मुगु —अबिरल बर्षातले अबरुद्ध भएको कर्णाली राजमार्ग पा“च दिन देखि एकतर्फी सुचारु भएको छ ।अबिरल बर्षाले पहिरो खसेर पा“च दिन देखि कर्णाली राजमार्ग मेसिन लगाएर पहिरो ढुंगा पन्छाए पछि मंगलबार दिउसो सवा दुई बजेट बाट एक तर्फी सुचारु भएको सडक भिडिजन प्रमुख चेतन कुमार मण्डलले जानकारी गराए ।एकतर्फी सडक सुचारु भएपछि बीच बाटोमा रोकिएका सवारी साधन गन्त्ब्य तर्फ चल्न सुरु गरेको उनको भनाई छ । सडक खुलेपछि सुर्खेत नेपालगञ्ज देदि मुगु, जुम्ला, कालिकोट तर्फ जाने र कालिकोट, जुम्ला, मुगु बाट सुर्खेत नेपालगञ्ज तर्फ तिर चल्न सुरु गरेका छन ।
गत शुक्रबार देखि अबिरल बर्षाका कारण कालिकोट सडक खण्ड अन्त्र्रगत हुल्म र गगनेखोलामा माथि बाट ठूल्ठूला बोल्डर ढुंगा खसेर सडक अबरुद्ध हुन गएको सडक डिभिजन कार्यालयले जनाएको छ । मंगलबार देखि मौसममा सुधार आएपछि कर्णालीको हवाई सेवा देखि सडक यातायात सुचारु भएपछि यात्रुलाई सहज भएको छ ।
फोटो सौजन्य दान बुढा