बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जलवायू परिर्वतन असरको क्षेतिपूर्ती नेपालले पाउनु पर्छ ः वनमन्त्री

जलवायू परिर्वतन असरको क्षेतिपूर्ती नेपालले पाउनु पर्छ ः वनमन्त्री

  • मङ्लबार, अशोज २९, २०८१
जलवायू परिर्वतन असरको क्षेतिपूर्ती नेपालले पाउनु पर्छ ः वनमन्त्री

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायू परिवर्तनको असरको क्षेतिपूर्ती नेपालले पाउनु पर्ने बताउनु भएको छ ।
बिश्वका मुलुक भन्दा सबै भन्दा बढी जलवायू परिवर्तन असर नेपालले भोग्नु परेको उहाको अबस्थालाई मध्येनजर गरि कोप २९ को सम्मेलनमा सबै भन्दा बढी क्षेतिपूर्ती नेपालले पाउनु पर्छ भन्ने सशक्त आवाज उठाउने मन्त्री शाहीको भनाई छ । मन्त्री शाहीका अनुसार कोप २९ मा नेपालले क्लाइमेट फाइनान्स बढी भन्दा बढी जोड दिने भन्ने सोच राखेका छौ ।
कोप २९ लाई क्लाइमेट फाइनान्स भन्ने गरिएको र नेपालले पनि यसलाई बिशेष जोड दिएको उहाको भनाई छ । कोप सम्मेलनको लागि मन्त्रालयले बिभिन्ने सरोकारवाला निकाय बुद्धिजीवि बर्ग सम्म छलफल सुझाव सल्लाह गर्ने कार्य भई रहेको मन्त्रीले जानकारी दिए ।संयुक्त राष्टसंघको महासभामा प्रधानमन्त्री ओली जलवायू परिर्वतनलाई बिशेष रुपमा जोड दिएर बिश्वको ध्यानआकर्षण गर्नु भएको मन्त्री शाहीले बताए । बिगतको कोप सम्मेलनमा धनी राष्टले कोष निर्माण गरेर राख्ने र जुन राष्टलाई असर परयो उक्त कोष जलवायू प्रभावित राष्टलाई दिने भन्ने धनी राष्टले बाचा गरेको कुरा अहिले सम्म पुरा नभएको मन्त्रीले बताउनु भयो । अघिल्लम बर्षहरुको कोप सम्मेलनमा भएका सम्झौताहरु हाम्रो देशले केही कार्यन्वय गर्दै आएको र केही उपलब्धी पनि हासिल भएको मन्त्रीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार