जुम्ला–कर्णाली प्रदेशको खसभाषाको उदगमस्थल जुम्ला सिंजाका महिलाहरु घरधन्दा देखि समाजको बिकास निर्माण एक जुट हुने गरेका छन सिंजा क्षेत्रमा पुरुष बर्गहरु ब्यापारी जागिरको सिलसिलामा बाहिर जाने र गाउ“को बिकास निर्माणको जिम्मा महिलाले लिने गरेका छन जुम्ला कनकासुन्री गाउ“पालिका कि राजपुरा सार्की गाउ“मा खानेपानी योजना निर्माणमा खटिएकी छ । मेनका पनि पिठियूमा गरुगो गिट्टीको भारी र का“खमा बच्चा बोकेर योजनाको काममा होमिएकी छन । उनको घरका पुरुषहरु पनि जिल्ला बाहिरै छन । पुरुषहरु ब्यापार गर्न भारत काठमाडौ तर्फ जा“दा हामी महिलाले बिकासको काम गर्नु परेको मेनकाले बताईन । घरमा बुढापाका र महिला मात्र बस्ने गरेको उनको भनाई छ । गाउ“पालिका तहका योजना देखि राष्ट्रियस्तरका योजना बाटो, खानेपानी, सडक,पुल भवन निर्माण लगायत बिकास निर्माणका कामकाजहरु महिलाले गर्ने गरेका छन ।बिकासका जस्तो सुकै काम गर्न हामी सक्षम भइसक्यो राजपुराले भनिन ।
यो अबस्था अचेलको होइन पहिले देखिने यहा“को बिकास खेतीपाती महिलाले गर्दै आएका उनले बताइन ।खसभाषाको उदगम स्थलको रुपमा चिनिने जुम्ला सिजा क्षेत्रमा रोजगारीको लागि पुरुषहरु जिल्ला बाहिर गएपछि बिकास निर्माण देखि खेतीपातीको काम महिलाको का“धमा छ ।पुरुषहरुलाई रोजगारको लागि जिल्ला बाहिर पठाउने र आफु घरधन्दाको काम बिकास निर्माणको काम समाल्ने गरेका छ । अप्ठेरो परे सहयोगको भावना उत्तिकै राख्ने गरेका छन । बिकास निर्माणको लागि महिलाले आफै समुह गठन गर्ने निर्णय लेख्ने योजना सम्झौता गरि बैङ्कमा खाता खोलेर रकम निकासा गरि कामकाज सम्पन्न गर्ने गरेका छन । जुम्लाको तल्लो क्षेत्रको रुपमा रहेका कनकासुन्री, हिमा र सजा गाउ“पालिकाका गाउ“बस्तीहरु पुरुष बिहिन छ ।
गाउ“मा बुढापाका बालबालिका महिला देखिने गरेका छन । ब्यापारको निम्ति जिल्ला बाहिर गएका पुरुषहरु चैत महिनाको धानको बेड राख्ने बेला घरफर्किने गरेका छन । काही बैशाखतिर परिवारलाई मालसमान ल्याएर आउने गरेका छन । जुम्ला सिजा क्षेत्रका महिलाहरु सिमित बिकास निर्माण र खेतीपातीको कामकाज मात्र नभएर स्याउ उत्पादन जडिबुटी संकलन तथा बिक्री र पशुपालन समेत गर्ने गरेका छन ।गाउ“को सानातिना झै झगडाका मुद्दा मालिका महिलाले नै सुल्झाउने गरेका छन । महिलाहरु एकजुट भएर गाउ“पालिकातह देखि सरकारी कार्यालयमा बिकास माग गर्न जाने गरेका छन । स्याउको बोट लगाउने देखि मलजल रंगरोवन महिलाले नै गर्ने गरेका छ । उत्पादीत स्याउ टिपेर बिक्री गर्ने काम केही पुरुष र केही महिलाले गर्ने गरेका छन । ब्यापार र अध्यायन गर्नको लागि पुरुष जिल्ला बाहिर जा“दा बिकास निर्माणमा ९० प्रतिशत महिलाको सहभागिता देखिने गरेको कनकासुन्दरी गाउपालिकाकाले जनाएको छ । जुम्ला सिजा क्षेत्रमा शिक्षित देखि अशिक्षित महिलाहरु गाउ“मा परिर्वतन ल्याउन तम्सिएका छन । अर्कोतिर परम्परागत मौलिक जोगाउन उत्तिकै खटिएका छन । पुरानो शैलीमा निर्माण गरिएका घरहरुको संरक्षण भेषभुष चालचलन धर्मसा“स्कृति शिक्षा स्वास्थ्यको लगायत समृद्धि बिकासमा महिला नै अघि सरेको पाइएको छ । जुम्ला सिंजा क्षेत्रमा पर्यटकिय स्थल पाण्डुगुफा, कनका सुन्दरी माई प्रचलित छन