काठमाडौ— नेपाल सरकारका वन तथा वातवरण मन्त्री ऐन बहादुर शाही ठकुरीले अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षतिपुर्ति दिनु पर्ने बताएका छ्न् । नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९औं बैठकमा सहभागी भइ अत्याधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षतिपुर्ति दिनु पर्ने आवाज उठाउने बताएका हुन् ।कोप—२९ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरकाबारे वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेशनको सँयुक्त आयोजनामा शनिबार मुगुको रारा ताल छेउमा आयोजना गरिएको कार्यक्रममा मन्त्री शाही ठकुरीले उक्त कुरा बताएका छ्न ।