काठमाडौ—वन तथा बातारबण मन्त्री ऐनबहादुर शाही ठकुरीले देश बिकासको लागि अघि सरेका लगानीकर्तालाई निरुत्साहित होइन उत्साहित बनाउनु पर्ने बताउनु भएको छ ।
आइतबार वन तथा बाताबरण मन्त्रालयमा आयोजित बैठकमा सहभागी वन तथा बाताबरण मन्त्रालय अन्र्तरगतका महाशाखाका प्रमुखलाई निर्देशन दिदै वन मन्त्री शाहीले लगानीकर्ता उत्साहित बनाउनु पर्ने बताएका छन । बाधा अडचन देखाएर काम बाट पन्छिने काम नगर्नुस् मन्त्री शाहीले भने अप्ठेरालाई फुकाएर सेवाग्राहीका कामकाजलाई तिब्रता दिनुस् ।
हामी बिकास गर्छौ भनेर आएका लगानीकर्तालाई निरुत्साहित बनाउने काम नगरौ मन्त्रीको भनाई छ । आयोजना निर्माणको लागि लगानीकर्ताले बिभाग मन्त्रालयमा ल्याएका फाइलहरु तीन दिन भित्र टुग्याउन मन्त्रीले महाशाखा प्रमुखलाई निर्देशन दिएका छन । मन्त्रीले भने यो वा त्यो वाहना बनाएर फाइल अडकाउने लगानीकर्तालाई दुःख दिन काम नर्गुस् । अख्तियारको डर मानेर काम बाट पन्छिने काम नगर्नुस् मन्त्री शाहीले भने नियम भन्दा बाहिर नजानुस् नियम भित्र रहेर सेवाग्राहीका काम फाष्ट टयाक बाट अघि बढाउनुस् ।
मन्त्रालयमा अनुगमन टिम बनाउ कानुनको उल्लघन गर्नेलाई कारबाही गरौ मन्त्रीको भनाई छ । अप्ठेरा ऐन नियमावली संशोधन गरौ मन्त्री शाहीले भने झिनामसिना कुरामा अल्झिएर राष्ट निर्माण कार्यलाई ओझेलमा नपारौ । मन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई पालना गरौ ।सय दिने कार्य योजनालाई प्रभावकारी बनाउन अन्तरआत्म देखि केही काम गर्छु भन्ने भावना बढाउ मन्त्रीको भनाई छ । कामको आधारमा तपाईहरुको मुल्याकन हुन्छ मन्त्री शाहीले भने काम नगर्ने प्रमुख कर्मचारीलाई त्यति खेर जवाफ दिइने छ ।हामी काम गर्छौ भनेर आएका छौ राज्यमन्त्री रुपा बिकले भनिन ढिलासुस्तीमा नअल्झियौ सबै मिलेर फाष्ट टयाकमा काम गरौ ।नेपालमा उत्पादित काठलाई कसरी उपभोग गर्ने भन्ने सोच्नै पर्ने बेला आएको राज्यमन्त्री बिकले भनिन आफनो बनको काठ खेर फालेर बाहिर बाट काठ ल्याएका छौ ।