मुगु—जिल्ला प्रशासन कार्यालयले बर्षाको बेला मनसुनजन्य बिपत्त आइलाग्ने र राहात तथा उद्धारको लागि समस्या हुने भन्दै सरकारी कार्यालय प्रमुख तथा कर्मचारीलाई कार्यालय नछोडन निर्देशन गरिएको छ ।असार समँन्त लगतै सम्पूर्ण कार्यालय प्रमुख तथा कर्मचारी मन्त्रालयमा बजेट निकास बार्षिक प्रगति प्रतिबेदन पेश जस्ता कारण देखाउदै जिल्ला बाहिरिने र बर्षाले बाढी पहिरो धनजन क्षेति गरि उद्धार र राहातमा जटिल समस्या निम्तिने हुन सक्ने भएकोले बिषयगत सरकारी कार्यालय प्रमुख यो बेला जिल्ला नछोडन निर्देशन गरिएको छ ।बर्षाको बेला बिषयगत सरकारी कार्यालय खानेपानी, स्वास्थ्य, टेलिकम, पूर्बाधार बिकास, बन, बिद्युत, लगायत कार्यालयका प्रमुख तथा कर्मचारीलाई जिल्ला नछाडन र राहात सहित बिपत्तको पूर्ब तयारी अबस्था रहन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकरी टोपेन्द्र केसीले जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी केसीका अनुसार असार मसान्त सकेर सबै सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी बाहिरिने र बर्षाले निम्त्याएको बिपत्तमा उद्धार तथा राहात कठिनाई हुने भएकोले कर्मचारीलाई कार्यालउमै बस्न निर्देशन गरिएको हो । भीषण बर्षा संगै बाढी पहिरोले निम्ति सक्ने जोखिमलाई मध्येनजर गरि जिल्ला प्रशासन कार्यालयले मनसुन पूर्ब तयारी तथा प्रतिकार योजना समेत लागु गरेको छ ।मनसुनजन्यले ल्याउने बिपत्तको उद्धारको नेपाली सेना, नेपाल शसस्त्र प्रहरी बल र नेपाल प्रहरी गरि करिव डेढ सय तालिम प्राप्त सुरक्षाकर्मी औजार सहित तयारी अबस्था राखिएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
यो बर्षको बाढी पहिरो बाट मुगुमा करिव ५० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आकल गरिएको छ । तत्काल बिपत्त परिवारलाई राहातको लागि १३ सय क्विन्टल खाद्यन्न र ७ लाख १९ हजार रकम दैबिप प्रकोष उद्धार कोषमा जगेडा राखिएको प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ । जिल्लामा संचालित ६ वटा एम्बुलेन्सलाई बिग्रिएको अबस्था भएको खण्डमा मर्मत तथा सम्भार गरि दैबिक प्रकोप उद्धारको लागि तयारी अबस्थमा रहन प्रशासन कार्यालयले निर्देशन गरेको छ । जिल्लामा चार दिन यता देखि लगातार भीषण बर्षा हुन थालेको छ ।