हामी उठी बाइजान लाग्यौ“ बसेइ है रारा ताल
आउ“दै रहु“ला जा“दै रहु“ला नर्बिसिनु मायाजाल ।।
कुराकानीका पात्रहरु
(क) अंगध्वज शाह रारा छाप्रु
(ख) ललिजंग शाह रारा छाप्रु
(ग) बिर्खबहादुर रोकाया मुर्मा रारापुस्तौ“पुस्तादेखि रारा तालस“गै बसोबास गर्दै आएका रारा गाउँका ठकुरी र छाप्रु गाउँका क्षत्री त्यहा“बाट धपाइएर बा“के जिल्लाको मोतीपुरतिर जान लाग्दा भावुक हु“दै महिलाले गाएको देउडा गीत अहिले पनि झलझली याद आइरहन्छ ।२०३२ सालमा सरकारले रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि तालस“गै जोडिएका रारा र छाप्रुका मानिसलाई बस्ती छोड्न लगायो । २०३५ सालमा यी दुई गाउ“का करिव डेढ सय परिवारले गाउ“ छोडनु प¥यो । नजिकैको मुर्मा गाउ“ भने उठाइएन ।
सरकारले यी गाउ“ उठाउने भनेपछि गाउ“मा खैलाबैला मच्चियो । जग्गाजमिन, देवीदेउताका मन्दिर, फलफूलका रुख, पानी प“धेरो छोडेर सदाका लागि हि“डनु पर्ने भएपछि बूढापाका र महिला रोए । छाप्रु गाउ“को महादेवको झा“क्रीले पतुरेर (का“पेर) ‘नजाऊ, म छ“दैछु’ भने । तर गाउ“ छोड्नैप¥यो । त्यसो भएपछि मष्टा देवताले ‘मलाई पनि स“गै लैजाऊ है’ भने । घर छोडेर बा“के, मोतीपुरतिर लाग्यौं ।
पैसा हुने मान्छे जुम्लाबाट जहाज चढेर गए । गरिव निमूखाहरु पिठ्यू“मा भारी बोकेर अगाडि गाईभैसी छिउक्या“उदै धपाउ“दै ? कोही जुम्ला सिजा हुदै महा“बु लेक काटेर दैलेख भएर मोतीपूर पुगे । कोही बाजुरा अछाम हुदै मोतीपूर झरे । बस्ती उठाएर तराई पठाउ“दाखेरी सरकारले भाडा भनेर प्रति ब्यक्ति १ सय रुपैया“ हातमा थमाएको थियो
रारामा चिसो धेरै हुने भएकाले ऊनका बाक्लो लुगा लगाउने गरेका मान्छे एकै चोटी तालु पोल्ने घाम भएको मोतीपूर पुग्दा हामीलाई टिक्न मुश्किल भयो । औलो लागेर धेरै बालबालिका मरे । दुई चार बर्षसम्म मोतीपुरको गर्मीका कहालीलाग्दा दिन बिताउनु प¥यो ।
बा“के झरेको चार पा“च बर्षसम्म सारै दुःख पाइयो । गर्मीले गर्दा धेरै रोग लागे । घर थिएनन् । खाली जग्गामा पाल टा“गेर बस्नु पर्दा सर्प र लामखुट्टेले हैरान पारे । पछि सरकारले हामीलाई मोतीपूरबाट पनि उठाएर बा“केको चिसापानी गाभर ल्याएर राख्यो । कोही गर्मीले बस्न नसकेर भागेर पहाड गए । २०३५ सालमा रारा गाउ“कै राजबहादुर शाह गृह सहायक मन्त्री भए । उनले गर्दा गाभर चिसापानीमा बसेका राराबासीलाई केही सहज भयो ।
मन्त्री आफ्ना दाजुभाई दिदी बहिनीको सुखदुःख सुन्न बेला बखत आफै गाभर आउ“थे । नीरबिक्रम शाह गाउ“का प्रमुख थिए । उनले पनि सरकार (राजा) समक्ष बिन्तीपत्र चढाएपछि थप सेवा सुबिधा पायौ“ । बिस्तारै बस्ती व्यवस्थित हु“दै गएपछि यहा“ आएको राम्रै भयो जस्तो लाग्यो ।
रारा छेउमा रारा, छाप्रु र मुर्मा गरी तीन गाउ“बस्ती थिए । गुमडाडा (गमगढी) बाट दुई घण्टा उकालो हि“डेपछि छाप्रु गाउ“ भेटिन्थो । उता खत्याड खोलाबाट आउ“दा पहिले मुर्मा र त्यसपछि रारा गाउ“ देखिन्थ्यो । गाउ“मा हुलाक, स्वास्थ्यचौकी, सरकारी अड्डा केही थिएनन् । बिजुली र फोन पनि थिएन । सरकारी काम पर्दा दुई तीन दिन हिडेर जुम्ला खलंगा पुग्नुपथ्र्यो । हिउ“दमा हिउ“ परेपछि घुच्चीलेक, डा“फेलेक काटेर जुम्ला पुग्न सारै कठिन हुन्थ्यो ।
औषधिको त सेतो टाटो समेत देख्न पाइ“दैनथ्यो । ज्वरो आयो, टाउको दुख्यो, झाडापखाला लँग्यो भने जंगलतिर गएर तितो नामको जडिबुटी ल्याएर पकाएर खान्थ्यौं । दाउरा धुवा“ले आखा“ पाक्दा, चिलाउने रोग लाग्दा जडिबुटी ल्याएर घोटेर रस आ“खामा लगाउने गथ्र्याै“ । कडा रोग लाग्यो भने महादेव देवता हेराउने गथ्र्यौं । देउताले जे भन्यो त्यही भाकल गरे पछि बिरामीलाई सञ्चो पनि हुन्थ्यो । देवि देउताको भरभरोसाले प्राण बचाउनु पथ्र्याे ।
मुर्मा गाउ“ ताल भन्दा एक घण्टा पर पर्छ । रारा र छाप्रु गाउ“ चाहि“ तालको किनारमै थिए । बाक्लो हिउ“ पर्ने, चिसो भइरहने हु“दा काठ, ढुंगा र माटोका लिपपोत गरेका घर थिए । चिसो भित्र नजाओस् भनेर घरका ढोका र झ्याल साना बनाएका हुन्थे ।रारा गाउ“मा १८ घरधुरी ठकुरीहरुको बसोबास थियो भने मुर्मा र छाप्रुमा करिव ६० घरधुरी क्षत्री रावल, बुढा, रोकाया, कार्कीहरु बसोबास गर्थे । पुस, माघ, फागुन महिनामा गाउ“ हिउ“ले सेताम्यै हुन्थ्यो । हिउ“दमा घरको ढोका खोल्न नमिल्ने गरी हिउ“ पथ्र्याे । त्यसैले, हिउ“दमा गाउ“मा बस्न सकिदैनथ्यो । मंसिरदेखि फागुनसम्म औलबस्तीतिर झथ्र्याै“ ।
राराका ठकुरीहरुको औलबस्ती भनेको खत्याड, गम्था, तलिबर, रारा गिलाहा, नुबाकोट, कालै थियो । हिउ“द कटाउन हामी त्यही“ जान्थ्यौ“ । छाप्रुका क्षेत्रीहरु रुम, झयारी पिना, कार्कीबाडा, निगालबोट तिर गएर हिउ“द कटाउ“थ्यौं । हिउ“दका बेला छाप्रु र रारा गाउ“ सुनसान हुन्थो । गाउ“मा दुई चार जना मात्र बस्थे ।चैतदेखि कार्तिकसम्म हामी राराका घरमा बस्थ्यौ“ । त्यतिबेला गाउ“मा रमाइलो हुन्थ्यो । मान्छे, चौपाया, बस्तु खेतबारी, अन्नबाली र फलफूलले गर्दा गाउ“ सुन्दर देखिन्थ्यो ।
हाम्रो औलबस्तीमा धान, गहु“, कोदो, कागुनो, खुर्सानी फल्थ्यो । अग्लो र चिसो रारामा सिमि, आलु, फापर फल्थ्यो । चुली, आरु, ओखर पनि फल्थ्यो । रारामा डटेलो प्रसस्तै फल्थ्यो । जेठ असारमा डटेलोको फल टिपेर महिलाले तेल निकाल्थे । ओखर र चुलीको पनि तेल निकालेर खान्थ्यौ“, शरीरमा दल्थ्यौ“ ।
औलतिरको अन्न र लेकतिरको अन्न गरेर बर्षभरि ठिकठिकै खान पुग्थ्यो । आफनो जग्गाको उत्पादनले नपुग्ने कहिलेकाहीं जुम्ला सिजा, खत्याडबाट अनाज किनेर ल्याएर खान्थ्यौं । तर भोकमरीको दुःख सारै खेप्नु पर्दैनथ्यो । रारामा चरिचरन राम्रो थियो । सबै घरमा गाई, भैसी, घोडा, भेडाबाख्रा धेरै पाल्ने गरिन्थ्यो । एउटा घरमा ४० देखि ६० वटासम्म बाख्रा र भेडा हुन्थे । बाख्रा र भेडाको ऊनबाट राडीपाखी, लिउ, फेरुवा बनाउ“थ्यौ“ । केही बेच्थ्यौ“ । केही घरमा ओढ्ने ओछ्याउने गथ्र्यौ“ ।
राराका शाह ठकुरीका घरमा भन्दा क्षत्रीका घरमा पशु चौपाया धेरै हुन्थे । असार साउनमा चुचुमारे, मालिका लेक र मुर्माटप (टप कि लेक?) तिर चराउन लैजान्थ्यौ“ । हिउ“दमा राराको चिसोले गर्दा पशु चौपाया औलतिर झाथ्र्याै“ ।
हामी राराका ठकुरी शाहले रुघा, थार्प, बाम, निगाले, आ“सिधारा, कार्कीबाडा, पिना लगायत गाउ“बस्तीको जग्गाको तिरो उठाउने जिम्मा पाएका थियौं । हरेक बर्ष ती गाउ“मा गएर किसानबाट जग्गाको तिरो उठाएर जुम्ला मालपोत कार्यालयमा बुझाउ“थ्यौ“ ।
पैसा नहुनेबाट घिउ, चामल, मास, तिरोका रुपमा उठाउनु पथ्र्यो ।
माघ, फागुन, बैशाख, असोजमा रारा, मुर्मा, छाप्रु गाउ“मा विवाह र ब्रतबन्ध हुन्थ्यो । बिबाह र ब्रतबन्ध भएका घरले आफन्तलाई निम्ता गरेर भतेर खुवाउने गर्थे । गर्मीमा तालमा नुहाउ“थ्यौं, कपडा धुन्थ्यौं । भैंसी आहाल बस्थे । गाउ“ तालस“गै जोडिएको भए पनि तालमा मान्छे डुब्ने जस्ता दुर्घटना भएको थाहा थिएन ।
चैत बैशाखमा ताल वरिपरि लालीगुरा“स ढकमक्क फुलेर सारै रमाइलो देखिन्थ्यो । फूलको रस चुस्न चराहरु लुछाचु“डी गर्थे । रारा क्षेत्रमा बन जंगल पहिले देखि नै घना थियो । गुरा“स, सल्लो, बा“झ, धुपी, निगालो, पिपल (पिपल पनि हुन्थ्यो र त्यहा“ ?) का रुख बाक्लै थिए ।
पारि मिलिचौर, मालिका लेक, मुर्माकोटमा चैत बैशाखमा लेकाली काफल पाकेर रातै हुन्थ्यो । हाम्रा छोरीचेली गाई चराउन जा“दा काफल टिपेर ल्याउ“थे । बेलुका परिवारका सबैले बा“डेर खान्थ्यौं । जेठ असारमा कालो ऐसेलु, तिलखुरा, गयालो पाकेर रातै हुन्थ्यो । फलपूmल खान दिउ“सो जंगल जान्थ्यौ“ ।
माघ, फागुनमा पलाउने लेकाली सिस्नो सारै स्वादिलो हुन्थ्यो । एक महिना सम्म सिस्नो खा“दै रमाउ“थ्यौ“ । २०३२ सालसम्म तालको डिलको धेरै माथिसम्म पानी हुन्थ्यो । हिउ“दमा हिउ“ पग्लेर र बर्खामा पानी परेर आएका डेढ सयभन्दा बढी ठूलासाना खोला तालमा मिसिन्थे । तालमा असला माछा प्रशस्तै थिए । तालका माछा ती खोलामा उक्लन्थे । हामी माछा समातेर खान्थ्यौं ।
