मुगु—बिःस. ०७३ मा स्थानीय तह गठन भएयता सोरु गाउ“पालिकाले वार्षिक आधा अर्ब बजेट खर्च भएको छ । सोरुका अधिकांश बस्तीमा अहिले पनि पुग्न थालिका सकेका छन । पालिकाको आधारभूत पूर्वाधार निर्माणलाई बढी प्राथमिकता राखेको छ । बजेट खर्चको तुलनामा गत बर्ष देखि विकासले फड्को मार्दै गएको छ । बिकासको प्रतिक्षा गर्दै बसेका सोरुबासीको सपना पुरा हुदै जान थालेका छन ।
सोरु—६ सोरुकोट दलितबाडाका ५२ वर्षीय धनलाल लुवार सोच्छन्, जिल्ला सदरमुकाम गमगढीसम्म जतिबेला पनि गाडी चल्ने सडक, पालिकामै औषधि उपचार गुणस्तरीय पढाई बैंीकङ सेवा छोराछोरी पढ्ने आवासीय विद्यालय होस । यो सपना धनलाल एक्लाको होइन सोरु गाउपालिका भित्रका १२ हजार स्थानीयको सपना साकार बिन्दुमा पुग्न थालेको छ । सोरु गाउ“पालिका बासिन्दाले ०७४ असारमा स्थानीय तहमा पहिलो पटक जनप्रतिनिधि चयन हु“दा विकासका सपना पूरा हुने सोचेका थिए । त्यो सपना बिस्तारै पुरा हुदै जान थालेपछि मुहार उज्यालिन थालेका छन ।बिकास निर्माणले गति लिन नसकेको सोरु गाउपालिकामा गत बर्ष देखि बिकास निर्माणले गति लिन थालेपछि स्थानीय खुशी हुन थालेका छन । बल्ल स्थानीयले गाउ“मा सरकार आएको महसुस गर्न थालेका छन । सोरु गाउपालिकामा बिकासले गति लिन थालेको सोरु गाउपालिका ४ का अर्जुन बुढाले सुनाए । गाउ“ गाउ“मा गाडी पुग्न थाले बिकास निर्माणले गति लिन थालेको उनको भनाई छ ।
सोरु गाउँपालिकाको सोरुको समृद्धिको लागि रैथाने बाली पूर्बाधार सुशासन भन्ने मुलनारामै बजेट केन्द्रीत गरेर बिकास निर्माणमा जोड दिन थालेको छ । पहिलो कार्यकालका जनप्रतिनिधिहरुले कुनै गतिलो बिकास निर्माणका काम नै नगरि ५ बर्ष बिताए । उक्त ५ बर्षे कार्यकालमा तारापानी देखि सोरुकोट सम्म १९ किमी सडक निर्माण सिमित रहयो । अन्य कुनै बिकासका काम देखिएनन । दोश्रो कार्यकालका निर्बाचित जनप्रतिनिधिहरु सोरुको समृद्धिलाई प्राथमिकता दिन थालेका छन । स्थानीयतह संचालन भएपछि अझै बिकासले गति लिन नसकेको जनगुनासा बढन थालेपछि अहिलेका पालिका अध्यक्ष धर्मबहादुर शाही उपाध्यक्ष केसरबहादुर शाही प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले बिकास केन्द्रीत बजेटमा प्राथमिकता दिन थालेका छन । जहा“ लगानी त्यहा“ प्रतिफल र उपलब्धी होस भन्ने हिसावले बजेट लाई प्राथमिकता दिएर बिनियोजना गर्ने गरिएको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले भने अब हाम्रो पालामा पनि बिकासले गति लिएन भने कहिले लिने । बिकास निर्माण संगै योजना अनुगमनलाई पनि उत्तिकै कडाई चुस्त दुरुस्तै पारिएको उनको भनाई छ । भ्रष्टचार रोक्न र उपभोक्ता समिति बन्न हानथाप गर्ने बानीको अन्त्य गर्न गत बर्ष देखि योजनाका कामदारको ज्याला बैंक खातामै जम्मा गर्ने निर्णय गरिएको उपाध्यक्षको भनाई छ ।
अहिले १४ औं गाउ“सभामा आर्थिक बर्ष २०८१ ÷०८२ को लागि ५३ करोड ५१ लाख २ हजार ९६ बजेट प्रस्ताव गरिएको उपाध्यक्षको भनाई छ । अघिल्लो बर्षको तुलनामा यो पटक झण्डै ८ करोड बजेट बढी प्रस्ताव गरिएको छ । आगामी चालु आर्थिक बर्षको बजेटमा शिक्षा स्वास्थ्य पूर्बाधार निर्माण कार्यलाई प्रमुख बिन्दु बनाइएको छ । वडा केन्द्र बजेट लक्षित गरि पूर्बाधार निर्माण जोड दिइएको छ । सोरुको समृद्धि भन्ने नारा सहित बजेट निर्माणमा प्राथमिकता दिइएको सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । दुई बर्षको अबधिमा हामीले धेरै परिवर्तनका काम गरि सक्यो अध्यक्ष शाहीले भने हाम्रा कार्यकाल सकिदा सम्म बिकास निर्माण पनि पुरा हुन्छ । भूगोल बिकट जनचेतना अभावको बाबजुत बिकास निर्माणलाई तिब्र गतिले अघि बढाइएको अध्यक्षको भनाई छ । प्राय बस्तीमा मोटर बाटो पुगि सक्यो बा“की रहेका बस्तीमा एक बर्ष भित्र मोटर बाटो बिस्ता गर्ने उदेश्य रहेको अध्यक्ष शाही भन्छन सबै वडा कार्यकाल निर्माण हुदैछन, स्कुल स्वास्थ्य केन्द्र भवन पनि बन्दैछन । लिब्रु सडक पुगिसक्यो अध्यक्षले सुनाए । शिक्षा, स्वास्थ्य, महिला शक्तिकरण, वडा भित्रका बस्तीस्तरमा सडक खन्न बजेट प्राथमिकता दिइएको पालिकाले जनाए । पालिका अन्त्र्रगत स्थानीय पूर्बाधार सहयोग कार्यक्रम तर्फको करिव ८ करोड बजेट पातीहाल्ना देखि तारापानी, जिमा, पुरुमुरु बन्जाह सोरुकोट हुदै गुल्मा जोडने सडक स्तरउन्नतीका काम अघि बढाएको छ ।
अस्थायी पालिका स्थानीय बन्दै
सोरु गाउ“पालिका स्थापना भएको सात वर्षसम्म केन्द्र निर्धारण हुन सकेको थिएन यो पटकको १४ औं गाउ“सभामा पालिका केन्द्र सोरुकोटमा स्थायी गर्ने तयारी गरिएको छ जनप्रतिनिधिको दोस्रो कार्यकाल पनि अस्थायी केन्द्रमै बित्ने अवस्था छ । जनप्रतिनिधि बीच मतैक्य नहु“दा पालिकाको केन्द्र तोकेर स्थायी संरचना बनाउने कठिनाई भइरहेको अबस्थामा १४ औं गाउ“सभामा पालिका केन्द्र निर्धारण गर्ने प्रमुख एजेण्डा रहेको पालिकाका अध्यक्षको भनाई छ । अध्यक्ष धर्मबहादुर शाहीले पालिका केन्द्र निर्मधारणको लागि हरेक पटक कार्यपालिकाको बैठकमा एजेण्डा राख्ने बिबादले टुंगो नलागेको पालिका केन्द्र यो पटक टुंगो लाग्ने लगभग निश्चित भएको छ ।
जनप्रतिनिधिहरुको राय नमिल्दा छलफल निष्कर्षविहीन हु“दै आएको बताउ“छन् । साढे ६ बर्षसम्म पालिका केन्द्र निर्धारणमा जनप्रतिनिधि उदासीन बनेको सोरुकोटका उनबहादुर शाहीको भनाई छ । पालिका केन्द्र निर्धारण नहु“दा जग्गा खरिददेखि भवन निर्माण कार्य अलपत्र परेको छ ।
शिक्षामा अझै जोखिम
पालिकाभित्र ८ वटा माध्यमिक विद्यालयसहित ३९ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा पनि पूर्वाधारको अभावले विद्यार्थीलाई पढ्न गाह्रो भएको छ । एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर शिक्षकले पढाउने गरेका छन् । विषयगत शिक्षक र कक्षाकोठाको अभावले गाउ“पालिकामा शैक्षिकस्तर खस्कदो अवस्था छ । सोरुको साक्षरता दर ६२ प्रतिशत रहेको छ ।
अस्पताल संचालनको तयारी
करिब १२ हजार जनसंख्या रहेको सोरु गाउ“पालिकामा अहिलेसम्म चिकित्सक बस्ने अस्पताल छैन । सोरुलाई लक्षित गरि ५ वर्षअघि शिलन्यास गरिएको तारापानीमा १० शैयाको अस्पताल संचालनमा ल्याउने तयारी गरिएको छ । संघीय सरकारबाट करिब ११ करोड लागतमा निमाणाधीन उक्त अस्पताल तल्लो तलमा ढलान भई माथिल्लो तल निर्माण प्रकृयामै रहेको अबस्था छिटो काम पुरा गरि अस्पताल संचालन गर्न लागिएको छ । तारापानीमा निमार्णाधिन अस्पताल छिटै संचालनमा ल्याउने तयारीमा हौ पालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । जिल्लाका चार वटा स्थानीय तह मध्ये सोरुमा अस्पताल नहु“दा बिरामी भिडियो एक्सरे, रगत परीक्षण गर्न जिल्ला अस्पताल पुग्ने गरेका छन् ।
