बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री ओलीलाई दुई तिहाइ बिश्वास मत प्राप्त हुन्छ ः मन्त्री शाही

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ बिश्वास मत प्राप्त हुन्छ ः मन्त्री शाही

  • आइतवार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीलाई दुई तिहाइ बिश्वास मत प्राप्त हुन्छ ः मन्त्री शाही

काठमाडौ—बन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले प्रधानमन्त्री ओलीले आज दुई तिहाई मत प्राप्त गर्ने बताउनु भएको छ । रिपोर्टस क्लव नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शाहीले सरकारले दुई तिहाई बिश्वासको मत पाउने बताउनु भएको छ । एमाले संसदीय दलका नेता ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । उनले ६३ मत मात्रै पाएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो ।कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपा र नागरिक उन्मुक्तिका ४–४ र २ स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुई-तिहाइभन्दा बढी मत हो ।

अन्योल र अस्थिरतालाई चिर्न कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको मन्त्री शाहीले भने यो सरकारले पूर्ण रुपमा स्थायित्व दिन्छ । ‘दुईवटा पार्टीको विशेष पहलबाट लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । बरु यो सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य हो,’– मन्त्री शाहीले बताउनु भयो । अग्रगतिमा लैजाने दाबी गरे । माओवादी, कांग्रेस, एमालेलगायतका दलहरुले लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान गरेको स्मरण गराउँदै मन्त्री शाहीले पछिल्लो समयमा ३र३ महिनामा सरकार परिवर्तन भइरहँदा जनतामा निराशा बढेको बताए । उनले सरकार अस्थिर हुँदा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको बताए ।

चर्चामा

सम्बन्धित समाचार