । कहिले बुहारी कहिले आफु त कहिले पत्निलाई गमगढी पठाएर ५ पोका नुन लगेर भान्सालाई अलिनो बाट जोगाउनु पर्ने बाध्यता बाट मुक्त पाउन सकेका छैन ।

नुनको दुःख कहिल्यै हटेन फुन्जोङले भने ५ बर्ष अघि सम्म नुन लिने भोट जाने गथ्र्यौ कोरोनाले भोट बन्द भएपछि गमगढी पुग्नु परेको छ घर बाट भोट जान पनि दुई दिन गमगढी जान पनि दुई दिन उनले भने उहिले देखि अहिले सम्म नुनको दुःख बाट मुक्ति पाउन सकिएन । दुई दिन हिडेर गमगढी पुगेर पनि चाहे जति नुन नपाइने ५ पोका मात्र दिने डोल्फू गाउँका महिला फुटिक तामाङ भन्छिन एक पोका नुनलाई ९ रुपैयाँमा किनेर ल्याउने जाँदा आउदा तीन चार हजार बाटौमै खर्च हुन्छ ।

डोल्फू गाउँका गाराटसीका ५ परिवारलाई मात्र नुनको दुःख नभएर गाउँका बसोबास गर्ने करिव ५६ परिवार उहिले देखि अहिले सम्म नुनको दुःख भोग्दै आएका छनकोरोना महामारी नफैलिदा सम्म डोल्फू गाउँका सबै स्थानीय घोडा खच्चर लगेर जेठ असारमा नुन लिने भोट जाने गर्थे भने कोरोना फैलिएर पछि भोट नाका बन्द हुदा अहिले लर्को लागेर नुनकै लागि गमगढी धाउन थालेका छन ।चितै गाउँका करिव ६६ परिवारलाई पनि सधै नुनको दुःख छ । चामल दाल ध्यू तेल चिया भन्दा नुनको दुःखले गर्दा चितै गाउँका केही स्थानीयले जन्मथलो छोडेर नुनकै निम्ति जुम्ला, गमगढीतिर झरेका छनहामी जनजातिलाई सुन भन्दा नुन महँगो भयो चितै गाउँका छिरिङ तामाङ भन्छन सरकारले दिएको सहुलियत नुन हामीले पाउन अति गाह्रो छ ।
अन्नको चिन्ता लाग्दै नुन सकियो भने कहाँ बाट ल्याउने भनेर चिन्ता लाग्ने गरेको छिरिङले दुखेसो सुनाए । चितै गाउँका ६६ परिवार उहीले भोट बाट नुन ल्याएर खाने गथ्र्यौ अहिले दुई दिन हिडेर गमगढी बाट नुन ल्याएर खानु पर्ने अबस्था छ कार्ति गाउँका ५४ परिवार र किम्री गाउँका ३० परिवार तथा मुगु गाउँका १ सय २० परिवारलाई पनि सधै नुनको दुःख छ ।उक्त गाउँका स्थानीयलाई पनि दुई दिन हिडेर गमगढी नपुग्दा सम्म ५ पोका नुन देख्न पाइदैन । गमगढी बाट कोही कसैले घोडा खच्चर मार्फत बोकेर गाउँमा लगेको नुन प्रति पोका ७५ रुपैयाँमा किनेर उपभोग गर्न बाध्य छ । दुई दिन हिडेर गमगढी जानु भन्दा ब्यापारी सित चर्को मुल्य तिरेर भएपनि मुगु, चितै, डोल्फू र किम्री गाउँका स्थानीय भान्सा चोख्याउने गरेका छन ।गाउँमा एक पोका नुन किन्नु पर्दा ७५ रुपैयाँ पर्छ त्यही पनि पाउन मुश्किल हुन्छ किम्री गाउँ सोनाम तामाङले बताए । मुगु, चितै, डोल्फू, कार्ति, किम्री, वाङरी लगायत बस्तीहरु चीनको स्वशासित क्षेत्र तिब्बत सिमानामा गाँसिएका बस्तीमा गणना हुने गरेका छन । धनी देशका छिमेकीलाई बाहैमास नुनको चिन्ताले सताएको छ । उक्त गाउँबस्ती बाट तिब्बत क्षेत्र पुग्न दुई दिन समय लाग्ने गरेको छ । बिश्वको धनी र शक्तिशाली देशको सिमा क्षेत्रमा बसोबास गर्ने जनजातिलाई नुनको दुःखले चिन्तत हुनु परेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामा भन्छन अनाजको खेती छ नुनको खेती छैन यहाँका बासिन्दालाई सुन भन्दा नुन महँगो छनेपाल सरकार नुन दिन नसकेपनि चीनले त दिनु पर्ने हो अध्यक्षले भने स्थानीयतह संचालनमा ल्याएर प्रशासनिक कामकाजको केही दुःख कष्ट अन्त गर्दै गएपनि नुनको दुःख अन्त गर्न सकिएन तिब्बत सिमा क्षेत्र भित्रै पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा नुन डिपो नभएकै कारणले गर्दा स्थानीयलाई बाहैमास नुनको दुःख भोग्न बाध्य छन ।

चर्चामा

सम्बन्धित समाचार