शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • प्रदेश
  • खडेरीले भीई गाउँमा पानीको चरम संकट

खडेरीले भीई गाउँमा पानीको चरम संकट

  • बिहिबार, जेष्ठ ३१, २०८१
खडेरीले भीई गाउँमा  पानीको चरम संकट

मुगु—सोरु गाउँपालिका—३ भीई गाउकी बासना बुमी एक गाग्री पानी भर्न रातभर जागराम बस्न बाध्य छिन । दैनिक जसो उनलाई कसरी एक गाग्री पानी भर्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ । घरमा पाहुना आए खाना र बासको बासनालाई पीर छैन तर एक लोटा पानी कसरी दिन भन्ने चिन्ताले पानी खोज्दै भौतारिनु पर्ने अबस्था छन । भीई गाउ“की सिमित बासनालाई मात्र नभएर सिंगो गाउ“का २ सय ७७ परिवारलाई पानीको चरम संकट उत्पन्न भएको छ खडेरीले पानीको मुहान सुकेपछि भीई अन्त्र्रगत भामगाउ“, भिदगाउ“, ठूलागाउ“, काटिगाउ“, बैनागाउ“, कोसेडीगाउ“ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई हिआआज खानेपानीको हाहाकार मच्चिएको छ
करिव १५ बर्ष अघि आइएनएफ नेपाल संस्थाले ९ किलोमिटर टाढा अडिनामुहान बाट पाइपद्धारा भीई गाउ“मा ल्याइएको पानी गत असोजको भीषण बर्षाले तहसनहस भएको र गाउ“का अन्य स–साना मुहान कुवाको पानी खडेरी सुक्दै गएपछि सिंगो भीई गाउ“मा पानी हाहाकार भएको छ ,। कुवाको तिरतिरे पानीमा २ सय ७७ परिवारलाई एक गाग्री भर्न दुई घण्टा लाग्न थालेको छ । दुई घण्टा सम्म लाइन बसेर पनि एक गाग्री पानी भर्न नपाई महिला पुरुष बालबालिका रित्तै घर फर्किन बाध्य भएका छन । खडेरीले पानीको हाहाकार भयो भीई भाम गाउ“का खडकराज बुढाले भने एक गाग्री पानी भर्न दुई घण्टा कुवामा पालो कुर्नु पर्ने अबस्था उत्पन्न भयो । गाउ“का सबै पानीको मुहान सुकिसके उनले भने ठूला गाउ“को कुवाको पानी भर्न रातभर जागराम बस्नु परेको छ । बस्ती स्थापना भए देखि अहिले मात्र भीई गाउ“का ठूलो पानीको हाहाकार भएको छ ।बालबालिका पढाई छोडेर गाउ“ भन्दा धेरै टाढा पानी भर्न जान थालेका छन । महिला पुरुष हातमा गाग्री, जर्किन बोकेर रातभर कुवामा लाइन बस्ने गरेका छन । गाई भैसी भेडाबाख्रा खच्चर लाई पानी खुवाउन तीन घण्टा टाढा गहताडी गाउ“को खोलामा लैजानु पर्ने अबस्था आएको स्थानीयको भनाई छ ।
पानीको संकटले गाउ“ छोडेर भाग्नु पर्ने अबस्था आइसक्यो भीई कुमाल गाउ“की जानसरा कुमालले भनिन खाने अन्न र रोग ब्यथाको भन्दा पिउने पानीको चिन्ता लाग्न थालेको छ । पानीको समस्याले गर्दा भीई गाउ“का कर्मचारी शिक्षक कपाडी धुन नुहाउन कोही हुम्ला कर्णाली कोही गहताडीखोला तिर जान थालेका छन । भीई ८ वटा गाउ“मा पानीको ठूलो संकट उत्पन्न भइसक्यो सोरु गाउ“पालिका—३ का वडाअध्यक्ष सिहबहादुर धामीले सुनाए । टाढा बाट पानी ल्याउन बजेट छैन उनले भने पहिले आइएनएफले ल्याएको पानी बाढी तहसनहस बनाइ दियो गाउ“मा पाहुना कर्मचारी आउदा खाना बासको समस्या भन्दा पानी समस्याले गाउ“ले चिन्तित छन । सोरु गाउ“पालिकाको सिमित भीई मात्र नभएर जवलधारा गाउ“का ३ सय परिवार पनि पानीको संकटमा छन ।गाउ“को एक मात्र पानीको धारामा महिला पुरुष बालकालिकाको भीई लाग्ने गरेको छ । पालिका केन्द्र रहेको सोरुकोटमा पनि स्थानीय कर्मचारीले उस्तै पानीको समस्या भोग्नु परेको छ ।

चर्चामा

सम्बन्धित समाचार