काठमाडौ । नेपाल र चीन बीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
- टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
- नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
- ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
- भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
- विकास योजनासम्बन्धी समझदारीपत्र
- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
- स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र