काठमाडौ—नेपाल सरकार वन तथा वाताबरण्म मन्त्री ऐनबहादुर शाही ब्राजिलमा सम्बोधन गर्ने भएका छन ।
सेप्टेम्बर १२ र १३ अर्थात आज र भोली रियो दि जेनेरियो शहरमा ब्राजिल सरकार तथा संयुक्त राष्ट संघ अन्त्र्रगत वाताबरण संस्था युनेप को आयोजना हुने वन प्लानेट नेटवर्क फोरममा वन मन्त्री शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उक्त कार्यक्रममा मन्त्री र मन्त्रालयका सहसचिव मेघनाथ का“फले मंगलबार राति ब्राजिल प्रस्थान गरि सकेका छ ।
कार्यक्रममा दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्रको अबधारणा ज्ञानलाई सम्बोधन गरि समझदारी तथा अन्तराष्ट्रिय सहकार्य बढाउने लक्ष्य राखिएको छ ।न्यायोचित तथा दिगो भबिष्य बनाउनको निम्ति जलवायू परिर्वतन जस्ता संक्रमण अबस्था लाई गतिसिल गर्न सरकार निजी क्षेत्र नागरिक समाज र सम्बन्धित सरोकारवाला बीच सहकार्य र समझदारीको बिकास गर्ने जनाइएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गतिसिल अर्थतन्त्र बनाई रणनीतिक उपयोग र उत्पादन नीतिहरुलाई प्रभावकारी कार्यन्वयन र बिकास गर्ने सम्बन्धमा अन्तराष्ट्रिय निकायहरु बाट श्रोत उपलब्ध गरि सहि प्रयोग गर्ने उदेश्य रहेको छ ।
वन प्लानेट नेटवर्क कार्यक्रमको अर्को लक्ष्य चलायमान अर्थतन्त्रको अबधारणा र असमानता न्यूनिकरण सम्बन्धमा भएका असल अभ्यासहरुको ज्ञान प्रकृतिमा आधारित पर्यावरण जस्ता कामको ज्ञान अभ्यास आदान प्रदान गर्ने रहेको छ ।