मुगृ—मुगु जिल्ला स्थित खत्याड गाउ“पालिका सुकाढिक गाउ“की ४९ बर्षिय दाना गिरीले बायूपंखी चुल्होमा भान्सा तयार गर्ने गरेकी छन ।उक्त चुल्होमा खाना पकाउन थालेको ५ बर्ष पुगेको छ । सल्लोको कालो धुवा“ बाट मुक्त पाउन र निरोगी बन्न उनले आधुनिक प्रबिधिको बायूपंखी चुल्हो प्रयोग गर्न थालेकी हुन ।पाच बर्ष अघि सम्म अदाने चुल्होमा धौधौ गरि खाना पकाउदै आएकी उनी हिजोआज बायूपंखी चुल्होमा भान्सा तयार गर्नु पाउदा सारै खुशी देखिएकी छन शौर्य उर्जा बाट चल्ने बायूपंखी चुल्होमा खाना पकाउदा कलालाई निकै आनन्द आउछ । पल्लो घरकी अमृता कार्की पनि बायूपंखी चुल्होमा खानाका सबै परिकार पकाउदै आएकी छन । घर परिवार होस या पाहुना आएको बेला बायूपंखी चुल्होमै खाना पकाएर खुवाउने गरेकी छन ।
हाम्रो त बायूपंखी चुल्होमा भान्सा तयार हुन्छ दानाले भनिन खाना छिटो पाक्ने धुवा“ नहुने कस्तो मज्जाको चुल्हो
करिव १५ मिनेटमै दाल भात तरकार सबै तयार हुन्छ उनले भनिन पहिले त अदाने चुल्होमा खाना पकाउन एक घण्टा लाग्थ्यो धुवा“ले आ“खा पोल्थ्यो ।बायूपंखी चुल्हो प्रयोग गर्न थाले देखि दम रोग आ“खा पाक्ने र पोल्ने रोग बाट मुक्ती पाइएको अमृताको भनाई छ घरको क्षतमा सोलार जडान गर्ने त्यहा“ बाट तार ल्याएर तल बायूपंखी चुल्होमा जोडेर स्वीच दबाए पछि फररर घुमेर हावा लागेर दाउरा बल्ने उनको भनाई छ ।करेन्ट बाट पंखा घुमेर आगो मार्फत दाउरा जल्ने भएकोले त्यसलाई बायूपंखी चुल्हो भन्ने गरिएको महिलाको भनाई छ । पुख्र्यौली चुल्होहरुमा आगो निम्यो भने मुखले फुक्नु पथ्र्यो तर बायूपंखी चुल्होमा दाउरा सकिए मात्र आगो निम्ने गरेको छ ।
करिव १ सय १८ घरधुरी रहेको सुकाढिक गाउ“मा महिला दिदी बहिनीहरुले बायूपंखी चुल्होमा भान्सा तयार गर्दै आएका छन । बायूपंखी चुल्हो प्रयोग गर्न थालेपछि परम्परागत अदाने र डिल्केने चुल्हो लोपहुदै गएको महिलाको भनाई छ ।सुकाढिक गाउ“का स्थानीयलाई बायूपंखी चुल्हो कुनै निकायले अनुदानमा दिएको होइन । आफनै लगानी बाट उक्त चुल्हो किनेर प्रयोगमा ल्याएका छन ।सिमित चुल्होको मात्र १२ सय देखि १५ सय मुल्य पर्ने र सोलार सहित गरेर ४ हजार ५ सय देखि ५ हजारमा शहर बाट खरिद लिएर घरमा जडान गरि खाना पकाउने गरेका छन ।
दाउराको अभाव र कामको ब्यस्तथाले गर्दा बायूपंखी चुल्हो प्रयोग गर्नु परेको सुकाढिक गाउ“का राजबहादुर कार्कीले भने मुल्य पनि सस्तो खाना पनि चाडो पाक्दा यो चुल्हो लोकप्रिय भएको छ ।पुरुष भन्दा महिलाले यो चुल्हो बढी मनपराउने गरेका छन । पुरुष किन्न आनाकानी गरेपनि आफनै कमाइको पैसा हालेर पनि महिला बायूपंखी चुल्हो किन्न तयार हुने पुरुषको भनाई छ । अन्य चुल्होमा एक भारी दाउरा सात दिन पु¥याउन मुश्किल हुन्छ भने बायूपंखी चुल्होमा एक भारी दाउरा दुई साता सम्म पुग्ने कलाले सुनाइन ।
दाउराको कम खपत हुने भएकोले सुर्खेत नेपालगञ्ज धनगढी राजापुर सम्म पुगेर पनि बायूपंखी चुल्हो किनेर ल्याउन थालेका छन । अन्य चुल्होको निम्ति मोटा ठूलो आकारको दाउरा खोज्नु पर्ने र बायूपंखी चुल्होको निम्ति मसिना झिजा जस्ता दाउरा पनि काम लाग्ने स्थानीयको भनाई छ । सिमित सुकाढिक गाउ“मा मात्र नभएर रिघा, आम, हयाङलु, थामलेख, रातापानी लगायत गाउ“का अधिकास महिलाहरुले पनि बायूपंखी चुल्होमा खाना पकाउने गरेका छन । गाउ“घरका महिलाहरु आधुनिक प्रबिधिकको चुल्होमा खाना पकाएर स्वच्छ र निरोगी बन्न थालेको एक अहेब टक्क डा“गरको भनाई छ ।
जमाना धेरै परिर्वतन भई सक्यो उनले भने घरमा चर्पी, शौर्य उर्जाको बत्ती र बायूपंखीको चुल्हो अब गाउ“घहरु मोडलतिर रुपान्तरण हुदै छन । जिल्लामा करिव ७ हजार घरधुरीले आधुनिक धुवा“ रहित चुल्हो प्रयोग गरेको एक तथ्याङ्कले जनाएको छ । मुगुको साबिकको कुल १० हजार घरधुरी मध्ये ७ हजार ४ सय ७ जनाले आधुनिक फलामे चुल्हो प्रयोग गरेको र बा“की २ हजार ५ सय ५३ परिवार परम्परागत चुल्हो प्रयोग गर्दै आएका छन ।
सोरु, खत्याड र कार्मारोङ्ग गाउ“पालिकामा बसोबास गर्ने स्थानीयलाई धुवा“ बाट मुक्त दिलाउने उद्येश्यले जिल्लामा कार्यरत बिभिन्न सरकारी तथा गैसस निकायले अनुदान स्वरुप आधुनिक चुल्हो उपलब्ध गराएका छन् ।जिल्लामा बढी मानव अधिकार तथा बाताबरण बिकास केन्द्रले साविकको गम्था, सेरी, रारा र कालै गाविसका १ हजार ७ सय ९ परिवारलाई अनुदानमा आधुनिक धुवा“ रहित चुल्हो दिएको छ । परम्परागत चुल्होमा महिलालाई खाना पकाउन दुःख हुने भएकोले अनुदानमा फलामे चुल्हो उपलब्ध गराइएको संस्था कार्यप्रबन्धक नबराज रावतले बताए ।
बैकल्पीक उर्जा प्रबन्र्धन केन्द्रले मुगुम कार्मारोङ गाउ“पालिकाको माग्री, मह, रिउस, पुलू, ताखा, खारी लगायत बस्तीका १ सय ३८ घरपविारलाई आधुनिक फलामे चुल्हो उपलब्ध गराएको छ । धुवा“ रहित चुल्हो प्रयोगले महिलाको स्वास्थ्यमा सुधार आएको दम रोग हट्दै गएको महिला तथा पुरुषहरुमा गोरोपन देखा परेको दाउराको भारी बोक्नु पर्ने दुख अन्त हुदै गएको मुगुम कार्मारोङ गाउपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले सुनाए । सडक यातायातको सहजताले गर्दा पहिले १३ हजार मुल्य पर्ने फलामे चुल्हो अचेत ८ हजारमा उपलब्ध हुने गरेको छ । सरकारी तथा गैससले सुर्खेत नेपालगञ्ज बुटबल बाट चुल्हो खरिद गरि ल्याएर स्थानीयलाई अनुदानमा दिने गरेका छन ।