मुगु— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले असार २८ गते विश्वास मत लिने भएका छन्।प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ, प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।नेकपा ९एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।