मुगु—मुगु जिल्लामा यो चालु आर्थिक बर्षमा ८ हजार ६ सय क्विन्टल खाद्यन्न ढुवानी भएको छ ।
कुल बार्षिक स्वीकृत खँद्यन्न कोटा १० हजार २ सय ५० स्क्विटल मध्ये अहिले सम्म ८ हजार ६ सय क्विन्टल खँद्यन्न सतही मार्ग बाट ढुवानी भइसकेको खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिडेटका प्रमुख राजबहादुर राइले बताए । यो चालु आर्थिक बर्षको अब करिव २ हजार क्विन्टल मात्र ढुवानी हुन बा“की रहेको उनको भनाई छ ।
खत्याड श्रीकोट खाद्य डिपोमा यो चालु आर्थिक बर्षको कुल खाद्यन्न कोटा २ हजार क्विन्टल मध्ये १५ सय क्विन्टल ढुवानी भएको र सोरुकोट खाद्य डिपोमा २ हजार खाद्यन्न स्वीकृत कोटा मध्ये सुर्खेत बाट १ र गमगढी बाट ३ सय क्विन्टल ढुवानी भएको पुल खाद्य डिपोमा १५ सय क्विन्टल मध्ये ३ सय क्विन्टल मात्र ढुवानी भएको खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिडेटले जानकारी गराएको छ ।
कालै बिक्री केन्द्र बार्षिक स्वीकृत कोटा १ हजार ७ सय मध्ये सुर्खेत बाट १ सय क्विन्टल र गमगढी बाट १ सय ३४ क्विन्टल ढुवानी भएको र त्यसै गरि खत्याड रातापानी बिक्री केन्द्रमा कुल स्वीकृत खाद्य कोट ७ सय ५० मध्ये ७ सय १० क्विन्टल खाद्यन्न गरिएको छ । गमगढी स्थित लिमिडेटको मुख्य गोदाममा २४ सय क्विन्टल खाद्यन्न बिक्री बितरण हुन बा“की रहेको लिमिडेटका प्रमुख राईको भनाई छ ।प्रमुख राईका अनुसार जिल्लामा देखा परेको खडेरीले निम्त्याउन सक्ने भोकमरीलाई मध्येनजर गरि ३५ सय क्विन्टल थप माग गरिएको र ढुवानीको निम्ति पहल भइरहेको छ । माग गरिएको खाद्यन्न कोटा ढुवानी भएको खण्डमा आगामी चालु आर्थिक बर्षको खँद्यन्न कोटा स्वीकृत नहु“दा सम्म प्रयाप्त मात्र पुग्ने लिमिडेटले जनाएको छ । मुगु जिल्लाको लागि नेपालगञ्ज, सुर्खेत, धनगढी, राजापुर देखि सतही मार्ग बाट खाद्यन्न ढुवानी हुने गरेको छ । सुर्खेत देखि गमगढी सम्म प्रति क्विन्टल ९ सय ३१, बर्दिया राजापुर देखि गमगढी सम्म प्रति क्विन्टल १ हजार नेपालगञ्ज देखि गमगढी सम्म प्रति क्विन्टल १ हजार ४८ धनगढी देखि गमगढी सम्म प्रति क्विन्टल ११ सय ७८ मा खाद्यन्न ढुवानी गरिदै आएको छ ।