मुगु – पर्यटकीय गन्तव्यस्थल रारामा चार महिनामा झण्डै ३ हजार पर्यटक पुगेका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार साउन १ गतेदेखि कार्तिक २३ गतेसम्म आन्तरिक पर्यटक २ हजार ९ सय सार्क तथा विदेशी मुलुकबाट ८० जना गरी करिब चार महिनामा झण्डै ३ हजार पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन्।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षक अधिकृत धर्मजित साउदले करिब चार महिनामा झण्डै ३ हजार पर्यटकले रारा भ्रमण गरेको बताए।दसैं–तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको भएपनि गत बर्षको तुलनामा यस बर्ष पर्यटकमो संख्या घट्दो क्रममा रहेको निकुञ्जले जनाएको छ।यो चालु आवको करिब चार महिनामा पर्यटक हरूको प्रबेश शुल्क बापत बापत रू ५ लाख राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ।