काठमाडौ—नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी भोली देखि एक साताको लागि अन्तर जिल्ला भ्रमणको कार्यक्रम रहेको निजी सचिवालयले जानकारी गराएको छ । भोली दिउसो १ बजे मन्त्री शाही सुदुरपश्चिमको धनगढी महेन्द्रनगर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मंसिर १४ गते दोधारा चादनीको बन्दरगाहा क्षेत्र मन्त्रीले अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन वन मन्त्री महेन्द्रनर बाट धनगढी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । धनगढीको कार्यक्रम सकेर मंसिर १५ गते मन्त्री धनगढी बाट नेपालगञ्ज र १६ गते नेपालगञ्ज बाट बाजुरा कोल्टी वा नेपालगञ्ज देखि गृह जिल्ला मुगु रारा बिमानस्थल तर्फ जाने कार्यक्रम रहेको छ । वन मन्त्री शाही १७ गते सोरु गाउपालिकाको भीई त्यसै गरि १८ गते धैनकोट पुगेर त्यहाको तोकिएको कार्यक्रम सकेर १९ गते गमगढी फर्किने र २० गते गमगढी बाट नेपालगञ्ज तिर फर्किने कार्यक्रम रहेको छ ।