शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • नगरसभामा संचारकर्मीलाई समाचार संकलनमा रोक

नगरसभामा संचारकर्मीलाई समाचार संकलनमा रोक

  • शुक्रबार, असार ७, २०८१
नगरसभामा संचारकर्मीलाई समाचार संकलनमा रोक

मुगु–जिल्लाको छाया“नाथ रारा नगरपालिकाको १५ औं नगरसभामा उदघाटन समारोहको समाचार संकलनमा संचारकर्मीलाई प्रबेशमा रोक लगाइएको छ ।
शुक्रबार मुनलाइट होटलमा आयोजित १५ औं नगरसभाको समाचार संकलन गर्न गएका एक दर्जन संचारकर्मीहरुलाई होटलको गेटमा रहेका सुरक्षाकर्मीले तपाईहरुलाई भित्र कार्यक्रम हलमा जान नदिने भन्ने माथिको आदेश छ भन्दै रोक लगाएका छन ।
नगरसभामा समाचार संकलन गर्न गएका संचारकर्मीलाई सुरक्षाकर्मीले प्रबेशमा रोक लगाएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए । माथिको आदेश अनुसार तपाइलाई सभाहलमा जान दिदैनौ भनेर सुरक्षाकर्मीले संचारकर्मीलाई गेटमै रोकेको उनले भने प्रेस पास देखाउदा पनि भित्र जान दिएनन प्रबेशमा रोक लगाएपछि समाचार संकलन नगरि संचारकर्मी फर्किएको अध्यक्षको भनाई छ ।
नगरसभा प्रबेशमा सुरक्षाकर्मीले रोक लगाएपछि जिल्लामा कार्यरत संचारकर्मीले बिरोध जनाएका छन । १५ औं नगरसभाको समाचार संकलनमा संचारकर्मीलाई लगाएको रोक प्रति नेपाल पत्रकार महासंघले एक प्रेस बिज्ञप्ती जारी गरि सुचनाको हक कुण्डित गर्न रचिएको घटना भन्दै बिरोध गरेको छ । सुशासन पारदर्शीता जवाफदेहीता र सुचनाकह प्रत्याभूति गर्ने नगरपालिकाको ब्याबहार चरित्र नाङगो भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार