काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते गर्न पत्राचार गरिएको छ ।
अध्यक्ष विपुल पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा सबै तहको निर्वाचन एकैदिन गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जनाइएको छ ।
सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएकोमा फेरि नयाँ मिति तोकिएको छ ।