आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • प्रदेश
  • तिब्बती छिमेकी बस्तीमा गरिवीको दुष्चक्र

तिब्बती छिमेकी बस्तीमा गरिवीको दुष्चक्र

  • शुक्रबार, अशोज १८, २०८१
तिब्बती छिमेकी बस्तीमा गरिवीको दुष्चक्र

मुगु —मुगुम कार्मारोङ गाउँपालिकाको छिमेकी धनी राष्ट्र चीनको तिब्बत संग नेपालको मुगुम कार्मारोङ गाउँपालिका जोडिएको छ ।
तिब्बत सित उक्त गाउँपालिकाको ब्यापारी सम्बन्ध स्थायी र दिगो नहुँदा स्थानीय गरिवीको दुष्चक्रमा फसेका छन । करिव ८५ किलोमिटर वारितिर बसोबसा गर्ने कार्मारोड गाउँपालिकाका स्थानीयको दैनिकी गुजारामा कष्टकर छ भने उता ८५ किलोमिटर वारि तिब्बतीको आर्थिकस्तर माथि छ । नेपालको सिमा क्षेत्रमा चौरी झोवा खच्चर हिडछनभने उता तिब्बती क्षेत्रमा मोटर गुडछन ।
उहीले देखि अहिले सम्म छिमेकी राष्ट्र तिब्बत संग कार्मारोङका गरिवी स्थानीयले धेरै आसा अपेक्षाको प्रतिक्षामा छन तर तिब्बतले साचो नदिदा उत्टै निरास छन ।
तिब्बतले हामीलाई बिकास देखि खाद्यन्नको सहयोग गरिदियोस भन्ने आसा छ दाउरा सेरोग गाउँका छेवाङग्याल्जन तामाङले भने धनी राष्ट्रका छिमेकी हामी गरिवीको मारमा छौ । तीन बर्ष अघि सम्म तिब्बतले करिव ३५ लाख मुल्य बराबरको कार्मारोङकालाई खाद्य सहयोग गर्दै आएको थियो उनले भने कोरोनाले गर्दा उक्त सहयोग बन्द हुदा समस्या परेका छौ ।
मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार वडानं १ देखि ९ सम्मका १७ वटा बस्तीका ४५ प्रतिशत स्थानीय गरिवीको रेखामुनी छन ।
कर्णाली रोजगार कार्यक्रमको लागि गरिवी तथ्याङ्क निकाल्दा ४५ प्रतिशत गरिवी देखा परेको उनको भनाई छ । अघिल्लो बर्षको तथ्याङ्क बमोजिम ३८ प्रतिशत गरिवी देखिएकोमा बढेर ४५ प्रतिशत अध्यक्ष बताउछन ।

जनसंख्या बृद्धि जडिबुटी न्यून उत्पादन घटदो ब्यापारले गर्दा अझै गरिवीको बढने चिन्ता अध्यक्षको छ । कार्मारोङमा ४५ प्रतिशत गरिव २० प्रतिशत धनी र बाँकी ३५ प्रतिशत मध्यम खाले ब्यक्तिको बसोबास छ ।
गरिवीले गाउँ छोडे
मुगुम कार्मारोङको वाङरी गाउँ खाली भएको करिव एक दशक भएको छ । भोकमरीले ज्यान बचाउन नै कठिन हुने अबस्था उत्पन्न भएपछि वाङरी गाउँका २७ परिवारले २०५९ सालमै घर छोडेर कोही जुम्ला, कोही भारततिर लागे । २०६५ सँलमा खारी गाउँका ३० परिवारले पनि जन्मथलो हिडेका छन । त्यसै गरि कार्ति गाउँमा १० परिवारले उहीले नै गाउँ जोडेर जुम्ला भारत गएका छन ।

सिंगो वाङरी बस्ती अचेल मानव बिहिन बनेको छ । जुम्लातिर बसेका वाङरी गाउँका स्थानीय बर्षको एक चोटी यार्सा सिजनमा गाउँ हेर्न पुग्छन । स्थानीयले गाउँ छोडेपछि घर देखि जग्गा बाँझिएको छ ।
गर्जो टार्न मुश्किल हुन थालेपछि बाध्यताले जन्मथालो छोडेर बाहिरिनु परेको वाङरी एक स्थानीय कुङसाङ तामाङले भनिन गाउँको माया लागेर के गर्नु भोकमरीले बस्न दिएन ।

सिमित वाङरी गाउँका १७ परिवार मात्र नभएर किम्री, ताखा, खारी, रिउस, पुवा, मह, माग्री, मुगु, डोल्फू गाउँका अधिकास स्थानीयले पनि बस्ती छोडेर बाहिर बाध्य भएका छन ।
गाँस बासको जोखिमले हरेक बर्ष ८ देखि १० जना परिवारले बस्ती छोडेर बाहिरिने गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । उहीले भोकमरी भएपनि स्थानीयले दुःख कष्ट गरि गाउँमै बस्थे अध्यक्ष भन्छन अचेल सुख सुबिधाको खोजी गर्दै बाहिरिन थाले ।
गरिवको जोखिमले मुगुम कार्मारोङ गाउँपालिका बाट उहिले देखि अहिले सम्म ३ सय ६१ परिवारले गाउँ छोडेका छन ।
जडिबुटी घटयो
गरिवको मुख्य आयश्रोत मानिएको जडिबुटी बन क्षेत्रमा पाउनै अचेल मुश्किल हुन थालेको छ ।
दश बर्ष अघि सम्म मुगुम कार्मारोङ गाउँपालिकाको बन जंगल पाटन क्षेत्रमा प्रसस्त पाइने कटुकी, गुच्ची च्याउ चिराइतो, बन लसुन अत्तिस, भोल्ते, यार्सा अचेल भेठाउन कठिन हुन थालेको छ । सिमित अत्तिस कटुकी भोल्ते, चिराइतो, मात्र नभएर पाटन क्षेत्रमा पाइने यार्साको प्रजनन प्रकृया घटदै जाने थालेपछि स्थानीय चिन्तित भएका छन ।
पहिले जस्तो अहिले बन क्षेत्रमा जडिबुटी पाइदैन चितै गाउँका छेन्दोक तामाङले भने खडेरी आगलागी जलबायू परिवर्तन जस्ता कारणले जडिबुटी घटदै गयो । संरक्षण नहुँने हरेक बर्ष सयौं मान्छेले टिप्ने काम मात्र गर्ने जडिबुटी लोप भएको उनी बताउछन ।
बिगत दश बर्ष यता देखि जडिबुटी उत्पादनमा कमी आएको जडिबुटी ब्यापारी कार्मा तामाङले बताए । पहिले पाटन क्षेत्रमा ४० देखि ४५ केजी सम्म यार्सा संकलन हुन्थ्यो उनले भने अहिले १५ देखि २० केजी यार्सा जम्मा गर्न गाह्रो छ ।

कटुकी अत्तिस, भोल्ते, चिराइतो लगायत जडिबुटी १३ सय ११ क्वीन्टल उत्पादन हुने गथ्र्यो भने अचेल घटेर ८ सय ६० क्वीन्टल उत्पादन हुन थालेको छ ।
बढी जडिबुटी उत्खनन, खडेरी आगलागी र जलबायूको असरले गर्दा जडिबुटी उत्पादकत्वमा ह्रास आएको डिभिजन बन कार्यालयका सुचना अधिकारी प्रनिल देवकोटाले बताए । जडिबुटी उत्पादन घटेपछि कार्मारोङ क्षेत्रका स्थानीयलाई जीवन निर्बाहमा मुश्किल हुन थालेको उनको भनाई छ ।
अन्नकै पीरलो
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँमा बस्ने करिव १ सय २० घरधुरी छन । उक्त गाउँमा आलु मात्र फल्छ । त्यो आलु पनि प्रसस्त होइन । एक परिवारले एक छान्नो आलुमै चित्त बुझाउनु पर्छ ।
बाहैमास बजार गाउँबस्ती बाट अन्न किनेरै भोक चलन गर्दै आएका छन । बिकास निर्माण जडिबुटी बाट कमाएको पैसाले सेतो चामल धान कोदा किनेर खाने गरेका छन । तीन बर्ष अघि सम्म उक्त गाउँका स्थानीय तिब्बत बाट खाद्यन्न ल्याएर खाने गर्थे भने कोरोनाले नाका बन्द भएपछि अचेल मुगु गाउँका स्थानीयलाई खाद्यन्नको जोहो गर्न कठिन भएको छ ।

तिब्बत बाट खाद्यन्न ल्याउन बन्द भएपछि छाक टार्न गाह्रो भएको मुगु गाउँका सोनाम तामाङले बताए । गाउँ बाट डेढ दिन हिडेर छाइल बजार पुलू बजारमा पुगेर ब्यापारी बाट सेतो चामल किनेर लैजाने गरेको उनको भनाई छ ।
ढुवानी कठिनाईले गर्दा मुगु गाउँ गाउँमा २५ केजी चामलको बोरालाई ७ हजार ५ सय मुल्य पर्ने गरेको छ । महँगीले गर्दा गरिवलाई बिहान बेलुका छाक टार्न गाह्रो हुने गरेको छ हामी गरिवलाई गाँस बासको निकै गाह्रो छ मुगु गाउँका गाराटासी तामाङले भने बस्ती छोडेर कहाँ जानु अन्त ठाउँ छैन दुःख कष्ट गरि दिन बिताउनु प¥यो ।

गाउँपालिकामा बाहैमास खान पुग्ने १५ प्रतिशत ६ महिना खान पुग्ने ४५ प्रतिशत र ३ महिना मात्र खान पुग्ने २० प्रतिशत छन । मुगम कार्मारोङ गाउ“पालिका भरि २ हजार २ सय ४१ बर्गकिलोमिटर जमिन मध्ये करिव २ सय हेक्टर जमिनमा मात्र अन्न उत्पादन हुन्छ
१५ दिनेको किनमेल
३९ बर्षिय टा“सी लामाको ब्यापारी सम्बन्ध १५ दिनको मात्र छ । मुगुम कार्मारो–२ मुगु गाउ“ निवासी उनी हरेक बर्ष १५ दिनको लागि तिब्बतमा समान किनमेल गर्न जान्छन ।

टा“सीले तिब्बत संग ब्यापार गर्न थालेको यो बर्ष देखि करिव २० बर्ष पुगेको छ । उनी १० बर्षको उमेरमै भारी बोकेर तिब्बत उक्लिन थालेका हुन । आफूले ब्यापार गर्ने तिब्बती साथीसंग बेलामौका भेटघाट गर्ने चाहाना भएपनि बर्षको १५ दिन मात्र साइनो जोडिने गरेको छ ।
सकभर बर्ष भरि नत्र एक महिना सम्म तिब्बतसित ब्यापार गर्ने टा“सीको इच्छा रहेपछि नियम मिचेर ब्यापार गर्न पाउदैनन प्रत्येक बर्ष साउन १ गते देखि १५ गते सम्मको लागि मात्र अस्थायी तिब्बती हाटबजार खुल्छ र त्यही मौका छोपेर समान किन्न र चिनपर्ची भएका तिब्बती संग साइनो दो¥याउन जाने गर्छन ।

इतिहासकाल देखिको चलन भएकोले उक्त अबधि भित्र समान किनमेल गर्न नसके उनलाई बर्ष भरिको गा“स र कपासको लागि गाउ“ छोडेर बाहिरिनु पर्ने अबस्था हुन्छ ।
तिब्बतसित हाम्रो ब्यापारी साइनो १५ दिने छ टा“सीले हा“स्दै भने सरकारले हाम्रो सम्बन्धलाई बिस्तार गर्न सकेन । हामीले चाहेर बिब्बत संगको ब्यापारी साइनो बढाउने क्षमता नभएको उनले बताए ।
एक बर्षपछि साउन महिनाको १५ दिन मात्र तिब्बती ब्यापारीसंग भेटघाट हुन्छ त्यही अबधि भित्र जति समान किनेर ल्याउनु पर्छ उनले सुनाए । अबधि सकियो पछि पैसा भएपनि किनमेल गर्न मिल्दैन उनले भने १५ दिन कटेपछि तिब्बती हाटबजार उठेर गइहाल्छ बाध्य भएर घरतिर आउनु पर्छ ।
पंचायतकाल अर्थात १९१५ भन्दा अघि देखि मुगु गाउ“का आदिबासी जनजातिहरुले तिब्बती संग ब्यापार गर्दै आएका छन उनीहरुको ब्यापारी सम्बन्ध बिस्तार हुन सकेको छैन । १५ दिनको तिब्बती हाटबजारले समान किनमेल गर्न हत्तार हुने गरेको छ ।
कहिले साउन महिना लँग्ला र तिब्बतमा समान किन्न र जडिबुटी बेच्न जाउला भनेर दिन गन्ती गरेर बस्नु परेको मुगु गाउ“का अर्का छिरिङ तोर्ची लामा बताए । उनले भने बर्षभरि तिब्बत संग ब्यापार गर्ने सरकारले नियम बनाईदिएको भएपनि यस्तो दुःख कष्ट गरेर किन बस्नु पथ्र्यो ।
हाम्रो सरकारको कमजोरी हो छिरिङतोर्ची तामाङ दुखेसो पोखे जिल्ला सदरमुकाम गमगढी देखि २८ कोष टाढा रहेको मुगु गाउ“ र तिब्बत सिमा संगै जोडिएको छ । उक्त गाउ“मा बसोबास गर्ने दुई सय परिवारका बसाई डुलाई धारापानी नेपाली भूमिमा भएपनि गा“स र कपास लागि तिब्बततिरै निर्भर छन ।
अघिल्लो बर्ष तिब्बत बाट किनेर ल्याएको खँद्य बस्तु पछिल्लो बर्ष सम्म मुश्किल पु¥याउनु पर्ने स्थानीयको गुनासो छ । तिब्बती हाटबजार नलाग्दै घरमा दैनिक उपभोग्य बस्तु सिद्धि पछिल्लो घर संग पइचो गर्नु पर्ने अबस्थाले गर्दा मनमा पिर मानेर जीवन निर्बाह गर्नु पर्ने बाध्यता छ । मुगु गाउ“ देखि तिब्बत पुग्न गरुगो भारी संग दुई दिन र रित्तै एक दिन समय लाग्ने स्थानीयको भनाई छ ।
मुगु गाउ“ देखि जिल्ला सदरमुकाम पुग्न तीन दिन लाग्छ भने तिब्बत पुग्न एक दिन लाग्ने भएकोले त्यहा“का स्थानीयलाई आफनो नेपालको बाटो भन्दा तिब्बती बाटो सहज लाग्ने गरेको छ । मुगु गाउ“ देखि रातापानी, पुरानो मुगु, टा“केखोला, रानीओढार, रिमारको बाटो हुदै १३ नम्बरको तिब्बत सिमा पिलर भेटिन्छ । त्यहा“ बाट उत्ता तिब्बती भूमि भेटिने गरेको छ ।

बाटोभिर पखेर केही नभएकोले तिब्बत पुग्न र आउन अति सजिलो हुने स्थानीयको भनाई छ यता गमगढी देखि मुगु लुम्स, छाइल, रिउस, पूलु, तिहारबगर, चितैकुना, सिरानीचौर हुदै मुगु गाउ“ सम्म पुग्न तीन दिन लँग्ने गर्छ
तिब्बतमा खुल्ने १५ दिने तिब्बती हाटबजार बाट स्थानीयले उन देखि नुन सम्म किनेर ल्याउने गरेका छन आफनो भूमिमा उन्न उत्पादन न्यून हुने भएकोले बर्षभरिको लागि पुग्ने चामल, मैदा, नून, तेल, ध्यू, चिनी, सावुन, चाउचाउ, जुस, रक्सी, तिब्बती चिया, कम्मल, छाला, जुत्ता, चप्पल, भाडाकुडा ल्याउने गरेका छन ।

तिब्बती भाषाको समस्याले अधिकास स्थानीयले दाहाते अर्थात नेपालीले किनेको समान किनेर ल्याउनु पर्दा ठगिने समेत गरेका छन चिनिया“ सुक्कुरको भार बृद्धि हुदै गएकोले खाद्य बस्तु लत्ताकपाडा बिगत बर्षहरु भन्दा मह“गो हुदै गएको टा“सले सुनाए ।
पहिले चिनिया एक सुक्कुरको ७ देखि ८ रुपैया“मा सटही हुन्थ्यो भने यो बर्ष १६ देखि १७ रुपैया“ सटही गर्नु पर्दा बस्तुभाउ मह“गोमै खरिद गर्नु परेको उनले जनाए ।
तिब्बतमा खाद्य बस्तु किनमेल गर्न जा“दा आफनो घरबस्ती बाट बनजंगलको जडिबुटी पाटनको यार्सा, उवाको सातु र खल्तीमा पैसा बोकेर जाने गरेका छन तिब्बत बाट गरुगो भारी बोकेर ल्याउन नसक्ने भएकोले चौरी, झोवा, घोडा खच्चरलाई १५ दिन सम्म भरियाको रुपमा प्रयोग गर्ने गरेका छन ।
हामीलाई रेल चाहिएन सरकारले पक्की सडक बनाई दिए पुग्छ मुगम कार्मारोङ गाउ“पालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । भूगोल जनसंख्याका आधारमा मन्त्रालयले बजेट बिनियोजन गर्ने भएको यहा“ बजेट थोरै आउने र बाटो खानेपानी स्कुल क्षमता बिकास गर्दै नपुग्ने उनको भनाई छ ।
तिब्बतको अस्थायी हाटबजार लँग्ने स्थान हयाजिमार देखि एक किलोमिटर टाढा हर्वा, पा¥याङ, क्याला र नाक्छु भन्ने तिब्बती लेकालि बस्ती छन् । मुगु तिब्बतको ब्यापारी केन्द्र हयाजीमार बाट तिब्बत ल्हासा पुग्न गाडी बाट दुई दिन लाग्ने मुगु गाउ“का कार्मानोर्बुल लामाले बताए ।
पछिल्लो पटक मुगुम कार्मारोङ गाउ“पालिकाका जनप्रतिनिधिहरु तिब्बत क्षेत्रमा पुगेर ब्यापारको बिषयमा दुई पक्ष बीच छलफल गर्ने गरेका थिए । ब्यापारीले जिप गाडी ल्याएर आउने यता बाट हामी चौरी झोवा लिएर जाने लामाको भनाई छ ।
सडक अलपत्र
मुगम कार्मारोङ स्थित पुवा गाउ“का ४१ बर्षिय जिक्मेद तामाङको गाडी चढेर तिब्बत जाने सपना अधुरै छ ।उनले तिब्बत बाट समान ल्याउन थालेको ९ बर्ष भयो करिव ७ बर्ष अघि गमगढीमा गाडी पुग्दा अब तिब्बत नाक्चेनाङला पुग्ला भन्ने आशा राखेका लामाले सडकको निर्माणको गति हेर्दा उदेक मानेका छन ।
राजनीतिक दलहरुले तिब्बत जोडने नाकालाई चुनावी नारा बनाए पनि वास्तबिक पहल नगरेको उनको गुनासो छ । भोट माग्ने बेला नाक्चेनाङला सडक बनाई दिन्छौ भन्छ जितेपछि वास्ता गर्र्दै उनले सुनाए
कर्णाली प्रदेशकै गौरवको आयोजना मानिने मुगु गमगढी देखि नाक्चेनाङला सम्म ८५ किलोमिटर र सुर्खेत बाट नाग्मा, गमगढी हुदै तिब्बत सिमा सम्म ३ सय ३२ किलोमिटर लम्बाई रहेको छ । २०६७ साल देखि निर्माण कार्य शुरु भएको नाक्चेनाङला सडक अहिले सम्म १८ किलोमिटर कार्मारोङको छाइल गाउ“ सम्म ट्रयाक ओपन भएको छ ।