बा“केको गाभरमा बसिसकेपछि पनि बर्षको एक चोटि रारा जाने गथ्र्यौ“ । दुई तीन बर्षसम्म राराका हाम्रा घर पहिले जस्तै देखिन्थे । पछि बर्खाको झरी र हिउ“दको हिउ“ले गर्दा घरमा पानी चुहि“दै गयो । घर बिस्तारै भत्कि“दै गए । भत्किएको बस्ती देख्दा हामी रुन्थ्यौ“ । गाउ“ भत्ंिकदै गएपछि त्यहा“ जान पनि मन खिन्न हुन थाल्यो । रारा नगएको आठ दश बर्ष भइसक्यो ।
२०२० सालमा एक्कासी राजा महेन्द्रको सवारी रारा हुने खबर आएको थियो । त्यति बेला ताल वरिपरि घुम्ने बाटो थिएन । राजालाई ताल वरिपरि घुम्न सजिलो होस् भनेर रारा, छाप्रु, मुर्मा गाउ“का मानिस जुटेर पैसा नलिइकन करिव दुई महिना लगाएर बाटो काट्यौ“ । राजा त्यही बाटो हि“डे । ताल र माछा देखेर दंग परे । अहिले पनि मानिस त्यही बाटो हि“ड्छन् ।त्यति बेला रारा वरपरको जंगल बनपाखामा चरा र वन्यजन्तु प्रशस्तै देखिन्थे । हामीले बारीमा लगाएको आलु, गहु“ र फलफूल जंगली जनावरबाट जोगाउन मुश्किल हुन्थ्यो । बा“दर र बदेलका बथान धेरै थिए ।
गुना, घोरल, झारल, कस्तूरी पनि धेरै थिए । सूर्यास्तका बेला चुचुमारे लेक र मालिका लेकबाट बथानका बथान वनका जन्तु दर्गुदै रारा तालमा पानी पिउन आउ“थे । उनीहरुले तालमा पानी खाएको दृश्य हेर्न हामी लुकेर ताल नजिकै जाने गथ्र्यौ“ । बाक्लो हिउ“ परेका बेला बन्यजन्तु हिउ“मा डुबेर मरेका भेटिन्थे ।
जंगलमा कालो भालु र हिउ“चितुवाबाट भेडाबाख्रा, गाईभैसी जोगाउन कठिन हुन्थ्यो । हिउ“ परेका बेला त वन्यजन्तु गोठभित्रै आउ“थे । बिभिन्न प्रजातिका साना देखि ठूला रंगीबिरंगी चरा पनि प्रशस्तै थिए ।
चैत बैशाखतिर च्याखुरा, कालिजले हाम्रै जग्गाको छेउछाउ आलीतिर गु“ड लगाएको, फुल पारेको र चल्ला निकालेको भेटिन्थ्यो । उनीहरुका चल्ला समातेर घर ल्याएर पाल्ने गथ्र्यौ“ । बनजंगलमा घा“स दाउरा ल्याउन जा“दा डा“फे धेरै भेटिन्थे । चीर, तित्रा, फगरा“स जस्ता चरा पनि उत्तिकै भेटिन्थे ।
हिउ“द लाग्न लाग्दा बथानका बथान हा“स मानसरोवरबाट उडेर रारा आउने गर्थे । रैथाने चरा र पाहुना चराले निकै रमाइलो पार्थे । हिउ“द बित्न लागेपछि रारा आएका हा“स उडेर मानसरोवरतिर जाने तयारी गर्थे । एकै चोटि उडेर जान नसक्ने भएकाले दिनदिनै आप्mनो उडान परीक्षण गर्थे । यस्तो अभ्यास थालेको एक दुई हप्ता पछि ती पाहुना हा“स रारामा देखि“दैनथे । सबै उडेर मानसरोवर जान्थे ।
रारामा २०३२ साल अघि बिदेशी पर्यटक हिडेर फाट्टफुट्ट आउने गर्थे । एक दुई दिन घुमेर फर्किन्थे । एक जना बिदेशी ६ महिना सम्म रारामै बसेर त्यहा“को अध्ययन गरेर फर्केको थाहा छ, तर उसको नाम र देश बिर्सियो ।२०२४ सालमा छाप्रु गाउ“का एक किसानले बारीमा हलो जोत्दा ३० वटा ठूला शंख र एउटा त्रिशूल फेला पारेका थिए । ठाकुरज्यू महादेवले राराको पश्चिम किनारमा लात्ती हानेकाले त्यहा“बाट पानी बाहिर जान थाल्यो र खत्याड खोला बन्यो भन्ने किबदन्ती पनि छ ।
पूर्बतिर फर्केका त्रिबेणी, नदीखोला बगर, ताल तलाउ दहलाई धार्मिक÷सांस्कृतिक हिसावले बढी महत्वपूर्ण मानिन्छ । राराको निकास पश्चिमबाट गएकाले यस ताललाई दहका रुपमा मात्र गणना गर्ने गरिन्छ । रारा तालको पूर्वतिर अग्लो सिरानीमा छाया“नाथ तीर्थस्थल छ ।
छाप्रु, मुर्मा, र राराका गाउ“ले हामी महादेव र मष्टो देवता मान्ने गथ्र्यौ“ । शाहले मष्टो मान्थ्यौ“ । अरु क्षत्रीहरुले महादेव मान्थ्यौ“ । त्यसो त हामी शाहहरु पनि महादेवको पूजाआजा र ग्रहदशा हेराईकोराई गथ्र्यौं ।वैशाख र साउन शुक्ल पूर्णिमामा रारामा मष्टो देवताको पुजा लगाउथ्यौ“ । कातिक विजय पूर्णीमा र साउन पूर्णीमामा पनि महादेवको पुजापाठ गर्ने, धामीझा“क्री नाच्ने गर्थे । रारामा महादेवको पुजाआजा गर्न कार्कीबाडा, भामबाडा, श्रीनगर, रुगा लगायतका गाउ“का मान्छे पनि आउने गर्थे । हामी शाहहरुले प्रशिद्ध थार्प मष्टो पनि मान्ने गरेका थियौ“ । हामीले झा“क्रीलाई मथेरो नदिएसम्म झा“क्रीको अवतार हु“दैनथ्यो । तल औलतिरका देवता पनि मान्न जाने गथ्र्याै“ । विशेष गरेर पूर्णीमाका दिनमा रारा रुम गाउ“को प्रशिद्ध बिजई देवता, कालै गाउ“को गोरुगउले देवताको पुजापाठ गरी भेटीदक्षिणा चढाउने गथ्र्याै“ । बिबाह ब्रतबन्ध गर्दा महादेव र मष्टो देवतालाई साक्षीका रुपमा राखिन्थ्यो ।रारा ताल पहिले गाउ“लेको अधीनमा थियो । अहिले सरकारको अधिनमा छ । विकासका नाममा बिनाश हु“दै गएको छ । सडक र घोडेटो बाटो रारामा जोडि“दा मान्छेको चहलपहल बढ्दै गएको छ । शहरबाट ल्याएका प्लाष्टीकका थैला, चाउचाउका खोल, रक्सीका बोतल छरपष्ट देखिन थालेका छन् । तालको छेउछाउमै मोटर साइकल, साइकल कुदाउन थालेपछि प्रदूषण बढेको छ । महोत्सव, सभासम्मेलनका नाममा सरकारी मान्छे बोकेर आउने हेलिकप्टर ताल नजिकै बसाल्न थालेपछि बन्यजन्तुदेखि चराचुरुङ्गी सम्मलाई असर पर्दै गएको छ । पहाडबाट झरेर रारा तालमा मिसिने स–साना खोला सुक्दै जा“दा तालको पानीको सतह पनि घटदै गएको छ ।निकुञ्जको नियम लागू भएपछि रारा ताल वरपरका मानिसलाई गाईबस्तु चराउन र काठदाउरा ल्याउन मुश्किल भएको छ । पूर्जी लिएर ल्याउनु पर्ने हुनाले गाउ“लेले चाहिए जति काठ दाउरा पाउ“दैनन् ।