सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • कृषि
  • मुगुमै फल्यो आँप किसान उत्साहित

मुगुमै फल्यो आँप किसान उत्साहित

  • बिहिबार, असार ६, २०८१
मुगुमै फल्यो आँप     किसान उत्साहित

मुगु—कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँकी दाना गिरीको बारीमा आँप फल्न थालेको ६ बर्ष भयो । पहिले अाँरु, केरा, ओखर फल्ने उनको बारी अचेल तराइको आँप लटरम्भ फल्न थालेपछि खुशी भएकी छन ।
पहिले नेपालगञ्ज बाट आँपका् बोट ल्याएर बारी रोपेको तीन चार बर्षमै फुल फुलेर फल्न थालेपछि खुशी हुदै गिरीले बारीको छेउछाउ भरि आँपका बोट रोपेर फलाउन थालेकी छन गिरीको बारीमा लटरम्भ आ“प फलेर पाक्न थालेपछि रेसा कार्कीले पनि आफनो बारीको डिलभरि आँप रोपेर मनग्य फलाउन थालेकी छन ।
तराइमा फल्ने आँप गाउँमै फल्न थालेपछि खुशी हुनु परेको गिरीले बताइन । यो गाउ“मा आ“प फल्न थालेका ६ देखि ७ बर्ष जति भएको उनको भनाई छ । हुम्ला कर्णाली नदीको सतह देखि करिव १२ सय मिटर उचाइमा रहेको सुकाढिक गाउँमा आँप लटरम्भ फल्न थालेपछि शिक्षक कर्मचारी स्थानीय महिला पुरुष उत्साहित देखिएका छन कारव १ सय ५६ घरधुरी रहेको सुकाढिक गाउ“का अधिकाँस स्थानीयले पुख्र्यौली फल आ“रु ओखरका बोट काटेर धमाधम आँप खेती गर्न थालेका छन । जेठ असारमा आँप पाक्न थालेपछि बाजुरा बोल्डीक, धिम, फैती, मुगु, रिघा, रातापानी, हयाङलु, गम्था लगायत गाउँ बस्तीका कर्मचारी बिधार्थीहरु आँप किन्न गाउँमै आउने गरेको अगुवा कृषक राजबहादुर कार्कीले सुनाए । तराईको गर्मीमा फल्ने आ“प पहाड फल्न थालेको उनको भनाई छ ।
कार्कीका अनुसार गाउँमै प्रति किलो आँप १ सय रुपैयाँमा बिक्री गर्ने गरेको छौ दुई बर्ष अघि सम्म रुखमा थोरै आँप फल्थ्यो उनले भने प्रति बर्ष धेरै आ“प फल्ने गरेको छ गत बर्षको तुलनामा अझ यो बर्ष धेरै आँप फल्ने आसा सुकाढिक गाउ“का स्थानीयले गरेका छन ।गाउँमा सिमित आँप मात्र नभएर अम्बा, मेवा, अनार समेत लटरम्भ फल्न थालेको छ । यहा“का गाउ“लेले आँप अम्बा, मेवा, अनार खेती गरेर पैसा कमाउने गरेको स्थानीय शिक्षक लोकेन्द्र कार्कीले बताए ।
अनार प्रति केजी २ सयमा बेच्ने गरेको छन । सुकाढिक गाउँमा फलेको आँप, मेवा, अम्बा, अनार गम्था माँझचौर र बाजुरा कोल्टी बजार सम्म लगेर स्थानीयले बेच्न थालेका छन । सुकाढिक झुगला हुम्ला कर्णाली नदीमा बेलिब्रिज बनेपछि गाउ“मै जीप मोटर साइकल ल्याएर ब्यापारी आ“प, अम्बा, मेवा किनेर लैजान थालेका छन ।
अर्कोतिर गाउँ पारि बाट कर्णाली करिडोर सडक सुबिधा जोडिएको हुदाँ बारीमा फलेको आँप, अनार, अम्बा, मेवा हुम्ला सर्केगार्ड , सिमकोट पु¥याएर बेच्न सकिने अबस्था उत्पन्न भएपछि स्थानीय झन खुशी भएका छन ।
जलबायू परिर्वतनले गर्दा गाउँमै आँप फल्न थालेको सुकाढिक गाउँका स्वास्थ्यकर्मी महेश गिरीले भने यहाँ आँप फल्न थालेपछि आँरु ओखर बिस्थापित भएका छन । उनले भने माथि लेक ह्याचुरीमा स्याउ फल्छ तल गाउँ सुकाढिकमा आँप फल्छ । तराइका फलफुल गाउँमै फल्न थालेपछि स्थानीय ब्याबसायि खेतीतिर उन्मुख भएका छन । तराइका फलफुल गाउँमै फल्न थालेपछि त्यहाँका स्थानीय आधुनिक प्रबिधिको खोजीमा छन ।
सरकारका किसान कार्यक्रम यहाँ कहिल्यै पुग्दैनन कार्कीले भने हामीलाई सिचाई कुलो, सिंचितको लागि पाइप, हजारी, रुख काँटछाँट गर्ने मेसिनहरुको खाँचो छ गत असोजको बाढी पहिरोले सिंचाइ कुलाहरु तहसनहस पारेको हुदा फलफुल देखि अन्नबालीलाई सिचाई गर्न गाह्रो भएको उनको भनाई छ ।
जिल्ला कृषि कार्यालय पुग्न हामीलाई २ दिन लाग्छ त्यहाँ हाम्रो पहुँच पुग्दैन उनी भन्छन कर्मचारी यहाँ आएर हामीलाई कार्यक्रम दिदैनन । मुगुको सुकाढिक बस्तीलाई पहाडको तराई भन्न थालेका छन । तराइका फलफुल गाउँमा फल्न थालेपछि यो गाउँ पहाडको तराई भनेर परिचित हुन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार