
काठमाडौ —राजधानीमा हिमाली जिल्ला डोल्पाको फोटो भिडियो र स्थानीय उत्पादन प्रदर्शनी प्रारम्भ गरिएको छ । मनघरी फाउण्डेसनको आयोजनामा शनिबार देखि शब्द दृष्य चित्र र स्थानीय उत्पादनलाई संघीय राजधानी सित पछाडी पारिएको कर्णाली जोडने गरि प्रर्दशनी सुरु गरिएको हो । दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरीएको मनघरी फाउण्डेसनले जनाएको छ .।
सोही प्रर्दशनीमा धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर राखिएको र डोल्पा चिनाउने भिडियो प्रर्दशन गरिएको छ । उक्त प्रर्दशनीको अवलोकन गर्दै सामाजिक अभियान्ता हासा मल्लले भनिन फोटोहरु सारै उत्कृष्ट लाग्यो । कनेक्टिङ कर्णालीले पर्यटन प्रर्बधनमा सहयोग पुग्ने उनको भनाई छ । अघिल्लो पटक दैलेख जिल्लाको फोटो भिडियो प्रर्दशनी गरिएको थियो ।