मुगु—प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो। शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसे। प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ।