काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाहीले संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमका आवासिय प्रतिनिधि क्योको योकोसुकालाई कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्त्ब्य राराको पर्यटन पूर्बाधार बिकासमा सहयोग गर्न गरेका छन ।
शुक्रबार मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपालको उच्च हिमाली जिल्ला मुगुमा अबस्थित रारा पर्यटकिय क्षेत्रमा प्रचुर सम्भावना रहेको र पूर्बाधार अभावले पछि परेको हुदा यूएनडिपीको सहयोग अपेक्षा गरिएको मन्त्रीले बताउनु भयो ।
राराको पूर्बाधार निर्माण संगै मध्यवर्ती क्षेत्रका बासिन्दालाई जीवन निर्बाहको लागि यूएनडिपीले आयआर्जन सिपमुलक तालिम संचालन गर्न आबश्यक देखिएको मन्त्री शाहीले भने प्राकृति सुन्दरताले भरिपूर्ण रारा पूर्बाधार अभावले ओझेलमा छ ।
सोही भेटवार्तामा मन्त्रीले शाहीले राष्ट्रसंघीय बिकास कार्यक्रमले बिगत ६ दशक देखि नेपालमा जैबिक बिबिधता संरक्षण प्राकृति बिपत्त ब्याबस्थापन पर्यटन पूर्बाधार बिकास उद्यमशीलता बिकास क्षमता अभिबृद्धि दिगो बिकास मानव अधिकारी स्थानीय सुशासन जलवायू अनुकुल न्यूनिकरण लगायत कार्यक्रम पुरयाएको योगदान सह्रानीय रहेको बताउनु भयो ।भुकम्प कोभिड १९ पछिको पूर्ननिर्माण महिला तथा पछाडी पारिएको वर्गको सशक्तिकरण क्षमता अभिबृद्धिमा यूनएनडिपीको महत्वपूर्ण भूमिका रहेको मन्त्रीको भनाई छ ।
मन्त्री शाहीले भने अनुसार जलवायूमैत्री संरक्षित क्षेत्रको बिकास वन डडेलो नियन्त्रण जलवायूजन्य बिपत्त ब्याबस्थापन क्षेत्रमा नवितत्तम प्रबिधिको बिकासमा नेपाल सरकारले युनएनडिपीको सहयोगको थप अपेक्षा गरिएको छ ।