गाउ बस्तीमा सडक पुग्दै
सोरु गाउ“पालिकाभित्रका ५५ वटा बस्तीका अधिकास बस्ती सडकले छोएको छ र नपुगेका बस्तीमा सडक निर्माण कार्यलाई बिशेष प्राथमिकता दिइएको छ । सोरुका ५५ वटा बस्ती मध्ये आ“सीधारा, कच्चे, तारापानी, सिप, कालै, वारिधैन, पुरुमुरु, जिमा, बन्जाहा, सोरुकोट, जडेपानी, धुपी, जवलधारा, नार्थपु, गहताडी र लिब्रु लगायत बस्तीमा सडक पुगि सकेको छ । बिकट नेर गाउ“मा मोटर पुरयाउन नेरघाटमा बेलिब्रिज निर्माण कार्य अघि बढाइएको । अबको एक बर्ष भित्र पालिका भित्र सबै बस्तीमा सडक पुग्ने अध्यक्षको भनाई छ ।
बिद्युतको समस्या
सोरु गाउ“पालिकाका भने बिद्युतीकरणको जटिल समस्या छ । समस्या समधानको लागि पालिकाले सोच बनाए पछि कार्यन्वयनमा चुनौती देखिएको छ । सोरुका ५५ बस्ती मध्ये ५२ बस्ती अझै सोलार दियालोको भरमा निर्भर छ । सोरुकोट, बन्जाहा गाउँमा पालिकाले शौर्य उर्जा बाट बत्ती बालेको छ । यो बर्ष देखि भीईमा पनि शौर्य उर्जा प्रबिधि बाट बत्ती बाल्न टेण्डर प्रकृया अघि बढेको वडाअध्ष्क्ष सिहबहादुर धामीले बताए । पानीको स्रोत भएको लिब्रु गाउ“मा अहिलेसम्म कुनै पनि निकायले बत्ती बाल्न सकेको छैन ।
सञ्चारको पहु“च बढदै
सोरु गाउ“पालिकाको नेर, ताजा गाउ“मा वडा कार्यालयमा इन्टरनेट सेवा सुुचारु गरि स्थानीयलाई संचारमा पहु“च बिस्तार गरिएको छ । पालिकाको बिकट मानिएको नेर, ताजा“ गाउ“मा पनि इन्टरनेट चल्ने भएको छ । सोरु गाउ“पालिकाको केही बस्ती बाहेक प्राय सबै बस्तीमा मोवाइल नेटवर्कले काम गर्ने गरेको छ । अधिकास वडास्तरमा इन्टरनेत सेवा पनि बिस्तार गरिएको छ ।
सोरु गाउ“पालिकामा पहिले भन्दा अहिले धेरै सुधार हुदै गएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीको भनाई छ । प्रमुख प्रशासकिय अधिकृत शाहीका अनुसार बिकास निर्माणमा बजेट बढी भएपनि प्रशासनिक कामकाजमा बजेट कमले गर्दा कामकाज गर्न अलि अप्ठेरा हुने गरेको छ ।
अख्तियारका कारण सोरुमा बिकास गर्ने भन्दा बिकास खानेको संख्यामा कमी आएको उनको भनाई छ । उनले भने अझै समुदायको जनचेतना बृद्धि बिकास भएको छैन । अहिलेका जनप्रतिनिधिहरु केही बिकास गरौ समुदाय परिर्वतन गरौ भन्ने सोचमा छन प्रमुख प्रशासकिय अधिकृत शाहीले भने यो कार्यकालमा सोरुमा बिकासले फड्को मार्नु पर्छ ।
बिकासमा हातेमालो गरौं
मुगु जिल्ला बाट निर्बाचित संघीय सांसद ऐनबहादुर शाही र प्रदेश सभासद मंगलबहादुर शाहीले सोरु समृद्धिको लागि बिकास निर्माणमा हातेमालो गरि अघि बढनु पर्ने बताएका छन । सोरुको १४ औं गाउ“सभा उदघाटन गर्दे द्धोय शाहीले सोरुको बिकासको निम्ति स्थानीयतह, प्रदेश र संघका जनप्रतिनिधिहरुले हातेमालो गरेर बजेट ल्याउन र बिकास गर्न आबश्यक देखिएको बताएका छन । आफू पनि ुसोरु गाउ“पालिकाबासी भएकोले हाम्रो पालामा सोरुको बिकास नभए कहिले हुने उदघाटन कार्यक्रममा प्रश्न गर्दै संघीय सांसद शाहीले भने बिकास निर्माणमा वडाअध्यक्ष देखि संघीय सांसद सम्मको महत्वपूर्ण जिम्मेवारी छ ।साविकको कर्णालीका बजेट दिन सरकारले कन्जुस्याई गरि रहेको प्रदेश सभासद मंगलबहादुर शाहीले भने जहा“ बाट जति बजेट आउछ प्रतिफल देखिने गरि बिकास गरौ । संघीउ सांसद र प्रदेश सभासद सोरु पालिका भित्रकै भएकोले सोरुबासी ठूलो बिकासको अपेक्षा गरि रहेको प्रदेशसभासद शाहीले बताए ।