अझै ६८ किलोमिटर सडक खन्न बा“की छ । बजेट बिनियोजन गरेर हरेक बर्ष ठेक्कद्धार काम हुने गरेको छ । करिव ५ बर्ष भित्र गमगढी बाट नाक्चेनाङला सम्म गाडी पु¥याउने लक्ष्यका साथ निर्माण कार्य थालनी गरेपनि अहिले सम्म अलपत्र परेको छ । उक्त सडकको कुल लागत ८० करोड भएपनि अहिले सम्म १५ करोड मात्र खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ
अर्को तर्फ नेपाल सरकार बाट गमगढी नाक्चेनाङला सडक निर्माण परियोजना स्वीकृति भई कार्यालय समेत स्थापना भएको छ बजेटको समस्याले उक्त परियोजना लथालिङ्ग अबस्था छ ।

गमगढी नाक्चेनाग्ला सडक निर्माणको लागि सरकारले ठेक्का खोल्ने र ठेकेदार घटिघटाउना ठेक्का स्वीकृति गरि कछुवाको गतिमा काम गर्ने गरेका छन । निर्माण कार्यपनि असार मसान्तको बेला हुने भएकोले आधा प्रतिशत बजेट फ्रिज जाने गरेको छ ।
नाम मात्रै खाद्य डिपो
मुगुम कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने स्थानीयलाई सहजको लागि पुलू बजारमा खाद्य डिपो स्थापना गरिएको छ ।
उक्त डिपोमा प्रयाप्त चामल नहुँदा स्थानीय ब्यापारीको महँगो चामल उपभोग गर्न बँधय छन ।

१२ सय घरधुरी ७ हजार जनसंख्या भएको उक्त गाउँपालिकामा सरकारले बर्षेनी १५ सय क्वीन्टल मात्र खाद्य छुटयाउने गरेको छ । उक्त चामल त्यहाँका स्थानीयलाई १० किलो पनि भागमा पर्दैन । खाद्यन्न कोटा बृद्धिको लागि पहल गरि दिन स्थानीयको माग छ ।
माग गर्दै आएका छन ।
एक गोरुको खेती
दुई वटा गोरु जोतेर किसानले अन्न बाली लगाउने चलन जहा“ सुकै छ ।
पाखो जग्गामा होस् या रोपनी खेतमा बाली लगाउन बराबर उचाई भएका दुई वटा गोरु जोतेर अन्न बाली लगाइन्छ तर यस मुगु जिल्लाको पूर्बी आदिबासी जनजातिको मुख्य बाहुल्यता रहेको मुगम कार्मारोङ गाउ“पालिकाको माग्री, मह, रिउस, पुलू, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी , डोल्फू लगायत गाउ“बस्तीका किसानहरुले एक गोरु जोतेर बाली लगाउने चलन अनौठो छ ।
गोरुको नाकमा डोरी लगाएर अगाडी एक जनाले तान्ने र पछाडी हलो जोत्ने गरिन्छ । गोरुको का“धमा काठ राख्ने र उक्त काठको दुबै टुप्पोमा डोरी बा“धेर पछाडी हलोमा अडकाएर जोत्ने गरिन्छ ।
गोरुको नाकको टुप्पोमा लगाएको डोरी बच्चालाई तान्न नगाउने र तन्नेरीले हलो जोत्ने गर्छन । डोरीले गोरुको नाक दुख्ने भएकोले बिस्तारै बच्चाले तानेर जग्गा छेउ वरपर पुग्ने फर्किने गर्छन ।

भिरालो जमिन बलौटे माटो सा“घुरो जग्गा(गरा) भएकोले दुई वटा गोरु अटाउन नसक्ने माग्री गाउ“का सोनाम तोर्ची तामाङले बताए । दुई वटा गोरु जोत्दा सा“धुरो जग्गा(गरा)मा फर्काउन तल माथि लैजान अप्ठेरो हुने गोरु भीरमा लडने डर हुने उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार