बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध अझ मजबुत बनाउनु पर्छ ः वन मन्त्री शाही

दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध अझ मजबुत बनाउनु पर्छ ः वन मन्त्री शाही

  • शुक्रबार, भदौ ७, २०८१
दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध अझ मजबुत बनाउनु पर्छ ः वन मन्त्री शाही

दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध अझ मजबुत बनाउनु पर्छ ः वन मन्त्री शाही
काठमाडौं—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोरिया र नेपालको साझेदारी सम्बन्ध अझ मजबुत बनाउनु पर्ने बताउनु भएको छ ।
बिहिबार कोरिया र नेपाल बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं बर्षगॉठको बिशेष अबसरमा आयोजित कार्यक्रममा वन मन्त्री शाहीले कोरिया र नेपाल बीचको दिर्घकालिन मित्रता र साझेदारीलाई अझ मजबुत बनाउनु पर्ने बताएका हुन ।
कोरियाली राजदुत र मेरो बीच बन तथा बाताबरण मन्त्रालयमा द्धपक्षिय सम्बन्धका बिभिन्न आयाममा भएको महत्वपूर्ण छलफलको स्मरण गर्न चाहन्छु मन्त्री शाहीले जलबायू परिर्वतन जस्तो बिश्वब्यापी चुनौतीको सामना गर्न कोरिया र नेपाल सरकारीको सहकार्य र समझदारी आबश्यक छ । मन्त्री शाहीका अनुसार जलबायू परिर्वतनले बिश्वमै असर परेको मन्त्रीले भने नेपाल जस्तो पहाडी भूभागले भरिएको देश अत्याधिक प्रभावित बनेको र यो चुनौतीको सामना गर्नका लागि दिर्घकालिन समधान खोज्न कोरियाले अबसर प्रदान गरोस भन्न चाहन्छु । कोरिया उन्नत प्रबिधि नवीनतम सोच र उच्च आर्थिक बृद्धिको प्रतिबिम्म हो मन्त्री शाहीले भने जसले जलवायु परिर्वतनका बिभिन्न पक्षमा योगदान पुरयाएको छ ।
कोरिया सरकारले बिकास गरेका प्रबिधि, नीतिहरु र बाताबरणीय ब्याबस्थापनका अभ्यासहरु नेपाललाई बहुमुल्य सहयोग पुगेको मन्त्रीको भनाई छ । नेपाल एक सुन्दर प्राकृति सम्पदा र सांस्कृति धरोहर हो मन्त्री शाहीले जहा बौद्ध धर्मको गहिरो प्रभाव छ कोरियाली पर्यटनको लागि नेपाल अत्यन्तै सुन्दर र आकर्षण रहेको मन्त्री शाहीले भने दुई देश बीचको पर्यटन आदान प्रदान गर्न सहकार्य गर्नु पर्छ । ५० औ बर्षगाठको अवसरले कोरिया र नेपाल बीचको सहयोगमा अझ मजबुत पार्ने र दुबै देशलाई दिर्घकालिन लाभ दिलाउने मन्त्री शाहीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार