बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • मुगुमा मानव अधिकार बर्ष पुस्तक अर्धबार्षिक समिक्षा सम्पन्न

मुगुमा मानव अधिकार बर्ष पुस्तक अर्धबार्षिक समिक्षा सम्पन्न

  • आइतवार, असार ९, २०८१
मुगुमा मानव अधिकार बर्ष पुस्तक अर्धबार्षिक समिक्षा सम्पन्न

मुगु—नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते गमगढीमा सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले २०८० मंसिर ३१ गते देखि २०८१ जेष्ठ १९ गतेसम्म सङ्कलन गरिएका १२ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।कुटपिट सम्बन्धित ४ वटा , दुर्ववहार एक ओटा, महिला हिंसाको ७ ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो ।

यो ६ महिनाको तथ्यांक अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना समाबेश भएको पाइयो ।कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्ला प्रहरी कार्यलय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै इन्सेकले मानव अधिकारमा ठुलो सहयोग पुर्याएको र जिल्ला प्रहरी कार्यलय मुगुमा परेका उजुरी राम्रोसँग विवरण नराखेको इन्सेकको गुनासो प्रति आफ्नो ध्यान आकर्षण भएको र अब आउदा दिनहरुमा सबै विवरण राख्ने कुरा स्पष्ट पार्नु भयो ।

जिल्ला नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिएका छन  स्थानिय सरकारका न्याय समितीहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको  नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले आफ्नो भनाइछ । सरकारी वकिल कार्यलय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्रीले जिल्लामा मानव अधिकारका उजुरी आफु कहाँ न आउने प्राय जिल्ला प्रहरी कार्यलयमा नै मेलमिलाप हुने जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार