मुगु—हिमाली जिल्ला मुगुमा ६ सय ७५ जनाको आखा परिक्षण गरिएको छ ।
तिलगंगा आ“खा अस्पताल, राष्ट्रिय स्वास्थ्य कोष शाखा मुगु हेल्प नेपाल स्वास्थ्य केन्द्र मुर्माको संयुक्त आयोजना संचालित निशुल्क आ“खा शिबिरमा ६ सय ७५ जनाको आ“खा परिक्षण र २८ जनाको सल्यक्रिया गरिएको राष्ट्रिय स्वास्थ्य कोषका सभापति तथा हेल्प नेपाल स्वास्थ्य केन्द्रका संचालक समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले जानकारी गराए ।रोकायाका अनुसार सोरु गाउ“पालिकाको पुरुमुरुमा ५५ जना, छाया“नाथ रारा नगरपालिकाको झयारी गाउ“मा ९५ जना जुम्ला कनका सुन्दरी गाउ“पालिकाको बोतामा १ सय ८५ जना रारा मुर्मामा ३ सय ४० जनाको आ“खा परिक्षण गरिएको र २८ जनाको सल्यक्रिया गरिएको छ ।
चिकित्सक सहितको टोली, छाया“नाथ रारा नगरपालिकाको झयारी, मुर्मा र सोरु गाउ“पालिकाको पुरुमुरु, जुम्ला बोतामा पुगेर निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।