आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • प्रदेश
  • वनमन्त्री र दक्षिण कोरियाका राजदुत बीच शिष्टचार भेटवार्ता

वनमन्त्री र दक्षिण कोरियाका राजदुत बीच शिष्टचार भेटवार्ता

  • बिहिबार, मंसिर १३, २०८१
वनमन्त्री र दक्षिण कोरियाका राजदुत बीच शिष्टचार भेटवार्ता

काठमाडौ —नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदुत महामहिम पार्क टेइयंग बीच बिहिबार मन्त्रालयमा शिष्टचार भेटवार्ता भएको छ ।भेटवार्तामा सन १९७४ दक्षिण कोरिया र नेपाल बीच सम्बन्ध कायम रहेको अझै दुई देश बीचको सम्बन्ध मजबुद बनाउन नेपाल सरकार तयार रहेको मन्त्री शाहीले बताउनु भयो । मन्त्रीले भने धेरै पटकको भेटघाटले कोरिया र नेपालको आपसी सम्बन्ध बलियोल भएको छ ।नेपाल हिमालय भएको देश र पर्वतिय मुलुक हो मन्त्री शाहीले भने आपनो एजेण्डा राखेर कोप २९ सकेर भरखरै आयौ । जलवायु सम्मेलनमा हाम्रो प्रमुख एजेण्डा फाइनान्स रहेको भनाई छ ।

नेपालले कार्वन ब्यापारको बिषयमा उठाएको मुद्दा सफल भएको मन्त्रीले बताउनु भयो । दक्षिण कोरियाले नेपालको लागि बिकास निर्माणमा धेरै सहयोग गरि रहेको र भावि दिनमा पनि कोरिया प्रति नेपालले अझ बिकास निर्माणमा सहयोगको आस अपेक्षा गरेको मन्त्री शाहीले राजदुतलाई सुनाएमन्त्री शाहीले भने कोरिया सरकारले नेपालका हजारौ युवाहरुलाई रोजगारी प्रदान गरिरहेको छ नेपालले कोरिया प्रति गर्नु पर्ने काम पूर्णरुपमा सहयोग रहने उहाको भनाई छ ।अपर त्रिशुलीको बारेमा अडकिएको फाइल छिटो समस्या समधान तर्फ वन मन्त्रालय लाग्ने मन्त्रीले भने केही समय अघि वन ऐन संशोधन भएको छ अझै आइ परेका कानुनी बिषय सुधार गरि योजना निर्माण प्रकृया बाधा अडचन फुकाएर बिकास निर्माण लाई सरलिकरण गर्न मन्त्रालय तत्पर रहेको मन्त्री शहीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार