बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • मुगु दलित बस्तीमा एक घर एक धारा

मुगु दलित बस्तीमा एक घर एक धारा

  • बुधबार, असार १९, २०८१
मुगु दलित बस्तीमा एक घर एक धारा

मुगु—मुगु जिल्ला स्थित छाया“नाथ रारा नगरपालिका ८ दलित चुंगा बस्तीमा एक घर एक पानीका धारा निर्माण गरिएको छ ।करिव २८ घरधुरी १ सय ५० जनसख्या रहेको उक्त चुगाँ गाउ“ ददित परिवारलाई पनि संकट बाट मुक्त गरि स्वच्छ सफा खानेपानी उपलब्ध गराउने उदेश्य अनुसार एक घर एक धारा निर्माण गरिएको हो । चुंगा बस्ती रारा राष्ट्रिय निकुञ्ज अन्त्र्रगत मध्यवर्ती क्षेत्र भित्र पर्ने गरेको छ
यूएसआइडी.कर्णाली जल परियोजनाकोे आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज बिकास केन्दको प्राविधिक सहयोगमा चुंगा दलित बस्तीमा एक घर एक धारा निर्माण गरिएको छाया“नाथ रारा नगरपालिकाका प्रमुख बिष्णु कुमार भामले जानकारी दिए ।

नगरपालिको ४ लाख ९२ हजार, यूएसआइडी कर्णाली जल परियोजनाको १० लाख ९५ हजार स्थानीयको श्रमदान सहित कुल १९ लाख ७२ हजार लागतमा २८ दलित परिवार र एक बिद्यालयमा खानेपानीका धारा निर्माण गरिएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रका कार्यक्रम ब्यबस्थापक शिबचन्द्र कार्कीले बताए ।

खानेपानीको अभावले खोलाको,कुवाको पानी खानु पर्ने बाध्यता बाट चुंगा गाउ“का दलित परिवारले मुक्ति पाएका छन । दलित परिवार खुशी भएका छन । नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानि घरघरमा पु¥याउने लक्ष्यका साथ छायाँनाथ रारा नगरपालिकाले विभिन्न संहयोगी सस्ंथाहरुको समन्वयमा एक घर एक धारा निमार्णको थालनी गरेको छ । नगरपालिका भित्रका ८७ बस्तीमा तीन बर्ष देखि एक घर एक धारा निमार्ण प्रति बर्ष १५ देखि २० बस्ती समेटिने गरी घर घरमा धारा निमार्ण गरीएका् नगर प्रमुख भामको भनाई छ ,।

चर्चामा

सम्बन्धित समाचार