=
काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।
श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।जभोलि मनाइने जनैपूर्णिमालाई प्राचीन कालमा उपाकर्म भनिन्थ्यो । यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो । उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो । यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु-शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ । यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो