
काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही र गणतन्त्र कोरियाका राजदूत बीच शिष्टचार भेट भएको छ ।
शुक्रबार मन्त्रालयमा गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क टेइयंग र वन मन्त्री शाही बीच शिष्टचार भेट भएको स्वकीय सचिव लेक बिक्रम शाहले जानकारी गराए
सन १९७४ कोरिया र नेपाल बीच सम्बन्ध कायम रहेको अझै दुई देश बीचको सम्बन्ध मजबुद बनाउन कोरिया सरकार तयार रहेको शाहको भनाई छ ।
कार्बन ब्यापार प्रति नेपाल सरकारले देखाएको चासो प्रति राजदूतले स्वागत गरेका छन । राजदूत मार्फत अनुकुलन परियोजना बिस्तार गरिने बताएका छन ।
राजदूतले मन्त्री भने कोरिया कम्पनीहरुले बाताबरण मैत्री कार्य सुरु गरेको र लगानीको सम्बन्ध बनाउनु पर्छ । राजदूतले भने तराई मदेश क्षेत्रमा लगानी गर्ने सोच छ । कोरिया सरकारले नेपालको बिभिन्न बिकास परियोजना गरेको आर्थिक सहयोग र कोरियाली अन्तराष्टिय सहयोग एजेन्सी मार्फत नेपालको शिक्षा, स्वास्थ्य पूर्बाधार ग्रामिण बिकासमा ठूलो सहयोग पुगेको मन्त्री शाहीले भने आगामी दिनमा दुई देश बीचको सम्बन्ध सहकार्य अझ बिस्तृत हुने अपेक्षा गरिएको छ ।
मन्त्री शाहीले राजदूतलाई भने कोरियाली सरकारले प्रदान गर्ने बिभिन्न शैक्षिक छात्रबृति बाट नेपाली बिधार्थी लाभान्वित भएको र प्राबिधिक तथा ब्यासायि तालिममा भएको तपाइको सहयोग धेरै नेपाली युवाको क्षमता अभिबृद्धि भएको छ ।
नेपालमा घटेका भूकम्प बाढी लगायत प्राकृतिक प्रकोपको र पुर्ननिर्माणको समयमा कोरिया सरकारको सहयोग महत्वपूर्ण रहेको मन्त्रीको भनाई छ । कोरिया सरकारले लामो समय देखि हजारौ युवालाई इपिएस कार्यक्रम मार्फत रोजगारका अबसर प्रदान गरेको उनको भनाई छ । नेपालको हरित गृह ग्या“स उत्सर्जनमा अत्यन्तै न्यून रहेको र जलवायू परिर्वतनको सबै भन्दा बढी असर भोग्ने राष्ट मध्ये नेपाल पर्ने र यस प्रति कोरियाली सरकार सहयोग सहकार्य आबश्यक देखिएको मन्त्रीको भनाई छ ।