काठमाडौ—नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी आज सुदुरपश्चिम प्रदेश भ्रमणमा जाने लाग्नु भएको छ ।आज दिउसो १ बजे मन्त्री शाही सुदुरपश्चिमको धनगढी महेन्द्रनगर प्रस्थान गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जानकारी दिएको छ । सुदुरपश्चिमको भ्रमण सकेर मन्त्री शाही गृह जिल्ला मुगु समेत पुग्ने कार्यक्रम समेत तय गरिएको छ ।मंसिर १४ गते दोधारा चादनीको बन्दरगाहा क्षेत्र मन्त्रीले अनुगमन गर्ने कार्यक्रम रहेको छ ।सोही दिन वन मन्त्री महेन्द्रनर बाट धनगढी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । धनगढीको कार्यक्रम सकेर मंसिर १५ गते मन्त्री धनगढी बाट नेपालगञ्ज र १६ गते नेपालगञ्ज बाट बाजुरा कोल्टी वा नेपालगञ्ज देखि गृह जिल्ला मुगु रारा बिमानस्थल तर्फ जाने कार्यक्रम रहेको छ । वन मन्त्री शाही १७ गते सोरु गाउपालिकाको भीई त्यसै गरि १८ गते धैनकोट पुगेर त्यहाको तोकिएको कार्यक्रम सकेर १९ गते गमगढी फर्किने र २० गते गमगढी बाट नेपालगञ्ज तिर फर्किने कार्यक्रम रहेको छ