मुगु—जिल्लाका सोरु गाउ“पालिकाको १४ औं गाउ“सभामा सोरुको समृद्धिको लागि रैथाने बाली प्रर्बधन सुशासन र पूर्बाधार निर्माण नीतिगत रुपमा बिशेष प्राथमिकता दिइएको छ । सोरु गाउ“पालिकामा आर्थिक बर्ष २०८१÷०८२ को लागि ५३ करोड ५१ लाख २ हजार ९६ रुपैया“ बजेट प्रस्ताव गर्दै सुशसान पूर्बाधार र रैथाने बाली प्रर्बधन कार्यक्रमलाई बिशेष रुपमा प्राथमिकता दिइएको छ । १४ औं गाउ“सभाले सुशासन पूर्बाधार र रैथाने बाली प्रर्बद्धन कार्यक्रमलाई बजेटमा प्राथमिता दिइएको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । एक बर्ष भित्र सबै वडाका बस्तीमा सडक जोडने वडा कार्यालयस्तरका भौतिक संरचना निर्माणमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रम प्रस्तुत गरेका छन ।
नीति तथा कार्यक्रममा ११ वटै वडातहका बस्तीस्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ग्रामिण बिद्युतीकरण, बिद्यालय भवन निर्माण, सबै वडातह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको बिशेष महत्व दिइएको गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । उनले भने पालिका भित्र आवासिय बिद्यालय संचालन तारापानीमा निमार्णाधिन १० शैया अस्पताल संचालन नीति तथा कार्यक्रममा समाबेश गरिएको छ । गाउ“पालिकाकालाई कर्णाली करिडोरमा जोडन गुल्मा कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरण पुगेको र यो चालु आर्थिक बर्ष भित्रै काम सम्पन्न गरि सवारी साधन संचालन गर्ने लक्ष्य राखिएको अध्यक्षको भनाई छ । नीति तथा कार्यक्रममा ग्रामिण पर्यटन प्रर्बधनलाई जोड, यस गाउ“पालिका भित्र पुरातात्विक महत्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भीई गुरामन्दिर लगायत जीर्णेद्धार, जिमा कुलाहा“ तातोपानीलाई पर्यटकियस्थलमा बिकास गर्न बिशेष जोेड दिइएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले जनाए । पालिकाले खेलकुद क्षेत्रको प्रर्बद्धन र बिकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ ।
पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण बिरामीका निम्ति एम्बुलेन्स संचालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा आर्थिक बर्ष २०८१÷०८२ को लागि ४१ करोड ६९ लाख ७० हजार ६ सय १० रुपैया“ प्रस्ताव बजेट प्रस्ताव गर्दै सुशासन पूर्बाधार निर्माणमा प्राथमिकत दिइएको छ
गाउँपालिकाको १४ औं बजेट गाउ“सभामा उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष छिरिङ फुटिक लामाले आर्थिक बर्ष २०८१÷०८२ को लागि कुल ४१ करोड ६९ लाख ७० हजार ६ सय १० रुपैया“ बजेट प्रस्तुत गरेकी छन ।
उक्त कुल बजेट मध्ये चालु तर्फ २४ करोड १२ लाख ६३ हजार र पूजीगत तर्फ १७ करोड ५७ लाख ७ हजार ६ सय १० रुपैया“ उपाध्यक्ष छिरिङ फुटिकले जानकारी गराइन । मुगुम कार्मारोङ पालिकाको आन्तरिक श्रोतमा ८८ लाख बजेट प्रस्तुत गरिएको छ । ्१४ औं गाउ“सभाको नीति तथा कार्यक्रममा पूर्बाधार निर्माण सुशासन कार्यक्रमलाई बजेटमा पहिलो प्राथमिकता दिइएको गाउपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । खत्याड गाउपालिकाको १६ औं गाउसभामा ६३ करोड ६७ लाख ४ हजार बजेट प्रस्तुत गरिएको गाउ“पालिकाकी उपाध्यक्ष सरिता रोकायालाई बताइन । बजेटमा कृषि,शिक्षा स्वास्थ्य कार्यक्रमलाई बिशेष प्राथमिकता दिइएको गाउपालिकाका उपाध्यक्ष अजबहादुर शाहीको भनाई ।खत्याड गाउपालिकाले पनि रैथाने बाली प्रर्बधनमा प्राथमिकता दिएको छ ।