काठमाडौँ — प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढिमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालन ल्याएको हो ।बैंकले शाखा कार्यालय बिस्तार गरी सर्वसाधारणको घर आागनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिसँगै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको देशभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।