बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगुको प्रशिद्ध छायानाथ धामको तिर्थयात्रा प्रारम्भ

मुगुको प्रशिद्ध छायानाथ धामको तिर्थयात्रा प्रारम्भ

  • सोमवार, साउन २८, २०८१
मुगुको प्रशिद्ध छायानाथ धामको  तिर्थयात्रा प्रारम्भ

मुगु । मुगु जिल्लाको प्रशिद्ध छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको छ । सोमबार छायाँनाथ रारा नगरपालिका– २ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवको मूर्ति पूजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुम कामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा सुरु भएको हो ।

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र सुरु भएको मानिन्छ ।सोमबार लगिएको शिवको मूर्ति जनैपूर्णीमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णीमामा छायाँनाथमा पाँच दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पूजारी सनत कुमार हमालले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पूजारीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार