मुगु—मुगु जिल्लामा बर्षा सुरु भएपछि किसान उत्साहित भएका छन । जिल्लाको चार वटै स्थानीयतहमा बर्षा सुरु भएपछि किसान उत्साहित भएका हुन ।
लामो खडेरीले उकुसमुकुस भएका किसान केही दिन यता देखि आकासमा बादल आएर झरी पर्न थालेपछि किसानहरु अन्नबाली रोप्न खेतबारीमा दौडधुप गर्न थालेका छन । लामो समय पछि बल्ल बर्षा सुरु भयो खत्याड गाउ“पालिका सुकाढिक गाउ“का राजबहादुर कार्कीले भने खेतबारी ओसिलो देखियो अन्नबाली रोप्नु प¥यो ।
आकास बाट पानी नपर्दा कहिले अन्नबाली लगाउने भनेर उकुसमुकुस भएका थियौ उनले भने तीन चार दिन भयो हल्का पानी पर्न सुरु गरेको छ । असार लागि सक्दा पनि बर्षा नहु“दा चिन्तित भएका किसान बर्षा सुरु हुन थालेपछि बिहान देखि सा“झसम्म खेतबारीमै ब्यस्त देखिन थालेका छन । बर्षा नहु“दा फुसर्दिला थियो छाया“नाथ रारा नगरपालिकाका पिना गाउ“का लक्ष्मी बमले भनिन पानी पर्न थालेपछि अन्नबारी लगाउन दौडधुप गर्नु परेको छ । कोदो, कागुनो, सिमी, फापर, आलु, रोप्न भ्याईनभ्याई हुन थालेको उनको भनाई छ । खडेरीले जलेका बनपाखा र सुक्न थालेका बोटबिरुवा बर्षा सुरु हुन थालेपछि हरियो देखिन थालेका छन ।
यो बर्षको लामो खडेरीले हाम्रो खोलाको पानी सुक्दा रोपाई गर्न बाधा भयो सोरु गाउ“पालिका फोतु गाउ“ अकबहादुर बुढाले सुनाए । बुढाका अनुसार खडेरीले कार्तिके अन्नबाली लगाउन सकिदैन भने पीर लागेको थियो अब बर्षा सुरु भयो आसा पलायो ।सोरु र मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीय बढी खडेरीको मारमा परेका छन । उक्त क्षेत्रमा सिचाईको सुबिधा नहु“दा आकासे पानीको भरमा अन्नबाली लगाउनु पर्ने अबस्थाले मर्कामा परेका छन । बर्षा सुरु भएपछि खेतीपातीमा निर्भर किसान उत्साहित देखिएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीले बताए । किसानको लागि बर्षा अमृत सरहनै भएकोले समयमा पानी परेन भने किसानका खेतबारी बा“झै रहने उनको भनाई छ । धान बाली भन्दा कोदो, कागुनो, सिमी, आलु उत्पादन पाखो जमिनमा बढी हुने र बर्षा नहु“दा किसानलाई लगाउन बाधा हुने कृषि कार्यालय प्रमुखको भनाई छ । मुगुमा कुल खेतीयोग्य जमिन १३ हजार १ सय ३८ हेक्टर छ ।