काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले देश बनाउन युवा जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
शनिबार काठमाडौमा बास नेपालद्धारा आयोजित पब्लिक स्पिच नेपालको सेमिफाइलन कार्यक्रममा वन मन्त्री शाहीले देश बनाउन युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन ।
स्वदेशमै रोजगार सिर्जना गरि बिदेशतिर पयायन हुने युवाको संख्या रोक्न सरकार प्रतिबद्ध रहेको मन्त्री शाहीले भने सबै युवा बिदेश गएर देशको बिकास कसले गर्ने ।
सरकारले केही गर्न सक्दैन भन्ने एक खालको युवामा नकरात्मक सोच पैदा भएको छ मन्त्रीले भने त्यसलाई चिर्दै उद्योगधन्दा कलकारखाना संचालन गरि युवालाई ब्याबसायिक मुलक रोजगार दिन सरकार लागि परेको छ ।
बिहान उठदा बित्तिकै सकरात्मक सोच राख्न जरुरी रहेको र सकरात्मक सोचले जीवनमा परिर्वतन ल्याउने मन्त्री शाहीको भनाई छ । म आफनै जन्मभूमी कर्म गरेर निर्भर रहन्छु भन्ने युवाले आत्मवल बढाउन आबश्यक रहेको उहा“को भनाई छ । युवाको आत्मबल बृद्धि गर्न र भ्रष्टचार नियन्त्रणमा खबरदारी गर्न बास नेपालको भूमिका महत्वपूर्ण रहेको मन्त्रीको भनाई छ