बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगुमा दसैंको बेग्लै चटारो

मुगुमा दसैंको बेग्लै चटारो

  • शुक्रबार, अशोज १८, २०८१
मुगुमा दसैंको बेग्लै चटारो

मुगु–हिन्दुहरुको महान चाड बडा दसै नजिकै गर्दा जिल्लास्तरमा किसान, कलाकार र चिकित्सक लाई आफनै कामको चटारोले पीरोलेको छ ।

दसैको बेला किसान लाई खेतबारीमा पाकेको बाली भित्रयाउ“न देखि हिमपातको बेला गाई भैसी लाई गोठमा खुवाउ“ने घा“स काट्न् भ्याइन नभ्याई भएको छ ।

दसै मुगुका बुढापाखा सित टिका लगाउ“नु पर्ने देखियो” । यति बेला घा“स काट्न सकिएन भने हिउ“ पर्ने समयमा गाई गोरु पाल्न नसकिदै भन्दै कार्कीबाडा, श्रीनगर, माथितुम, हेन्नीकाध, फुली, निगालेका पुरुष महिलाहरु बन पाखातिर हरियो घा“स काटन् ब्यस्तै छन् ।

दसैको मुखमै गत चैन बैशाखमा रोपेको कादो, काहुनो, पाकेर झर्न लागेपछि भित्रयाउ“न स्थानीयबासी बिहान देखि बेलुका सम्म खेतवारीतिर हिड्नु पर्ने अबस्थाले गर्दा दसैंले नछोए जस्तो देखिन्छ । बनपाखातिर घा“स काट्नु कि खेतबारीमा बाली लग्याउ“नु एक मिनेट फुर्सद छैन् कार्कीबाडा गाउ“का राजबहादुर रावलले भने “नजिकै दसैं पनि आई सक्यो खसी अन्य कुरा किनमेल गर्न पाएको छैन्” ।

कोही दसैंको लागि किन्न खसी छिमेकी गाउ“तिर पसेका छन् । हरेक बर्ष तिब्बत बाट दसैंको लागि भेडा च्याङग्रा आउ“ने गरेको भए पनि अहिले सम्म आई नपुग्दा कता बाट खसी ल्याएर काट्ने भन्ने चटाएको भएको छ ।

दसैंको टिकाको दिनमा भएपनि घरमा आई जा भनेर दाजु दिदी बहिनीले फोन गर्छन् एक कर्मचारीले भने दसैंको बेला घर नगएको यो पहिलो चोटी हो के गर्नु घर जान मन त छ, बिरामी हेर्ने कोही छैन” ।

पढन ज्यालादारी काम गर्न जागिर खान जिल्ला बाहिर गएका कर्मचारी बिधार्थी स्थानीय ब्यापारी धमाधम घर फर्किन थालेका छन । कोही हवाई मार्ग बाट त कोही सडक मार्ग बाट घर फर्किनेको लर्को छ ।

पोहोर साल काठमाडौमै दसै मनाइयो यो पटक आफनै पुख्र्यौली घरमा दसै मनाउने लक्ष्यका साथ घर फर्कियो सोरु गाउपालिका ४ का हिक्मत शाहीले भने दसै मनाउन घर जादा फर्किदा खर्च धेरै हुने भयो । कोही दिन अघिको भिषण बर्षाले गर्दा सडक मार्ग भत्किए पछि स्थानीयलाई समयै घर पुग्न मुश्किल भएको छ ।

चर्चामा

सम्बन्धित समाचार