मुगु–मुगु जिल्ला स्थित एक मात्र छायानाथ रारा नगरपालिको एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिएको छ । नगरपालिकाले १५ औं नगरसभामा आर्थिक बर्ष २०८०÷२०८१ को नीति तथा कार्यक्रममा एक घर एक धारालाई समाबेश गरि बजेटमा प्राथमिता दिएको छ ।
नगरबासी भित्र ८७ वटा बस्तीलाई शुद्ध तथा स्वच्छ खानीपानी उपलब्ध गराउने उदेश्य अनुरुप एक घर एक पानीको धारो कार्यक्रमलाई नीति तथा कार्यक्रममा समाबेश गरिएको नगर प्रमुख बिष्णु कुमार भामले बताए । नीति तथा कार्यक्रममा सिमित एक घर एक धारो मात्र नगर कर्णाली खोला सम्म बेलिब्रिज बिद्यालय भवन खेलमैदान निर्माणलाई पनि बिशेष प्राथमिकता दिएको उनको भनाई छ ।
नगरपालिकाले बुधबार आर्थिक बर्ष २०८०÷२०८१ को लागि ६० करोड २६ लाख ७१ हजार बजेट सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको कुल बजेट मध्ये प्रदेश सरकार बाट समानिकरण तर्फ १ करोड ४१ लाख राजश्व बा“डफा“ड तर्फ २७ लाख ४७ हजार शर्सत अनुदान तर्फ ४ करोड ८८ लाख ३३ हजार त्यसै गरि संघीय सरकार समानिकरण तर्फ ११ करोड ७९ लाख राजश्व बा“डफा“ड तर्फ ११ करोड २३ लाख सर्शत अनुदान तर्फ २७ करोड ६० लाख बजेट सार्बजनिक गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा १ करोड ५० लाख राजश्व उठाउने लक्ष्य राखेको नगर उपप्रमुख एैेश्वर्य मल्ल शाहीले बताइन । पूजीगत तर्फ ३१ करोड १४ लाख ३० हजार र चालु तर्फ २९ करोड ११ लाख ७० हजार बजेट रहेको नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्ल शाहीले बताइन । उनका अनुसार नगरपालिका भित्र जीर्ण अबस्था रहेका बिद्यालयलाई मर्मत तथा नया“ निर्माण गर्न १ करोड ९७ लाख बिनियोजन गरिएको छ ।