मुगु—हिमाली जिल्ला डोल्पा, मुगु र हुम्लामा बर्षाले गर्दा हवाई सेवा उडानमा अबरुद्ध भएको छ ।एक साता अघि देखि मौसममा बदलिई भई निरन्तर बर्षा हुन थालेपछि डोल्पा,मुगु र हुम्लाको लागि नेपालगञ्ज देखि उडान हुने हवाई सेवा अबरुद्ध भएको छ ,। निरन्तर बर्षा हुन थालेपछि तीन दिन देखि नेपालगञ्ज बाट हवाई उडान नभएको रारा हवाई नागरिक उडडयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनु भयो ।
बर्षाले गर्दा हवाई उडान बन्द भएपछि मुगु देखि नेपालगञ्ज, सुर्खेत, काठमाडौ तर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेत बाट मुगुतिर आउने यात्रु बिमानस्थलमै रोकिनु पर्ने अबस्था उत्पन्न भएको उनको भनाई छ । मौसम सफा नभए सम्म हवाई उडान हुन नसक्ने रारा हवाई उडडयन प्राधिकरणका प्रमुख रिमालको भनाई छ ।
झरीले मुगुको हवाई सेवा अबरुद्ध भएपछि यात्रुहरु जोखिम मलेर कर्णाली राजमार्ग बाट आउजाउ गर्न बाध्य भएका छन । बर्षाले जहाज अबरुद्ध हुदा सडक यात्रा गर्नु परेको यात्रुको भनाई छ । हिमाली जिल्ला हुम्लामा पनि बर्षाले गर्दा तीन दिन देखि हवाई सेवा अबरुद्ध भएको छ । खराव मौसमका कारण बुधबार देखि हवाई सेवा अबरुद्ध भएको नागरिक हवाई उडडयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिहले जानकारी गराए । हुम्लामा तीन दिन देखि हवाई सेवा अबरुद्ध भएपछि नेपालगञ्ज सुर्खेत काठमाडौ जाने यात्रु र तराई बाट हुम्लातिर आउने यात्रुलाई कठिनाई परेको छ । हिमाली जिल्ला हुम्ला र मुगु नेपालगञ्ज देखि उडान गर्दै आएका तारा, समिट र सिता एयरलाइन्सहरु मौसम खरावले उडान प्रभावित बनेको छ ।