मुगु—नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी गृह जिल्ला मुगुको दुर्गम गाउँमाबस्तीमा पुगेर स्थानीय संग भेटघाट गर्नु भएको छ ।
सुदुरपश्चिमको भ्रमण सकेर आफनो गृह जिल्ला पुग्नु भएको उहा“ गमगढी हुदै सोरु गाउँपालिको आसिधारा, कच्चे, तारापानी हुदै सोमबार दुर्गम कालै गाउ“मा पुग्नु भएको छ । कच्चे, तारापानी गाउ“का स्थानीयले मन्त्री स्वागत सम्मान गरेका छन ।
संघीय वनमन्त्री गाउ“मा आएपछि कालैबासीले बाजागाजा फुलमाला अबिरले भब्य स्वागत सम्मान गरेका छन । गाउ“मा पुगेका वनमन्त्रीलाई कालैवासीले भब्य स्वागत सम्मान गरेको सोरु गाउ“पालिका—९ कालै गाउँका वडाअध्यक्ष सागरसम्शेर शाहीले जानकारी गराए । गाउँमा पुगेका मन्त्री सक्षम गाउँलेले आफना दुःख पिडा समस्या रोजगार बिकास निर्माणका समस्या दर्साएको उनको भनाई छ ।
जिल्लालाई बिकास निर्माणमा प्राथमिकता दिने मन्त्री शाहीले बताउनु भएको छ ।मुगु जिल्लाकै पहिलो वन मन्त्री गाउँमा पुग्दा स्थानीय महिला पुरुष युवायुवती उत्साहित भएका छन । बिकास निर्माण रोजगार भन्दा पनि मुगु जिल्लाले पहिलो पटक संघीय वनमन्त्री पाउदा स्थानीयको मनमा धेरै उत्साह छाएको छ ।मन्त्री मंगलबार बिहान कालै गाउ“ बाट खनाय गाउ“ हुदै धैनकोट पुग्नु कार्यक्रम रहेको छ । धैनकोट गाउ“का स्थानीयले पनि मन्त्री शाहीलाई भब्य स्वागत सम्मान गर्ने तयारी गरेका छन । कार्यक्रमको पूर्व तयारीको लागि जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्की हिजो नै धैनकोट गाउँमा पुगे सकेका छन । धैनकोट बाट मन्त्री भीई पुग्ने कार्यक्रम रहेको छ । भीई गाउँका स्थानीय पनि मन्त्रीलाई स्वागत सम्मान गर्न आत्तुर देखिएका छन । आज बेलुका सम्म मन्त्री भीई पुग्ने कार्यक्रम रहेको छ ।