सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • मुगुमा धान रोपाइ सुरु

मुगुमा धान रोपाइ सुरु

  • बुधबार, जेष्ठ ३०, २०८१
मुगुमा धान रोपाइ सुरु

मुगु—सोरु गाउँपालिका–४ तलिलिब्रु अंगबहादुर शाही धान रोपाइतिर जुटेका छन । गहुँबाली टिपेर सकेपछि उनी धान रोपाइमा लागेका हुन ।
गत बैशाख २० गते धानका बेर्ना राखेका शाहीले जेठ तेश्रो साता देखि खेतमा धान रोप्न सुरु गरेका छन । खातीकुयानी गाउँका दानबहादुर बुढालाई पनि धान रोप्न हत्तार भएको छ ।आकासमा बादल आएर हल्का पानी पर्न थालेपछि बुढा खेतबारी जोत्दै रोप्न सुरु गरेका छन । धान रोपाइ सुरु भएको बुढाले बताए । हरेक बर्ष जेठ तेश्रो साता देखि यहाँका किसान दाजुभाईले धान रोपँइ सुरु गर्ने र असार १५ गते सम्म सम्पन गर्ने उनको भनाई छ । सोरु गाउँपालिकाको औलबस्ती अर्थात बेशी गाउँतिरका किसानहरुले हिजोआज धमाधम धान रोपाइ सुरु गर्न थालेका छन ।सोरु गाउँपालिकाको फोतु, तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, थपाली ज्यूला, रावलबाडा लगायत बस्तीका किसानहरु धान रोप्न खेतबारीमा ओर्लिएका छन ।
समयमा धान रोप्न सकिएन भने कार्तिकमा उत्पादन कम हुने भएकोले जेठ तेश्रो साता देखि नै अनिबार्य रोपाइ सुरु गर्नु पर्ने उनले सुनाए ।खोलामा पानी प्रसस्त भएको एक दिनमै चार पाँच जनाले धान रोप्ने गरेका छन सोरु गाउँपालिकाको माथि नेर गाउँका किसानले पनि धान रोपाइ थालनी गरेका छन
पाखो जग्गामा कोदो कागुनो पाखो धान गोडमेल संगै खेतमा धान रोप्न सुरु गरेका छन । यता सिप, तारापानी, कालै, धैनकोट, खनायाँ लगायत बस्तीका किसानले पनि रोपाई सुरु गरेका छन ।लेकतिर कोदो कागुनो, चिनो, सिमी, आलु गोडमेल संगै बेशीतिर धान रोपाई सुरु भएको सिप गाउँका कन्नसिह बिष्टले बताए ।
रोग आयो भन्दैमा खेतपातीको काम छोडेर भाग्नु छैन उनले भने सजकता अपनाउदै अन्नबाली रोप्नै त प¥यो ।जिल्लाको चार वटा स्थानीयतह मध्ये सबै भन्दा बढी धान फल्ने खत्याड गाउँपालिकाको तल्लो बस्तीका किसानहरुले पनि रोपाइ सुरु गरेका छन । रातापानी, गम्था, तलिबगर, श्रीकोट बस्तीका किसानलाई यति बेला रोपाइको चटारो भएको छ ।

चर्चामा

सम्बन्धित समाचार