
मुगु–कर्णाली प्रदेशको पर्यटकिय गन्त्ब्यमा रारा घुमफिर मौसम सुरु भएको छ । बर्खा सिजनको मौसम अन्त्य संगै रारा घुम्न मौसम सुरु भएको हो । राराको प्राकृति सुन्दरताले घुम्न आउने पर्यटकलाई मोहित पार्ने गरेको छ । रारा घुमफिर गर्न आएका पर्यटकहरु रमाएरै दिन बिताउन गरेका छन । पछिल्लो समयमा रारा घुम्ने आन्तरिक तथा बाहय पर्यटको चाप बढदै गएको छ । नेपालका बिभिन्न शहर देखि छिमेकी मुलुक भारत, बेलायत जापन, चीन बाट पर्यटकहरु रारा घुम्न आउने गरेका छन ।प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकरु असाध्यै रारा प्रति मोहित हुने गरेका छन । रारामा पर्यटक घुमाउने करिव २ सय ५० वटा स्थानीय घोडा तैनाथ छन । पर्यटकहरु घोडा चढेर मुर्माटप मिलिचौर माझघट्ट सम्म पुग्ने गरेका छन । मुर्मा, पिना, झयारी, टोप्ला लगायत गाउ“का स्थानीयले घोडाहरु रारामा ल्याएर पर्यटक घुमाएर पैसा कमाउन थालेका छन ।
रारा पुग्ने मार्ग
नेपालकै उत्कृष्ट गन्त्ब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरि दुई वटा मार्ग रहेका छन ।
नेपालगन्ज देखि हवाई मार्ग रारा एयरपोट सम्म पुग्न ३५ मिनेट र एयरपोट बाट रारा तालको किनार सम्म पुग्न गाडी बाट आघा घण्टा र पैदल हिडेर जा“दा दुई घण्टा समय लाग्ने गरेको छ ।
अर्कोतिर काठमाडौ नेपालगन्ज लगायत अन्य तराईमुलका शहर बाट गाडी जिप मोटर साईकल बाट पनि रारा पुग्न सकिन्छ । गाडी मोटर साइल बाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव तीन दिन लाग्ने गरेको छ । शहरी क्षेत्र बाट मोटर साइकल चढेर पनि पर्यटक रारा पुग्ने गरेका छन ।
बीच बाटोमा होटलको राम्रो ब्याबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान बास बस्न समस्या खेप्नु पर्ने अबस्था छैन । अर्को कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिक बाट रारा पुग्न सकिने पैदल मार्ग छ । त्यहा“ मार्ग भएर रारा आउन पनि ७ दिन समय लाग्ने गरेको छ ।
काठमाडौ देखि रारा सम्म हवाई मार्ग बाट पनि आउन सकिन्छ । त्यहा“ बाट रारा आउन र जान गरि एक जनालाई २५ हजार ५ सय हवाई भाडा लाग्ने गरेको छ ।
सुदुरपश्चिम बाट पनि पैदल मार्ग बाट रारा पुग्ने पैदल मार्ग छ साफेबगर, बाजुरा मातडी परेखे लेक हुदै बाजुरा कोल्टी बाट मुगुको खत्याड गाउ“पालिका भएर रारा पुग्न करिव एक साता लाग्ने गरेको छ ।
रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि भिलेज हेरिटेज रिर्सोट प्रालीले स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी मह, कोदो गहु“को रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ ।
स्थानीय उत्पादनको स्वाद चाक्न पाउदा पर्यटकरु खुशी हुने गरेको छ । स्थानीय चिनो कागुनोको भात खिरको स्वाद चाक्न सकिन्छ रारा ताल नजिकै माझघट्टमा रहेको होमस्टेकमा पर्यटकलाई लोकल खाना उपलब्ध गराउने गरिएको छ । अर्कोतिर च्याङग्रा तथा लोकल कुखुराको मासु समेत पाउने गरेको छ रारामा मासु सहित खानाको ३ सय र सादा खानाको दुई मुल्य पर्ने गरेको छ ।
राराको कोसेली
रारा घुम्न आउने पर्यटकको निम्ति यहा“को सिमी, स्याउ, मह, कोसेलीको रुपमा चिनिने गरेको छ ।
रारा भ्रमणमा आएका पर्यटकहरुले सिमि, स्याउ मह कोसेलीको रुपमा किनेर लैजाने गरेका छन । मुर्मा, झयारी, पिना, कोटीला, सिगाडी लगायत गाउ“बस्तीका स्थानीयले सिमि, स्याउ, मह, बिक्री गर्न रारामा ल्याउने र पर्यटकले किन्ने गरेका छन स्याउ प्राय भदौ देखि मंसिर सम्म प्रयाप्त रुपमा पाइने गरेको छ ।
सिमी र मह भने बाह्रै महिना किन्न सकिन्छ । स्याउ प्रति किलो ३५ रुपैया“ मुल्य पर्ने गरेको छ । सिमि प्रतिकिलो १ सय र मह प्रति माना ६ सय रुपैया“ मुल्य पर्ने गरेको छ । अर्कोतिर टोप्ला गाउ“का स्थानीयले लालीगुरा“स जुस बनाएर पर्यटकलाई कोसेलीको रुपमा बेच्ने गरेका छन ।
मुगुमा उत्पादीत उन बाट बनेको राडीपाखी उनी टोपी सुइटर पनि पर्यटकले कोसेलीको रुपमा किनेर लैजाने गरेको छ । प्रति राडीपखाको मुल्य ३ हजार ५ सय पर्ने गरेको छ । कर्णाली राजमार्ग भएर रारा आउने पर्यटकले जुम्लाको मार्सि चामल कोसेलीको रुपमा किनेर लैजाने गरेका छन ।
राराको आक्रर्षण
मुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ ।
रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्टिय निकुन्जको कार्यालयले जनाएको छ ।
रारा त्यसै प्राकृतिले आक्रर्षण रहेको अर्कोतिर जडिबुटी बन्यजन्तु चरा बिश्वमा लोप भएको असला जातका माछाले गर्दा राराको गौवर बढाएको रारा राष्टिय निकुन्ज अधिकृत लालबहादुर भण्डारीले बताए
उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा पाइने भएको छ । गुच्ची च्याउ पा“च औले कटुकी, सुगन्धवाल लगायत बिभिन्न प्रकारको जडिबुटी सहित कोणधारी जंगल र चैत बैशाखमा लालीगुरा“स का“फल पनि पाइने गरेको छ ।
राराका सम्भावनाहरु
रारामा खेलकुद धार्मिक तिर्थस्थलको प्रचुर सम्भावना भएपनि संचालन हुन सकेको छैन राराको मिलीचौरमा भलिबल फुटबल क्रिकेट खेल संचालन गर्न सकिने मैदान छ ।
रारा ताल वरिपरि म्याथुन, जुम्ला नाग्मा बजार देखि रारा सम्म म्याराथुन र जुम्ला खलंगा बजार देखि रारा सम्म म्याराथुन दौड र मुर्माटप चुचुमारे देखि मिलीचौर सम्म प्यारागल्याइडिङ गर्न सके राराको गौरव बढने खेलाडीहरुको भनाई छ ।
रारामा बिभिन्न खेलकुद गर्न सकिने सम्भावना छ यसमा राज्यको नजर नपुग्दा ओझेलमा परेको जिल्ला खेलकुद समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालले बताए
रारामा हरेक महिना एक एक खेलकुद गर्न सके पर्यटक आफै ओइरो लाग्ने रोकायाको भनाई छ । रारामा साइकल दौडको प्रचुर सम्भावना रहेको खेलाडीको भनाई छ ।
अर्कोतिर रारा राष्टिय निकुन्ज मध्यवर्ती क्षेत्रमा होमस्टेक संचालन, फलफुल जडिबुटी गर्न सके स्थानीयको आयश्रोतमा बृद्धि हुने सम्भावना छ । माटो सुहाउदो अन्नबाली फलफुलको अर्गानीक खेतीतिर जोड दिनु पर्ने बेला आएको मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनीले बताए ।
रारा ताल वरपर करिव ७ वटा भन्दा बढी धार्मिक मठमन्दिरहरु रहेका छन उक्त मठमन्दिरको पहिचान हुन नसक्दा ओझेलमा छन ।
ठाकुर ज्युको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता गरि रारामा सात वटा धार्मिक मठमन्दिर छन तिनीहरुको बिकास गर्न सके रारा धार्मिक तिर्थस्थलको उत्तिकै सम्भावना छ
यहा“का सात वटा देबिदेवताका मठमन्दिरको बिकास गरि रारालाई धार्मिक तिर्थस्थलको रुपमा बिकास गर्न सकिने मुर्मा गाउ“का बिर्खबहादुर रोकायाले बताए ।
रारा भन्द झन सुन्दर
समुद्री सतह देखि करिव १२ हजार ५ सय फिट उचाईमा रहेको मुगु गाउ“को दृष्य र कोइजी हिमालको अवलोकनले पर्यटकलाई मोहित पार्न सक्छ । चारै तिर हिउ“ने खारिएका चा“दी जस्तै टल्किने मनमोहक हिमाल देख्न सकिन्छ ।
बीचमा फराकिलो मरुभुमी तिब्बत बाट सलल बग्दै आएको कञ्चन बगरले झनै मन लोभ्याउ“छ । पहाडको फेदीमा मुगु गाउ“को सुन्दरता झन फरक छ ।
प्राय मान्छेको बुझाईमा मुगुमा एक मात्र रमणीय रारा भन्ने सोच छ । बास्तविक मुगुको प्राकृतिक सुन्दरताको चिनारी अझै देख्न पाएका छैनन । प्रचार प्रचारको अभावले गर्दा पहिचान हुन सकेका गहना ओझेलमै छन् । पर्यटनको लागि सिमित मुगु गाउ“ मात्र छैन । अर्को सुन्दरता र मौलिकताले परिचित प्रशिद्ध तिर्थस्थल छाया“नाथ, डोल्फुको तामा खानी, फलाम खानी, तिहार गुम्बा, तिहार दोभाव नदी, र कोइजी मरक्का हिमाल, च्याङजे छहरा, तथा बौध धर्मालम्बिका करिव १ हजार २ सय चिटिम र गुम्बाहरु पर्यटकको पखाईमा छ । थार्प गाउ“को माथिलेक स–साना सात वटा ताल तथा कुण्डहरु ओझेलमा परेका छन । रारा भन्दा झन उत्कृष्ट माथिल्लो मुगु क्षेत्रका रमणीय पर्यटकिय गन्त्ब्य ओझेलमा परको मुगम कार्मारोङ गाउ“पालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । केही समय यता देखि रारा घुम्न आउ“ने बिदेशी पर्यटकहरु मुगु गाउ“ सम्मको यात्रा गरेर फर्किने गरेका छन ।