काठमाडौं —बन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले देशको अन्योल र अस्थिरतालाई चिर्न कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताउनु भएको छ । शनिबार रिपोर्टस क्लव नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै हालमा देशमा देखिएको राजनीतिक अन्योलता र अस्थिरतालाई चिर्न कांग्रेस एमाले लगायत अन्य साना दलको बहुमत सरकार बनेको मन्त्री शाहीको भनाई छ ।
८४ सम्म यही गठबन्धन सरकार अगाडी बढने उहाको भनाई छ । सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको मन्त्रीले बताउनु भयो साथै, कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताए । मन्त्री शाहीले सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नरहेको बताए । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।