मुगु – नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ले गमगढी, रारा, खत्याड गाउपालिका जोड्ने सडक निर्माणको प्रक्रिया नीतिगत रुपमा अघि बढेको बताउनु भएको छ । आइतबार दिउसो मुगु गमगढीमा नेपाल तरूणदल कार्यालय स्थापना कार्यक्रममा मन्त्री शाहीले सडक निर्माणमा वन तथा वातावरण मन्त्रालय मात्र नभई अन्य मन्त्रालयको पनि सहकार्य आवश्यक प्रकृया अघि बढाएको बताएका छन । सिंगो खत्याडवासीलाई सरकारी कामकाज गर्न जिल्ला सदरमुकाम गमगढी आउन दिनभर हिडनु पर्ने दुःखलाई मध्येनजर गरि गमगढी रारा खत्याड जोडने सडक निर्माण अति आबश्यक र जरुरी देखिएको मन्त्री शाहीले भने मैले यसलाई पशिलो प्राथमिकता राखेर काम अघि बढाएको छु । गमगढीसँग खत्याड सडक जोड्नका लागि रारा राष्ट्रिय निकुञ्ज हुँदै सडक निर्माण गर्नु पर्ने भएकाले निकुञ्जको कानुनी र नीतिगत समस्या समाधान गर्न आबश्यक रहेको मन्त्री शाहीको भनाइ छ।नेपालको बिकासमा तरूण दलले खेलेको भूमिका र महत्वको चर्चा गर्दै मन्त्री शाहीले तरूणदल को नयाँ नेतृत्वले जिल्लामा रचनात्मक कामको थालनी गरि नेपाली काङ्ग्रेस पार्टी लाई अँझ मजबुद बनाउनुपर्ने धारणा राखेका छन्।