आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • देश
  • कौडीको भाउमा कर्णालीको जडिबुटी

कौडीको भाउमा कर्णालीको जडिबुटी

  • बिहिबार, मंसिर १३, २०८१
कौडीको भाउमा कर्णालीको जडिबुटी

काठमाडौ—बहुमुल्य जडिबुटीको अधिक सम्भावना बोकेको हिमाली जिल्ला मुगु हुम्ला जुम्ला कालिकोटमा उपभोग गर्न नसक्दा कौडीको भाउमा बेच्नु पर्ने अबस्था छ ।
जडिबुटीको खेती तथा प्रशोधन भण्डारण गरेर बिक्री गर्ने हो भने यहाँका संकलक तथा ब्यापारी बर्गलाई आर्थिक स्थिति बाट माथि उकास्न सक्ने देखिएको छ । कर्णालीको हिमाली जिल्लाको बन क्षेत्रमा पाइने थरीथरीका जडिबुटीलाई उत्पादन तथा ब्याबस्थित गर्न सके एकातिर पर्यटन प्रर्बधनमा टेवा पुग्र्ने अर्कोतिर स्थानीयको आयआर्जनमा सुधार हुने देखिन्छ ।संघ तथा प्रदेश सरकारले कर्णालीलाई जडिबुटी क्षेत्र भनेर घोषणा गरेको भएपनि नीतिगत रुपमा काम गर्न नसक्दा महँगो जडिबुटी कौडीको भाउमा बेच्नु पर्ने अबस्था स्थानीय शसांक लामाले बताए जडिबुटी पकेट क्षेत्र, नर्सरी उत्पादन, जडिबुटी प्राथमिकरण जस्ता केही काम भएपनि आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्न नस्कदा जडिबुटी खेर गइरहेका छन ।

सरकारको बन बिकास गुरुयोजनामा जडिबुटीको प्रर्बधन गरि आर्थिक समृद्धि बनाउने लक्ष्य छ । जिल्ला डिभिजन बन कार्यालयको एक तथ्याङ्क हेर्ने हो भने नेपालमा करिव ७ सय भन्दा बढी प्रजातिका जडिबुटी पाइने र उक्त जडिबुटी औषधिको रुपमा प्रयोग ल्याइएको देखिएको छ बनस्पति बिभागले ७ हजार प्रजातिका फूल फुल्ने बनस्पति मध्ये करिव ७ सय प्रकारका जडिबुटी औषधिको रुपमा प्रयोगमा आएको देखिएको छ ।उक्त जडिबुटी मध्ये धेरै प्रजातिका जडिबुटी कर्णालीको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट लगायत हिमाली जिल्लाको बन क्षेत्रमा पाइने गरेका छन । उत्तम हावापानी र अनुकुलन जलबायूका कारण कर्णाली क्षेत्रमा जडिबुटीको भण्डारणको रुपमा चिनिएको छ । कर्णालीको बन क्षेत्रमा संकलित करिव ७५ प्रजातिका जडिबुटी बाहिर निर्यात हुने गरेको छ । कर्णालीमा १ सय ४५ प्रकारका जडिबुटी पाइने गरिएको भएपनि प्रशोधन केन्द्रको अभावले उक्त जडिबुटी जिल्ला सदरमुकाम हुदै सुर्खेत नेपालगञ्ज भएर रुैपडिया बाट भारत बहराइन, दिल्ली कल्कत्ता निकासी हुने गरेको छ ।
कच्चा प्रदार्थको अभाव ।कर्णालीको हिमाली जिल्लाहरुमा उत्पादन हुने बहुमुल्य जडिबुटी बाह्य देशमा निर्यात हुदै आएका छन । सरकारी एक तथ्याङ्क बमोजिम बार्षिक रुपमा ११ हजार ७ सय मेट्रिकटन जडिबुटी कर्णाली बाट बाहिर निर्यात भएको पाइन्छ ।

प्रशोधन र कच्चा पदार्थको अभावले उक्त जडिबुटी जिल्ला बाहिर लैजानु पर्ने बाध्यता भएको ब्यापारी मेलबहादुर शाहीले बताए । कर्णाली प्रदेशले आर्थिक बर्ष २०७८÷२०७९ मा जडिबुटी बाट करिव तीन करोड राजश्व संकलन गरेको पाइएको छ । कच्चा पर्दाथको कमी र प्रशोधन केन्द्रको समस्याले गर्दा जडिबुटी बाट जति धेरै लाभ लिनु पर्ने हो त्यति धेरै लाभ लिन नसकेको बुझिएको छ ।
जडिबुटीको महत्व ।मुगु, हुम्ला, जुम्ला लगायत दुर्गम गाउँ बस्तीका बन क्षेत्रहरु प्रचुर मात्रमा जडिबुटीको सम्भावना बोके छन । खेर गएको भू भागमा स्थानीयतह वडाले जडिबुटीको खेती गर्न सके बिश्व बजारमा माग बमोजिम जडिबुटी निर्यात गर्न सकिने ब्यापारीको भनाई छ । पछिल्लो समयमा बिश्व बजारमा कर्णालीको जडिबुटीको उत्तिकै माग र प्रचार समेत भएको पाइएको छ ।

कोरोना महामारीले गर्दा कर्णालीको जडिबुटीको माग र महत्व बढाएको पाइएको छ । सरकारी तथा निजी औषधि चक्की झोल भन्दा बन क्षेत्रको जडिबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने र रोग नियन्त्रण गर्न सक्ने र अर्को तर्फ शारिीक रुपमा असर नपार्ने भएकोले बिश्व बजारमा जडिबुटीको माग प्रति दिन बढदै गएको छ ।
भारत युरोप तिब्बत लगायत देशमा औषधिजन्य जडिबुटीको माग बढेको पाइएको छ । जडिबुटीको माग बढेसंगै मुल्य पनि बृद्धि हुदै गएको छ । रिट्टा, टिमुर, तेजपात, सतुवा, बनलसुन लगायत जडिबुटी कच्चा पर्दाथको रुपमा भारतमा बढी निकासी हुने गरेको छ ।सरकारले जडिबुटीमा लगाएको झन्झटीलो निती तथा कानुन हटाउन आबश्यक देखिएको ब्यापारीको गुनासो छ । भूगोल जंगल जमिन र माटोमा उत्पादन हुने जडिबुटी पहिचान गरेर स्थानीयतह प्रर्बधनमा जोड दिन आबश्यक देखिएको छ
बाहिर निर्यात जडिबुटी ।
मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायत हिमाली जिल्लामा संकलित जडिबुटीहरु धमाधम बाहिर देशमा निर्यात भइरहेका छन । एक तथ्याङ्क बमोजिम कर्णाली क्षेत्र बाटै करिव ७५ किसिम भन्दा बढी जडिबुटी बाहिर निर्यात भएको पाइएको छ ।
अमला, काँकडरिलो, अत्तिस, चिराइतो, बाँझब्रोक्रा कटुकी, गुच्ची च्याउ, यार्सागुम्बु लगायत जडिबुटी बाहिर निर्यात हुने गरेका छन । त्यसै गरि कुरिल्लो, जटामसी, डालेचुक, सुनपाती, शिलाजीत, सुगन्धवाल, सतावरी, जडिबुटी पनि बाहिर निर्यात हुने गरेका छन । प्रशोधन तथा भण्डारणको सरकारले ब्याबस्था नगर्दा कर्णालीको बहुमुल्य जडिबुटी बाह्य देशमा निर्यात भई त्यहाँका बनेको औषधि आएर पुन कर्णालीबासीले किनेर प्रयोग गर्नु पर्ने अबस्था छ ।
अनुदानको अभाव ।
जडिबुटी खेती बिस्तारको निम्ति नीतिगत रुपमा सरकारी अनुदानको खाँचो देखिएको छ जडिबुटी उत्पादन गर्नको लागि अनुदानको ब्याबस्था नहुँदा त्यस प्रति स्थानीयको ध्यान जान सकेको छैन ।

स्थानीयले इच्छा बमोजिम जडिबुटी खेती पर्न पाएका छैन । अनुदान संगै अर्कोतिर क्षमता बिकास तालिम जडिबुटीको महत्व नामाकरण पहिचान समेत तालिमको पनि उत्तिकै खाँचो देखिएको छ । जडिबुटी आत्मनिर्भरको निम्ति सरकारले अनुदानको ब्याबस्था गर्नु पर्छ नेपाल जडिबुटी ब्याबसायि संघ मुगुका अध्यक्ष मेलबहादुर शाही भन्छन जडिबुटी खेती गर्न चाहने ब्यक्तिले सरकार बाट अनुदान रकम पाउनु पर्छ ।
पुस्ता देखि जडिबुटीकै भर ।
मुगुम कार्मारोङ गाउँपालिकामा–२ मुगु गाउँका स्थानीय जडिबुटीकै भरले गाउँँमा बस्दै आएका छन ।मुगु गाउँका करिव डेढ सय परिवार जेठ असारमा यार्सा असोजमा कटुकी र कार्तिकमा भोल्ते बनलसुन संकलन गरेर जीवन धान्दै आएका छन ।

समुद्री सतह देखि ३२ सय ७५ मिटर उचाईमा रहेको मुगु गाउँमा कोदो, चिनु, फापर, गहुँ, जौ, धान, सिमि नफल्ने र जडिबुटी पिटेर बिक्री गरि कमाएको पैसाले बर्षभरि जीवन निर्बाह गर्ने गरेका छन ।
जडिबुटी टिप्ने बेला कुटो कोदालो र थैलो बोकेर बन क्षेत्रतिर मानिसको लर्को देखिने गरेको छ । अधिकास स्थानीय बनमै बास बसेर जडिबुटी संकलन गर्ने गरेको छन मुगु गाउँका छिरिङ तामाङले बताए ।

सिमित मुगु गाउँका मात्र नभएर चितै, डोल्फू, किम्री, ताखा, खारी, दाउरा मह, पूवा, पूलु, रिउस, मांग्री लगायत १८ बस्तीका स्थानीय पनि जडिबुटीकै भरमा छन । बेशीतिरका महिला पुरुषलाई यति बेला कोदो, धान, चिनु, कागुनो, फापर लगायत अन्नबाली भित्रयाउन चटारो छ । भने मुगु, चितै, डोल्फू, ताखा, खारी, दाउरा मह, पूवा, पूलु, चिमात, पापु गाउँका सयौ महिला पुरुष बालबालिकालाई बनतिर जडिबुटी कोर्न चटारो छ ।

हिमाली बस्ती भिरालो जमिनका कारण अन्नबाली नफल्ने भएको हुदा जडिबुटी ब्यापार ब्याबसाय बाटै जीवन निर्बाह गर्दै आएको फोन्जुकको भनाई छ । छायाँनाथ रारा नगरपालिकाको सोभा, घट्टलेख, तल्ललेख, कम्फा, लुम्स, बालचौर, ¥याङच्याकाटी बस्तीका महिला पुरुष एक महिना देखि बन क्षेत्रतिर कटुकी भोल्ते कोर्न बनतिरै बस्ने गरेका छन ।बन क्षेत्रमै कटुकी प्रति किलो १६ सय ५० र भोल्ते प्रति किलो ५ सय ५० सयका दरले बिक्री बितरण हुने भएको पैसा कमाउने लोभले स्थानीय संकलनमा जुटने गरेको जडिबुटी ब्यापारी सशांक तामाङ भनाई छ ।गत आर्थिक बर्षमा १६ लाख ८० हजार र यो बर्षमा २० लाख ८६ हजार २०७६÷०७७ मा कटुकी, अत्तिस, भोल्ते, धुपीपात, सतुवा, बनलसुन लगायत २० प्रकारको जडिबुटी बाट ३० लाख ८० हजार राजश्व संकलन भएको भिडिजन बन कार्यालयले जनाएको छ ।
लोप हुने चिन्ता ।
संरक्षणको अभावमा जथाभावी जडिबुटी संकलन तथा उत्खनन कार्य तिब्र हुदै गएपछि बहुमुल्य जडिबुटी लोप हुने चिन्ता बढन थालेका छ । एक बर्ष अघि सम्म नजिकको बन क्षेत्रमा पाइने गुच्ची च्याउ, चिराइतो, सतुवा अचेल धेरै टाढाको बन क्षेत्रमा पुगेर टिप्नु पर्ने अबस्था आएको छायाँनाथ रारा नगरपालिका मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए ।
पैसाको लोभले जडिबुटी कोर्ने समय अगाबै कोर्न थालेपछि त्यसको बिजाणु लोप हुन थालेको उनको भनाई छ । डिभिजन बन बन कार्यालय जडिबुटी संकलनमा मापदण्ड लागु गरेको बताएको छ तोकिएको भन्दा बढी जडिबुटी संकलन गर्न नपाइने नियम भएपनि अनुगमनको कमीले गर्दा स्थानीयले जभाभावी जडिबुटी कोर्ने चलन अन्त्य भएको छैन ।डिभिजन कार्यालयले स्थानीयलाई कटुकी ३८ हजार ३ सय ५० केजी, जटामासी ४२ हजार २ सय, पदमचाल २९ हजार ६ सय, चिराइतो ५ हजार ४ सय ६०, सतुवा ७ हजार ३ सय ५०, केजी भन्दा बढी संकलन गर्न नपाईने मापदण्ड बनाएको छ ।
जडिबुटी बाट औषधि ।
कर्णालीको हिमाली बन क्षेत्र कनकन्धरामा प्रसस्तै रुपमा पाइने बिभिन्न प्रजातिका जडिबुटी बाट मानव जिवनको लागि अत्यन्त फलदाय औषधि बन्ने गरेको छ । बनपाखामा पाइने गुच्ची च्याउले चोटपटक लागेको घाउ निको पार्ने काम गर्छ । चोट लागेको ठाउँमा गुच्ची च्याउ पिसेर धुला हाल्यो भने दुई तीन दिनमै घाउँ निको हुने गरेको छ ।

चिराइतो पनि एन्टीबाइटीक औषधिकै रुपमा प्रयोग हुने गरेको छ । बिशेष गरि रुघाखोकी लँग्यो भने चिराइतो पकाएर सुत्ने बेला खायो भने रुघाखोकी निको हुने गरेको छ । पाखनबेद जडिबुटी पनि महिलाको महिनावारी गडबड भएको बेला प्रयोग ग¥यो सञ्चो हुने गरेको छ कटुकी पनि रुघाखोकी लागि उपयुक्त औषधि मानिने गरेको छ । पदमचाल नामक जडिबुटी पनि रक्तचाप देखि घमउ खटिरा निको पार्ने काम गर्छ । सिलाजीत पनि रगत सफा गर्न काम गर्छ । काँकडसिलो दम रोगको लागि उपयुक्त औषधि मानिने गरेको छ । दम रोग भएका ब्यक्तिले काँकडीसिलो प्रयोग ग¥यो भने सञ्चो हुने गरेको छ । मुगु, डोल्पा जिल्लाको हिमाली पाटन क्षेत्रमा पाइने यार्सागुम्बु यौनशत्ति बद्र्धकको रुपमा प्रयोग हुने गरेको छ ।

दिनमा एक गोटा यार्सा उपभोग गर्दा यौनशक्ति बृद्धि हुने शारिरीक रुपमा शक्ति बढने स्थानीयको भनाई छ ।
हाम्रो बनक्षेत्रमा अनेक थरि रोगको औषधि छ मुर्मा गाउँका जडिबुटी औषधि प्रयोगकर्ता बिर्खबहादुर रोकाया भन्छन नचिरेर बहुमुल्य जडिबुटी कौडीको भाउमा बेच्ने बिदेश बाट आएको महँगो सेता टाटा प्रयोग गरि रहेका छौ ।
राजश्व बढी सहुलिय कम ।
सरकारले जडिबुटीको लागि सहुलियत नदिने र बर्षेनी राजश्व बृद्धि गर्दै जाँदा ब्यापारी बर्ग मारमा परेका छन । ५ बर्ष अघिको जडिबुटी राजश्व र अहिलेको राजश्व यस प्रकार छ सरकारले बर्षेनी जडिबुटीको राजश्व बढाइरहदा कर्णालीका जडिबुटी मारमा परेको नेपाल जडिबुटी ब्यासायि संघ जिल्ला अध्यक्ष मेलबहादुर शाहीको गुनासो छ । सरकार बाट जडिबुटीको सहुलियत केही छैन राजश्व असुल्ने काम मात्र गरिरहेको उनको आरोप छ
अनुसन्धानको अभाव ।
कर्णालीमा जति धेरै जडिबुटी छन उत्ति धेरै अनुसन्धान नभएर ओझेलमा परेका जडिबुटी पनि छन । मन्त्रालय देखि जिल्लामा रहेका डिभिजन बन कार्यालयले अहिले सम्म बिज्ञ मार्फत बन क्षेत्रमा जडिबुटी अनुुसन्धान नगरेको नेपाल जडिबुटी ब्याबसायि संघ जिल्ला शाखा मुगुले जनाएको छ ।जडिबुटी ब्यापारी बर्ग बाट जडिबुटी अनुसन्धानको लागि सरकार संग बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको नेपाल जडिबुटी ब्याबसायि संघका अध्यक्ष मेलबहादुर शाहीको भनाई छ । गैसस निकायले कर्णालीमा जडिबुटीको नाममा धन्दा गरि रहेको उनको आरोप छ ।
कानुनी झन्झटीलो
कर्णाली जडिबुटी ब्यापारी कम्पनी कानुनी झन्झटीलो बाट माथि उस्कन गाह्रो भएको छ नेपाल सरकारले जडिबुटीको लागि कानुनी प्रकृया सहज नबनाउदा ब्यापारीलाई खरिद तथा बिक्रीमा बाधा अडचन समस्या समधान गर्नु पर्ने अबस्था बाट मुक्त पाउन सकेका छैन ।

 

चर्चामा

सम्बन्धित समाचार